सामग्रीमा जानुहोस्

पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पौडेल/पौड्याल
जम्मा जनसङ्ख्या
६ लाख []
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
[ थापा मल्ल खस खत्री ]

पौडेल वा पौड्याल थर नेपाल तथा भारतको बाहुन तथा खत्री परिवारमा पाइन्छ। बाहुन पोउडेल थरको उत्पत्ति 'पौडि' र 'आयल' दुई शब्द मिलेर बनेको विश्वास गरिन्छ । पौडेलहरूको गोत्र आत्रेय हो । यिनका बान्धव दुलाल, अर्याल, कालिकोटे खँड्का, थापा बगाले, सिग्देल, पोखरेल(पानी), आदि हुन् । उनीहरू आफू अत्रि ऋषिका पुत्र आत्रेयका सन्तान भएको विश्वास गर्दछन्। सेता पौडेल वर्गका पौडेलहरू नेपालमा बसोबास गर्ने गरेको पाइन्छ। कसैकसैले सेता पौडेल र सिग्देल एउटै हुन् भनी उल्लेख गरेका छन्। अर्को थरी कालो पौडेल थापा या बाग मल्ल पनि भन्न रुचाउछन। पौडेलहरु चौबीसै खस गणराज्यका राजगुरु, पण्डित,सैनिक आदि पदहरु समहालेका थिए । सन् २०१४ मा फोरबियर्सद्वारा गरिएको खोज अनुसार सेता तथा काला पौडेल नेपालको सबैभन्दा ठूलो संख्यामा रहेको नेपाली थर हो ।

सेता पौडेलहरू नेपालमा मध्य पश्चिमी पहाडबाट देशभर फैलिएको पौडेल बंशावलीले उल्लेख गरेको छ। उनीहरू आजभन्दा करिव ५ सय वर्ष पहिले मध्य पहाडबाट डोटी, जुम्ला, जाजरकोट, प्यूठान, पाल्पा, बाग्लुङ, पर्वत, कास्की, रामेछाप हुँदै पूर्वको ताप्लेजुङ सम्म पुगेको विश्वास गरिएको छ। हाल भारत, भुटान, म्यानमार लगायत विश्वका अन्य धेरै देशमा पौडेलको बसोबास रहेको पाइन्छ।

कुल पूजाको. परम्परा

[सम्पादन गर्नुहोस्]

पौडेलहरू कसैले दारे मष्ट र कसैले बराह मष्ट लाई कुलदेवताको रूपमा पूजा गर्दछन्। त्यसैगरी दत्तात्रेय लाई इष्टदेवता का रूपमा पूजा गर्छन्। यिनीहरूले कुनै ठाउँमा बलि दिने चलन पनि छ भने कुनेै ठाउँमा कुलपूजामा बलि नदिई खीर-रोटीले पुजा गर्छन्। बलि दिने चलन मध्यपश्चिमाञ्चलको प्युठान, पश्चिमाञ्चल का बाग्लुङ अर्घाखाँची , स्याङ्जा तथा पुर्वी नेपालका ठाउँहरुमा बराहलाई बोका तथा मष्टलाई भेडाको बलि दिइन्छ ॥

उल्लेखनीय पौडेल/पौड्यालहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपाली थरहरू", अन्तिम पहुँच २०१७-०३-१०