भरतपुर उपमहानगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(भरतपुर नगरपालिका बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भरतपुर महानगरपालिका
Bharatpur Metropolitan
—  महानगरपालिका/सदरमुकाम  —
कालिका मन्दिरबाट बजारको दृश्य
भरतपुर महानगरपालिका is located in नेपाल
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिका
नेपालमा रहेको भरतपुर महानगरपालिका
निर्देशाङ्क: २७°४१′ उत्तर ८४°२६′ पूर्व / २७.६८३° उत्तर ८४.४३३° पूर्व / 27.683; 84.433निर्देशाङ्क: २७°४१′ उत्तर ८४°२६′ पूर्व / २७.६८३° उत्तर ८४.४३३° पूर्व / 27.683; 84.433
देश  नेपाल
अञ्चल नारायणी अञ्चल
जिल्ला चितवन जिल्ला
स्थापना बि.स.२०३५
सरकार
 - प्रकार भरतपुर महानगरपालिका
क्षेत्रफल
 - जम्मा १६२.२ किमी (६२.६ वर्ग मी)
अवनति २०८ मी (६८२ फिट)
जनसङ्ख्या (बि.स.२०६८)जनगणना
 - जम्मा २,८०,०००
 - जनघनत्व १,७२६.३/किमी (४,४७१/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
पोस्टल कोड ४४२००, ४४२०७ (नारायणगढ)
टेलिफोन कोड ०५६
वेबसाइट bharatpur.municipality.gov.np

भरतपुर महानगरपालिका नेपालको नारायणी अञ्चलको चितवन जिल्लाको एक महानगरपालिका हो।[१] [२] नेपालको मन्त्री परिषद अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा भरतपुरलाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गेरको हो । भरतपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा मङ्गलपुर, फुलबारी, गीतानगर, पटिहानी तथा शिवनगर गाविसलाई समावेश गरिएको छ । यस उपमहानगरपालिकामा २९ वडा छन् । वि.सं. २०३५ मा तत्कालीन नगरपञ्चायतको पहिलो नगरप्रमुख मुक्तिलाल चुके र नगर उप-प्रमुख जङ्गबहादुर गुरुङ हुनुहुन्थ्यो ।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको बि.स.२०६८ को जनगणना अनुसार भरतपुर न.पा.को जनसंख्या १,४३,८३६ रहेको छ । यस मध्य पुरुष ५१%, र महिला ४९% छन् । भरतपुरमामा मुख्यतया थारू, दराइ, बोटे, गुरुङ,मगर,चेपाङ, तामाङ,थोरै संख्यामा राई,लिम्वुका साथै बराल,पौडेल,अधिकारी,थापा, के.सी. बोहोरा थर भएका बाहुन तथा क्षेत्री जाती श्रेष्ठ, प्रधान, महर्जन, साही लगायत थर भएका नेवार जातीका मानिसका साथै नेपालमा पाइने सबै जात जातीका मानिस बसोबास गर्दछन ।

भरतपुरमा यातायात र सञ्चार[सम्पादन गर्ने]

भरतपुरमा इमेल इन्टरनेट थप ए.डि.एस.एल सेवा देखि एसटिडी, आइएसडि, लोकल फोन, पोष्टपेड मोवाइल, प्रीपेड मोवाइल लगायात सबै प्रकारको आधुनिक सञ्चार सुविधा उपलब्ध छ । दुई ठुला राजमार्ग र सारा देशको केन्द्र भएकाले यहाँ बाट मुलुकको हरेक भागमा जानका लागि बस माइक्रो बस, भाडाको कार, ट्याक्सी, लगायत लामो दुरीका यातायात साधन उपलब्ध छन । इन्टर सिटी वा स्थानीय सवारीका लागि ट्याक्सी, रेन्टकार, अटोरीक्सा र रिक्सा उपलब्ध छन । राष्ट्रिय निकुन्ज प्रवेशद्धार रत्ननगरबाट सौराहासम्म घोडाले तान्ने एक्का पनि चढन पाइन्छ । भरतपुर विमानस्थल शहारको केन्द्रमै रहेको छ यदी विमानस्थल नजीकै होटल चाहीयो भने रोयल सेन्चुरी, आइलेण्ड जंगल रिर्सोट, गोल्वल जस्ता होटल त्यही नजीकै छन् । नत्रभने निकुन्ज किनार या नारायणी नदी किनारमा थुप्रै पर्यटकलाई हुने किसिमका होटल रहेका छन् ।

