सामग्रीमा जानुहोस्

रत्ननगर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रत्ननगर नगरपालिका
रत्ननगर नगरपालिका मा पर्दछ बागमती प्रदेश
रत्ननगर नगरपालिका
नक्सामा रत्ननगर नगरपालिकाको अवस्थिति
रत्ननगर नगरपालिका मा पर्दछ नेपाल
रत्ननगर नगरपालिका
रत्ननगर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३७′N ८४°३०′E / 27.62°N 84.50°E / 27.62; 84.50
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)रत्ननगर र पञ्चकन्या
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)पिठुवाबछ्यौली
सम्मिलित (मिति)वि.सं २०७१ पुस २८
सरकार
  नगरप्रमुखप्रलाद सापकोटा (नेपाली काङ्ग्रेस)
  उपप्रमुखयादवप्रसाद पाठक (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा६८.६८ किमी (२६.५२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा८९,९०५
  घनत्व१३००/किमी (३४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५६
वेबसाइटआधिकारिक वेबसाइट

रत्ननगर नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने चितवन जिल्लाको एक नगरपालिका हो। चितवन जिल्लाका तत्कालिन रत्ननगर र पञ्चकन्या गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर रत्ननगर नगरपालिका घोषणा गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारा भनेर चिनिने यो नगरपालिकाभित्र नेपालको तेस्रो सबैभन्दा बढी पर्यटकहरूद्वारा भ्रमण गरिने सौराहा रहेको छ। वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार पिठुवाबछ्यौली गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल १६ वडामा विभाजित यो नगरपालिकाको राष्ट्रिय जनगणना २०७८को जनगणना यहाँको जनसङ्ख्या ८९,९०५ रहेको छ भने यहाँ २२,४०३ घरधुरी रहेका छन्।[]

टाँडीको नामले परिचित यस क्षेत्रमा तत्कालिन महारानी रत्न राज्यलक्ष्मी शाहको भ्रमण पछि तत्कालिन देवौली गाउँ पञ्चायतको नाम परिवर्तन गरी रत्ननगर गाउँ पञ्चायत राखिएको थियो।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार रत्ननगर नगरपालिकाको कुल जनसङ्ख्या ८९,९०५ रहेको छ। यस नगरपालिकालाई १६ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

रत्ननगर नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका गाविस/वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
रत्ननगर (१)५,६३५१.४०४,०२५.००
रत्ननगर (२)५,३३०१.९६२,७१९.३९
रत्ननगर (३)५,०३९२.४९२,०२३.६९
रत्ननगर (४)४,४८४३.९८१,१२६.६३
बछ्यौली (७-९)४,००८५.१४७७९.७७
बछ्यौली (२,५-९)४,०३५८.८२४५७.४८
बछ्यौली (१,३-९)३,६३१५.२९६८६.३९
रत्ननगर (५)४,६८२३.९३१,१९१.३५
रत्ननगर (६, ७)५,८७९५.५७१,०५५.४८
१०रत्ननगर (८)८,२४१२.०४४,०३९.७१
११रत्ननगर (१०)४,७७९५.२०९१९.०४
१२रत्ननगर (९, ११)७,४३९४.४०१,६९०.६८
१३रत्ननगर (१२, १३)८,७४९४.६५१,८८१.५१
१४पिठुवा (३,५-६)६,६९०५.९९१,११६.८६
१५पिठुवा (७-९)६,३२५३.०५२,०७३.७७
१६पिठुवा (१-२,४)४,९५९४.७६१,०४१.८१
जम्मा८९,९०५६८.६७१,३०९.२३

चितवन जिल्लामा रहेका नगरपालिकाहरू मध्ये रत्ननगर घोषणा क्रम अनुसार दोस्रो नगरपालिका हो।[]

रत्ननगर नगरपालिकाको पूर्वमा खैरहनी नगरपालिका, पश्चिममा भरतपुर महानगरपालिका, उत्तरमा कालिका नगरपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच ३० असार २०८२
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. 1 2 "नगर परिचय", नगर कार्यपालिका रत्ननगर, रत्ननगर नगरपालिका, अन्तिम पहुँच जनवरी २०२२