चित्रवन नगरपालिका
स्वरूप
चित्रवन नगरपालिका | |
---|---|
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | चितवन जिल्ला |
स्थापना | २०७१ मङ्सिर १६ |
सरकार | |
• प्रकार | नगर कार्यपालिका |
क्षेत्रफल | |
• जम्मा | ५४.९५ किमी२ (२१.२२ वर्ग माइल) |
उन्नतांश | २०८ मिटर (६८२ फिट) |
जनसङ्ख्या (वि.सं २०६८)जनगणना | |
• जम्मा | ३४९१३ |
• घनत्व | ६४०/किमी२ (१६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ४४२०० |
क्षेत्रीय सङ्केत | ०५६ |
वेबसाइट | www.chitrawanmun.gov.np |
चित्रवन नगरपालिका चितवन जिल्लामा अवस्थित एक नगरपालिका थियो। साविक गुञ्जनगर गाविसको वडा नम्बर ३ रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको थियो।[१] यो नगरपालिका १६ मङ्सिर २०७१ मा स्थापना भएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा शारदानगर र गुञ्जनगर गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने पछि दिव्यनगर गाविसलाई पनि यसमा गाभिएको थियो। चित्रवन नगरपालिकाको कार्यालय भरतपुरको चौबिसकोठिबाट कारीब १५ किलोमिटर पश्चिममा रहेको छ। यो पछि भरतपुर महानगरपालिकामा गाभिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]शारदानगर र गुञ्जनगर गाविसहरूलाई मिलाएर चित्रवन नगरपालिका बनाइएको थियो र पछि यसमा दिव्यनगर गाविसलाई गाभिएको थियो। त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ३४,९१३ रहेको छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[स्थायी मृत कडी]
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति