सामग्रीमा जानुहोस्

अयोध्यापुरी

निर्देशाङ्कहरू: २७°२४′N ८४°२६′E / 27.40°N 84.43°E / 27.40; 84.43
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अयोध्यापुरी
पूर्व गाविस
अयोध्यापुरी मा पर्दछ बागमती प्रदेश
अयोध्यापुरी
नेपालको नक्सामा अयोध्यापुरीको अवस्थिति
अयोध्यापुरी मा पर्दछ नेपाल
अयोध्यापुरी
अयोध्यापुरी (नेपाल)
निर्देशाङ्क: २७°२४′N ८४°२६′E / 27.40°N 84.43°E / 27.40; 84.43
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
क्षेत्रफल
 • जम्मा११४.९ किमी (४४.४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,६९३
 • घनत्व९३/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

अयोध्यापुरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०६९३ रहेको थियो जसमध्ये ४९१४ पुरुष र ५७७९ महिला रहेका थिए भने यहाँ २५५५ घरधुरी रहेको थियो।[] यो हाल माडी नगरपालिकामा पर्दछ।

यसको साविकको १-३ वडाहरू माडी नगरपालिकाको वडा नम्बर ७ हो भने ४,५,६ वडाहरू वडा नम्बर ८ र ७-९ वडाहरू वडा नम्बर ९ हो।

वि. सं. २०७७ मा प्रधानमन्त्री केपी ओलीले अनुसन्धाता लोकमणि पौडेल को अनुसन्धान का आधार मा अयोध्यापुरी नै भगवान रामको जन्मस्थान भएको दावी गरेपछि यो स्थान चर्चामा आएको थियो। पुरातत्व विभागले भने बाहिर आएका प्रमाणहरू भर पर्न योग्य नभएको भन्दै अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको जन्मभूमि भए/नभएको यकिन हुने बताएको थियो। अयोध्यापुरी क्षेत्रमा महर्षि वाल्मीकिको आश्रम पनि छ। यस क्षेत्रमा भगवान रामसँग जोडिएको गुफा तथा अन्य प्राचिन सम्पदाहरू पनि भेटिन्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. घिमिरे, रवीन्द्र (२०७७ असार ३१ गते), "अयोध्यापुरीमा उत्खनन गर्ने तयारीमा जुट्यो पुरातत्व विभाग", अनलाइन खबर, अन्तिम पहुँच २४ जुलाई २०२०