खैरहनी नगरपालिका
खैरहनी
Khairhani Municipality | |
---|---|
खैरहनी नगरपालिका | |
निर्देशाङ्क: २७°३४′१६″N ८४°३४′१६″E / २७.५७१°N ८४.५७१°Eनिर्देशाङ्कहरू: २७°३४′१६″N ८४°३४′१६″E / २७.५७१°N ८४.५७१°E | |
देश | ![]() |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | चितवन जिल्ला |
स्थापना | २०७१ वैशाख २५ |
सरकार | |
• प्रकार | खैरहनी नगरपालिका |
• मेयर | शशी कुमार खनियाँ |
• उप मेयर | कविता उप्रेती |
उन्नतांश | २०८ मिटर (६८२ फिट) |
जनसङ्ख्या | |
• जम्मा | ४६३९८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ४४२०३ |
क्षेत्रीय सङ्केत | ०५६ |
वेबसाइट | www |
मध्य नेपालको चितवन जिल्लामा रहेको खैरहनी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहनी गाविसको पर्सा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[१] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहनी, कुमरोज र चैनपुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[२] आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा खैरहनी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
खैरहनी, कुमरोज, चैनपुर र कठार गाविसहरूलाई मिलाएर खैरहनी नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ४६,३९८ रहेको छ ।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०७१ वैशाख २५, अन्तिम पहुँच वैशाख २५।
- ↑ "कुन कुन नयाँ नगरपालिका बने ?", nepalbritain.com, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।