रत्ननगर नगरपालिका
रत्ननगर नगरपालिका | |
|---|---|
| निर्देशाङ्क: २७°३७′N ८४°३०′E / 27.62°N 84.50°E | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| जिल्ला | चितवन जिल्ला |
| नगरपालिका | वि.सं. २०५३ माघ ११[१] |
| समावेश (गाविस) | रत्ननगर र पञ्चकन्या |
| सम्मिलित (मिति) | वि.सं. २०५३ माघ ११ |
| समावेश (गाविस) | पिठुवा र बछ्यौली |
| सम्मिलित (मिति) | वि.सं २०७१ पुस २८ |
| सरकार | |
| • नगरप्रमुख | प्रलाद सापकोटा (नेपाली काङ्ग्रेस) |
| • उपप्रमुख | यादवप्रसाद पाठक (नेकपा (एमाले)) |
| क्षेत्रफल | |
| • जम्मा | ६८.६८ किमी२ (२६.५२ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ८९,९०५ |
| • घनत्व | १३००/किमी२ (३४००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-०५६ |
| वेबसाइट | आधिकारिक वेबसाइट |
रत्ननगर नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने चितवन जिल्लाको एक नगरपालिका हो। चितवन जिल्लाका तत्कालिन रत्ननगर र पञ्चकन्या गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर रत्ननगर नगरपालिका घोषणा गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारा भनेर चिनिने यो नगरपालिकाभित्र नेपालको तेस्रो सबैभन्दा बढी पर्यटकहरूद्वारा भ्रमण गरिने सौराहा रहेको छ। वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार पिठुवा र बछ्यौली गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल १६ वडामा विभाजित यो नगरपालिकाको राष्ट्रिय जनगणना २०७८को जनगणना यहाँको जनसङ्ख्या ८९,९०५ रहेको छ भने यहाँ २२,४०३ घरधुरी रहेका छन्।[३]
नामकरण
[सम्पादन गर्नुहोस्]टाँडीको नामले परिचित यस क्षेत्रमा तत्कालिन महारानी रत्न राज्यलक्ष्मी शाहको भ्रमण पछि तत्कालिन देवौली गाउँ पञ्चायतको नाम रत्ननगर गाउँ पञ्चायतमा नाम परिवर्तन गरिएको थियो।[४]
इतिहास
[सम्पादन गर्नुहोस्]चितवन जिल्लामा रहेका नगरपालिकाहरू मध्ये रत्ननगर घोषणा क्रम अनुसार दोस्रो नगरपालिका हो।[४]
भूगोल
[सम्पादन गर्नुहोस्]रत्ननगर नगरपालिकाको पूर्वमा खैरहनी नगरपालिका, पश्चिममा भरतपुर महानगरपालिका, उत्तरमा कालिका नगरपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच ३० असार २०८२।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ४.० ४.१ "नगर परिचय", नगर कार्यपालिका रत्ननगर, रत्ननगर नगरपालिका, अन्तिम पहुँच जनवरी २०२२।