भरतपुरमा पर्यटन[सम्पादन गर्ने]

भरतपुर नेपालको सबैभन्दा पुरानो र विश्व संपदामा सुचिकृतचितवन राष्ट्रिय निकुञ्जको प्रवेसद्धार हो । भरतपुर विमानस्थलबाट काठमाडौं विमानस्थलसँग नियमित हवाई सेवा उपलब्ध छ । (विषेश शुल्क तिरेर अर्को मेघौली विमान स्थलमा पनि उत्रन सकिन्छ।) सातामा एक्काईस देखि पच्चीस सम्म उडान काठमाडौं जाने गर्छन । हरेक प्रकारका बस, कारको सेवाले देशको हरेक भागसँग भरतपुरलाई जोडेका छन । भर्खर निर्माण भएको केन्द्रिय बस टर्मिनलले गर्दा यात्रुहरूलाई अझ सुबिधा थपिएको छ । चितवन राष्ट्रिय निकुञ्ज वानहर्न राइनो, शाही वंगाल वाघ, मगर गोही, घडियाल गोही, हात्ती, विभिन्न किसिमका मृग, र जलचरका लागि प्रसिद्ध छ । भरतपुर सिटी भित्र या निकुन्जको किनारमा हरेक प्रकारका होटल पर्यटकको स्वागत गर्दछन। यहाको पुरानो मेघौली विमानस्थलमा हाथी पोलोका वर्ल्ड कपको खेल हुने गर्छ साथै निकुन्जको एउटा प्रमुखद्धार सौराहामा हात्ती र घोडा दौडको प्रतियोगिता हुन्छ । साथै नारायणी र राप्ती नदीहरूमा जल यात्रा सुर्यास्तका अरू आकर्षण पनि छन् । साथै हालै यहाँबाट चितवन हिल ट्रैकको ट्रेकीङ रूट पनि चलाईएको छ ।

उधोग-धन्दा[सम्पादन गर्ने]

भरतपुरमा कोकोकोला, सान मिगेल बियर ,कृषी छेत्रको बिकास र बिस्तार गर्नको लागी डेरिका लागी आबस्यक सम्पूर्ण सामान उत्पादन गर्ने नेपालको पहिलो र एक मात्र कम्पनी ह्वाइट हिमालयन ईन्जिनियरिङ,जस्ता दुईचार वटा बहुराष्ट्रिय उद्योगका साथै ठुलासाना अरू उद्योग पनि छन, तर यो सहर मुख्यतया सेवा उद्योगमा प्रसिद्धी कमाउँदै गइरहेको छ । यहाँका कलेजमा विधार्थीहरू नेपालबाट मात्र नभइ भारतश्रीलंका बाट समेत आउने गरेका छन् । उनिहरू खास गरी चिकित्साशास्त्रपशु बिज्ञान पढनका लागि आउने गरेका छन् । उच्च शिक्षाको लागि टाढा टाढा का बिधार्थी यहा आउनु यहाको एक मुख्य व्यवसाय भएको छ । साथै यहाँ रहेका अस्पतालहरूमा आउने विरामी र तिनका आफन्त पनि यस शहर का प्रमुख ग्राहक हुन । त्यसै गरी भरतपुरले छिमेकी अञ्चल तथा जिल्लाहरूको लागि निर्माण सामाग्री तथा खाध्य सामग्री समेत पैठारी गर्ने गर्दछ ।

सञ्चार तथा सूचना क्षेत्र[सम्पादन गर्ने]

  • सिनेर्जी एफ. एम. ९१.६ मेगाहर्ज
  • कालिका एफ. एम. ९५.२ मेगाहर्ज
  • हाम्रो एफ. एम. ९४ मेगाहर्ज
  • त्रिवेणी एफ. एम. १००.६ मेगाहर्ज
 कालिका एफ.एम. ९१.० मेगाहर्ज
 रेडियो नारायणी १००.२ मेगाहर्ज

