उपरदाङगढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


उपरदाङगढी ढुङ्गाले बनाइएको चित्तार्कषक गढी हो। यो गढी पृथ्वी नारायण शाहको कान्छा छोरा राजकुमार बहादुर शाहको छोरा शत्रुभन्जन शाहले बनाएका थिए। यो गढी भर्खरै नेपालको एकीकरण हुँदै गर्दा नेपालअङ्ग्रेजसँग हुनसक्ने सम्भावित भिडन्तलाई ख्याल गरी बनाइएको थियो। निर्माणपछि प्रशासनिक र व्यापारिक केन्द्र बनेको उपरदाङगढी चितवन जिल्लाको पुरानो सदरमुकाम रहेको गढी हो। पहाडको टाकुरामा रहेको गढी र यातायातको असुविधाले गर्दा वि.सं. २०१८ सालदेखि वि.सं. २०२४ साल सम्ममा यहाँबाट सदरमुकाम भरतपुर सारिएको थियो।