चितवन उपत्यका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालको मध्य भागमा पर्ने चितवन उपत्यकालाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ । पुर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमामा माडी उपत्यका छुटयाउने चुरे श्रृङखलासम्म फैलिएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुँदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पुर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन । त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुङ्गी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन् । त्यसै गरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेका छन् । राम्रै जल प्रवाह भएका विनयी खोला, अरूण खोला, गिरवारी खोला साथै साना खोला जयश्री, झरे, बहुलाह, ज्यामिरे लगायत पनि पश्चिमबाट पूर्वी भागमा बगी नारायणी नदीमा मिल्दछन् । चितवन उपत्यकामा नन्दभाउजु ताल, बिस हजारी ताल लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन् । यहाँको बिसहजारी ताल विश्व प्रसिद्ध सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जङ्गलै जङ्गलले ढाकिएको चितवन उपत्यका जैविक विविधतामा धनी मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य संरक्षित क्षेत्र समेत यसै उपत्यकामा रहेकाले यो उपत्यका काठमाडौँ उपत्यकापोखरा उपत्यका पछि नेपालकै तेश्रो ठुलो पर्यटकीय गन्तव्य हो ।

अवस्थिति[सम्पादन गर्ने]

वर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई प्रदेश प्रदेश नं. ३प्रदेश नं. ४ तथा तीन जिल्ला चितवन, नवलपरासी तथा मकवानपुरका प्रशासनिक विभाजनमा परेको छ । पूर्वको हेटौडाबाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवाससम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरेसम्म केही चाक्लो र कतै साङ्गुरो हुँदै यो उपत्यका फैलिएको छ । नारायणी नदी पश्चिमको भूभाग नवलपरासी जिल्ला तथा नारायणी नदीको पुर्वपट्टी चितवन जिल्ला तथा सुदुर पुर्वी क्षेत्रमा मकवानपुर जिल्लाको रूपमा रहेको छ । अत्यन्त उब्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जङ्गल कटान गरी वि.सं. २०१४ सालदेखि मानव बसोवासका लागि खुल्ला गरिएको हो । चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेतबारी सिंचित गर्न उपयोग गरिएका छन् । कृषि उद्यममा उपत्यकालाई अग्रणी मानिन्छ ।

यातायात[सम्पादन गर्ने]

नेपालको पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पुर्वीक्षेत्र हेटौडा हुदै काठमाण्डौ गएको छ भने उपत्यका लाई काठमाण्डौ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा भरतपुर रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन । त्यसै गरी भरतपुर हेटौडा तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक सञ्जालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर उपरदाङगढी‎ सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ ।

शहरी क्षेत्र[सम्पादन गर्ने]

संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन । उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालिका भरतपुर,हेटौडारत्ननगर रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै काठमाण्डौ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज तथा धरान पछीको सातौ ठुलो सहर हो ।

त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत हेटौडा चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसङ्ख्याका साथमा काठमाण्डौ,पोखरा,ललीतपुर,विराटनगर,विरगंज धरान भरतपुर महेन्द्रनगर तथा बुटवल पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ । उद्योग कलकारखाना ले भरीपुर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो । उपत्यकाको तेश्रो केन्द्र रत्ननगर पयर्टकहरूको चितवन राष्ट्रीय निकुन्ज पस्ने प्रवेशद्वार हो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]