प्रमुख शैक्षिक प्रतिष्ठानहरू[सम्पादन गर्ने]

आइटी क्षेत्रका इन्स्टिच्यूटहरू[सम्पादन गर्ने]

(१) कृषि तथा पशु विज्ञान अध्यान संस्थान यो नेपालमा कृषि तथा पशु विज्ञान अध्ययन का लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय अध्ययन संस्थान हो यसका सहायक क्यामपसहरू लमजुङ जिल्लाको सुन्दरबजार र भैरहवाको पक्लीहवामा रहेका छन् । हाल हेटौडा र पोखरामा रहेका बन विज्ञान अध्यान संस्थानका क्याम्पसलाई समेत मिलाई कृषि,पशु तथा बन विश्वविद्यालय बनाउने प्रयास चलिरहेको छ ।[३]

(२) वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको सबैभन्दा पुरानो यो क्याम्पसमा विज्ञान मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको भरतपुर हाइटमा रहेको यो क्याम्पसको स्नातकोत्तर भवन चाही बाइपास सडकमा रहेको भवनमा चलेको छ । यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगीक क्याम्पस हो ।

(३) बालकुमारी बहुमुखी क्यामपस त्रिभुवन विश्वविद्यालयको संबन्धन रहेको यो सामुदायिक क्यामपस नारायणगढको क्याम्पाचौरमा रहेको छ । यहाँ मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको छ ।

(४) सप्तगण्डकी बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको संबन्धन रहेको यो दोस्रो सामुदायीक क्याम्पस भरतपुर जनरल अस्पतालको नजीकै रहेको छ । यहा मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको छ ।

(५) कलेज अफ मेडीकल साइन्स यो भरतपुरको पहिलो मेडीकल कलेज २०५० सालमा स्थापना भएको हो ।[३]

मुख्य आकर्षण[सम्पादन गर्ने]

  • नारायणी नदी :- सहरको उत्तर पश्चिम हुदै बगीरहेकी नारयणी नदी भरतपुरको लाईफलाईन एवं प्रमुख जलधारा हो यो नदीको किनारामा सुर्‍योदय एवं सूर्यास्त हेर्न तथा पवित्र देवघाट स्नान का लागि पर्यटक तथा भक्त जन सधै यो नदीकिनारमा पुगेका हुन्छन्।
  • राप्ती नदी :- चितवन राष्ट्रिय निकुञ्जको किनारामा वगेकी यो नदी पर्यटकको अत्यन्तै प्रीय छ। यो नदीको किनारामा सुर्‍योदय एवं सूर्यास्त हेर्नकालागी तथा जल यात्राका लागि पर्यटक हरू निकैनै आर्कषीत रहने गरेका छन।
  • चितवन राष्ट्रिय निकुञ्ज:- नेपालका सबैभन्दा पुरानो एवं विश्व संपदा सुचीमा सुचीकृत चितवन राष्ट्रिय निकुन्ज जुन गैडा (वानहर्न राइनो), शाही वंगाल वाघ, गोही, हात्ती, विभिन्न किषीम का मृग, र जलचर (डल्फीन,मगर र घडीयाल गोहीहरू, बिभिन्न थरी माछाहरू) का लागि प्रशिद्घ छ।
  • नारायणगढ :- यो भरतपुरको मुख्य व्यापारीक बजार हो, भरतपुरमा रहेका धेरै जसो ठुला सपीङ सेन्टर, होलसेल पसल र यातायातसाधन मर्मतकेन्द्र, समेत यहाँ रहेका छन।
  • बीस हजारी ताल :- विश्वप्रशिद्ध सिमसार क्षेत्र विसहजारी ताल पंछी प्रेमीहरू माझ प्रशिद्ध छ। यो साइबेरीयादेखि श्रीलंकासम्म चक्ककर लागउने फिरन्ता चराहरूको एक प्रमुख विश्रामस्थल हुनुका साथै स्थानीय चराहरू र गोहीको पनि केन्द्र हो।
  • जैविक विविधता संग्राहलय :-टिकोली बारक्षक तालीमकेन्द्र संगै रहेको यो संग्रहालय जीवजन्तु प्रेमीहरू कालागी प्रीय हुनसक्छ।

