शुक्रनगर
शुक्रनगर नेपालको बागमती प्रदेशको चितवन जिल्लामा अवस्थित साविकको गाउँ विकास समिति हो। साविकका शुक्रनगर, मेघौली, जगतपुर र पार्वतीपुर लगायतका गाविसहरू मिलेर नारायणी नगरपालिका बनेको थियो भने पछि नारायणी नगरपालिका भरतपुर महानगरपालिकामा समावेश भएको थियो।[१] साविकको शुकनगर गाविस हालको भरतपुर महानगरपालिकाको वडा नंं. २५ मा अवस्थित छ।
शुक्रनगर | |
---|---|
साविकको गाउँ विकास समिति | |
निर्देशाङ्क: २७°३५′N ८४°१७′E / २७.५९°N ८४.२८°Eनिर्देशाङ्कहरू: २७°३५′N ८४°१७′E / २७.५९°N ८४.२८°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | चितवन जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ८०५७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
साविकको शुक्रनगर गाविस अर्थात् हालको भरतपुर २५ को कुल क्षेत्रफल १४.१६ वर्ग किलोमिटर रहेको छ भने यहाँ १८६३ घरधुरी रहेका छन्। एघारौँ राष्ट्रिय जनगणना २०६८का अनुसार यहाँको जनसङ्ख्या ८०५७ रहेको छ जसमध्ये महिलाको जनसङ्ख्या ४,३६४ र पुरुषको जनसङ्ख्या ३६९३ रहेको छ।[२]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ "वडा २५"। भरतपुर महानगरपालिका (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ मे २०२१।