सामग्रीमा जानुहोस्

नारायणी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारायणी नगरपालिका
नारायणी नगरपालिका मा पर्दछ नारायणी नगरपालिका
नारायणी नगरपालिका
बागमती प्रदेशको नक्सामा नारायणी नगरपालिकाको अवस्थिति
नारायणी नगरपालिका मा पर्दछ चितवन जिल्ला
नारायणी नगरपालिका
नारायणी नगरपालिका (चितवन जिल्ला)
नारायणी नगरपालिका मा पर्दछ बागमती प्रदेश
नारायणी नगरपालिका
नारायणी नगरपालिका (बागमती प्रदेश)
नारायणी नगरपालिका मा पर्दछ नेपाल
नारायणी नगरपालिका
नारायणी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′N ८४°१७′E / 27.59°N 84.28°E / 27.59; 84.28
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन
स्थापना१६ मङ्सिर २०७१
खारेज२७ फागुन २०७३
क्षेत्रफल
  जम्मा७२.६८ किमी (२८.०६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४८,३६५
  घनत्व६७०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५६
केन्द्रसाविक शुक्रनगर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नारायणी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका थियो।[][] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा चितवन जिल्लामा शुक्रनगर, मेघौली, जगतपुरपार्वतीपुर गरि चारवटा गाउँ विकास समितिहरूलाई समेटेर नारायणी नगरपालिका घोषणा गरिएको थियो।[] [] नारायणी नगरपालिकाको केन्द्र साविकको शुक्रनगर गाविसको कार्यालयमा रहेको थियो।[] नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ साल फागुन २७ गतेको निर्णयले साविकको भरतपुर उपमहानगरपालिकामा नारायणी नगरपालिका , चित्रवन नगरपालिकाकविलास गाविस थप गरि भरतपुर महानगरपालिकामा स्तरोन्नती गरेको थियो।[] हाल पूर्व नारायणी नगरपालिकाले भरतपुर महानगरपालिकाको वडा नम्बर २१,२३,२४,२५,२७ र २८ गरि ६ वटा वडाहरू ओगटेको छ।

नारायणी नगरपालिका साविकका शुक्रनगर, मेघौली, जगतपुरपार्वतीपुर गाविसहरू मिलेर बनेको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको कुल जनसङ्ख्या ४८,३६५ रहेको थियो भने यहाँ १२,०७० घरघुरी रहेका थिए।[]

साविक नारायणी नगरपालिकाको वडा विभाजन र हालको समायोजन
क्र.संसाविक गाउँ विकास समितिहरूगाविसको वडा नं. साविक वडा नंहालको भरतपुरका वडा नं.
मेघौली१-४ २७
५-७ २७ र २८
८-९ २८
शुक्रनगर १-२ २५
४-६,९ २५
३,७-८ २५
पार्वतीपुर१,५-६ २१
२-४,७ २१
८-९ २१
जगतपुर१–२ १०२३
३-६ ११२३
७-९ १२२४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "नेपालको राष्ट्रिय जनगणना २०७८ (वडा रिपोर्ट)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, अन्तिम पहुँच १२ असार २०८१
  2. 1 2 "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मङ्सिर, अन्तिम पहुँच मंसिर २०७१
  3. 1 2 "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मङ्सिर अभिलेखिकरण २०१५-०८-२४ वेब्याक मेसिन
  4. "नगरपालिका घोषणा गरि क्षेत्र तोकेको", राजपत्र, २७ वैशाख २०८२।
  5. "संक्षिप्त परिचय"भरतपुर महानगरपालिका (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ अप्रिल २०२१

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

जिल्ला विकास समितिको कार्यालय, चितवन अभिलेखिकरण २०१५-०४-०४ वेब्याक मेसिन