धार्मिक केन्द्र[सम्पादन गर्ने]

  • देवघाट धाम:- समस्त हिन्दू जगतको प्रशिध्द देवघाट धाम यहाँ रहेको छ ।
  • बागेश्वरी मन्दिर:- एतिहासिक बागेश्वरी मन्दिर दियालो बंगला राजदरवारको उत्तरी कुनामा अवस्थीत छ।
  • गणेशस्थान, भरतपुर:- एतिहासीक गणेसस्थान मन्दिर सहरको पूर्वउत्तरमा प्रहरी तालिम केन्द्रको नजिकै रहेको छ।

उल्लेखनीय भवन[सम्पादन गर्ने]

दियालो बंगला राजदरवार :- यो शाह राजाहरूको सितकालीन दरवार हो राजा महेन्द्रले यसको निर्माण गर्न लगायका थीए, यो दरवार भरतपुरमा नारायणी नदी किनारमा खडा छ।

कसरा दरवार :- नेपालका राणा शसकहरूले सिकारको बेला बस्न बनाएको दरवार हो अहिले यसमा चितवन राष्ट्रिय निकुन्जको कार्यलय का साथै संग्रहालय राखीएको छ।

भरतपुर कभर्ड हल :- भरतपुरमा इन्डोर गेम खेल्नका लागि बनाइएको यो नयाँ कर्भडहल सहरको बिच गेस्टहाउस मैदानको किनारमा छ।

उपरदांग गढी :- ढुङ्गाले बनाइएको चित्तार्कषक यो गढी वडामाहाराज पृथ्वी नारायण का माहीला छोरा राजकुमार बाहदुर शाहका छोरा शत्रुभन्जन शाहले बनाएका थिए। यो गढी भर्खरै एकीकरण हुदै गरेको नेपालको अङ्ग्रेजसँग हुनसक्ने संभावीत भिडन्तलाई ख्याल गरी बनाइएको थियो। निर्माणपछी प्रसासनीक र ब्यापारीक केन्द्र बनेको उपरदांगगढी चितवन जिल्लाको पुरानो सदरमुकाम रहेको गढी हो पाहडको टाकुरामा रहेको गढी र यातायातको असुवीधाले गर्दा २०१८ सालदेखि २०२४ साल सम्ममा याहाँ बाट सदरमुकाम भरतपुर सारीएको थीयो।हाल भरतपुरमा रहेको बालकुमारी स्कूल पनि उपरदांगगढी बाट सरियको बताईयको छ|

भूगोल[सम्पादन गर्ने]

यो ठाउँको अक्षांश र देशान्तर २७.५७° N ८४.१७° E हो । समुद्र सतह भन्दा यो ठाउँ १३५ मिटर (४४२ फुट) माथि पर्दछ। भित्री मधेस भनीने चितवन उपत्यकामा पर्ने यो सहर गर्मीमा ४० ° र जाडोमा ८ ° सम्मको तापक्रम रेकर्ड गरिएको छ। याँहाको नारायणगढको पोखरा बसपार्क हुदै शिबघाट सम्म नारायणी नदीको ढांड क्षेत्र रहेको छ जुन नगरको अन्य भाग भन्दा होचो र गर्मीमा बढी गर्मी हुने इलाका पर्दछ। भरतपुर हाइटबाट पस्चीम हुदै जाँदा पुन उचाइ कम हुदै जान्छ सबै भन्दा अल्को भाग वीरेन्द्र क्याम्पस भएको क्षेत्र र सबै भन्दा होचो बाह्र घरे तलको क्षेत्र पर्न जान्छ। उत्तर र पूर्वपट्टी बरण्डाभारको सदावाहर जंगल रहेको छ जाँहा साल, सिसो,साज,बाँझी, लगायतका काठ र बिभिन्न किसिमका विरूवाको झाडी पाइन्छ। नगरका केही साना भाग जस्तै देवघाट, रामनगर, जुगेडी बनभित्रै नारायणी नदी किनारमा रहेका छन।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]