सामग्रीमा जानुहोस्

चित्रवन नगरपालिका

निर्देशाङ्कहरू: २७°३५′N ८४°१७′E / 27.59°N 84.28°E / 27.59; 84.28
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्रवन नगरपालिका
चित्रवन नगरपालिका मा पर्दछ बागमती प्रदेश
चित्रवन नगरपालिका
बागमती प्रदेशको नक्सामा चित्रवन नगरपालिकाको अवस्थिति
चित्रवन नगरपालिका मा पर्दछ नेपाल
चित्रवन नगरपालिका
चित्रवन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′N ८४°१७′E / 27.59°N 84.28°E / 27.59; 84.28
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन
स्थापित१६ मङ्सिर २०७१
क्षेत्रफल
 • जम्मा५४.९५ किमी (२१.२२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३४९१३
 • घनत्व६४०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५६
केन्द्रसाविक गुञ्जनगर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

चित्रवन नगरपालिका चितवन जिल्लामा अवस्थित एक नगरपालिका थियो। साविक गुञ्जनगर गाविसको वडा नम्बर ३ रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको थियो।[] यो नगरपालिका १६ मङ्सिर २०७१ मा स्थापना भएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा शारदानगरगुञ्जनगर गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने पछि दिव्यनगर गाविसलाई पनि यसमा गाभिएको थियो। चित्रवन नगरपालिकाको कार्यालय भरतपुरको चौबिसकोठिबाट कारीब १५ किलोमिटर पश्चिममा रहेको छ। यो पछि २७ फागुन २०७३ मा, भरतपुर महानगरपालिकामा गाभिएको थियो। हाल पूर्व चित्रवन नगरपालिकाले भरतपुर महानगरपालिकाको वडा नम्बर १७,१८,१९,२० र २६ गरि ५ वटा वडाहरू ओगटेको छ।

शारदानगरगुञ्जनगर गाविसहरूलाई मिलाएर चित्रवन नगरपालिका बनाइएको थियो र पछि यसमा दिव्यनगर गाविसलाई गाभिएको थियो। त्यसैले वि.सं.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोड्दा यहाँको जनसङ्ख्या ३४,९१३ हुन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [स्थायी मृत कडी]