सामग्रीमा जानुहोस्

चट्टान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ढुङ्गाबाट अनुप्रेषित)
कोलोराडोमा अवस्थित एक चट्टान
चट्टान पृथ्वीको सतहमा पाइने एक वा सोभन्दा बढी खनीजबाट बनेको ठोस पदार्थ हो। पृथ्वीको बाहिरी तह विभिन्न किसिमका चट्टानले बनेको छ।

चट्टान साधारणतया ३ किसिमका हुन्छन् आग्नेय चट्टान, पत्रे चट्टान र परिवर्तित चट्टान। चट्टानको प्रकारको बैज्ञानिक अध्ययन भूगर्भशास्त्रमा गरिन्छ। 

आग्नेय चट्टान

आग्नेय चट्टान शव्दबाट थाहा हुन्छ यो अग्नि अर्थात् आगोबाट बनेको हुन्छ। ज्वालामुखी विष्फोट भएर पृथ्वी भित्रको तातो म्याग्मा बाहिर निस्केपछि जमेर यस्तो किसिमको चट्टान बन्ने गर्दछ। यो चट्टान ग्रहको भित्री वा मध्य कुनै भागको पग्लेर तरल अवस्थामा रहेको चट्टान जमेर बन्दछ।

विश्वका कडा चट्टानहरूमा यो पर्दछ।
पत्रे चट्टान
पत्रे चट्टान पृथ्वीको सतहमा कुनै प्रकारबाट एकैठाउँमा जम्मा हुने विभिन्न चट्टान, खनीज, जीवाश्म, रसायन आदि मिलेर बन्ने चट्टान हो। लामो समय थेग्रिने क्रियाबाट यो चट्टानको निर्माण हुन्छ।
परिवर्तित चट्टान

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
    1. Bucher, Kurt; Grapes, Rodney (२०११), Petrogenesis of Metamorphic Rocks, Springer, पृ: 23–24, आइएसबिएन 3540741682.
    2. Wilson, James Robert (१९९५), A collector's guide to rock, mineral & fossil localities of Utah, Utah Geological Survey, पृ: 1–22, आइएसबिएन 1557913366.