पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
पौडेल/पौड्याल
जम्मा जनसङ्ख्या
६ लाख [१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
[ थापा मल्ल खस खत्री ]

पौडेल वा पौड्याल थर नेपाल तथा भारतको बाहुन तथा क्षेत्री परिवारमा पाइन्छ। बाहुन पोउडेल थरको उत्पत्ति 'पौडि' र 'आयल' दुई शब्द मिलेर बनेको विश्वास गरिन्छ । पौडेलहरूको गोत्र आत्रेय हो । यिनका बान्धव दुलाल, अर्याल, कालिकोटे खँड्का, थापा बगाले, सिग्देल, पोखरेल(पानी), आदि हुन् । उनीहरू आफू अत्रि ऋषिका पुत्र आत्रेयका सन्तान भएको विश्वास गर्दछन्। सेता पौडेल वर्गका पौडेलहरू नेपालमा बसोबास गर्ने गरेको पाइन्छ। कसैकसैले सेता पौडेल र सिग्देल एउटै हुन् भनी उल्लेख गरेका छन्। अर्को थरी कालो पौडेल थापा या बाग मल्ल पनि भन्न रुचाउछन। पौडेलहरु चौबीसै खस गणराज्यका राजगुरु, पण्डित,सैनिक आदि पदहरु समहालेका थिए । सन् २०१४ मा फोरबियर्सद्वारा गरिएको खोज अनुसार सेता तथा काला पौडेल नेपालको सबैभन्दा ठूलो संख्यामा रहेको नेपाली थर हो ।

बसोबास[सम्पादन गर्नुहोस्]

सेता पौडेलहरू नेपालमा मध्य पश्चिमी पहाडबाट देशभर फैलिएको पौडेल बंशावलीले उल्लेख गरेको छ। उनीहरू आजभन्दा करिव ५ सय वर्ष पहिले मध्य पहाडबाट पाल्पा, कास्की, रामेछाप हुँदै पूर्वको ताप्लेजुङ सम्म पुगेको विश्वास गरिएको छ। हाल भारत, भुटान, म्यानमार लगायत विश्वका अन्य धेरै देशमा पौडेलको बसोबास रहेको पाइन्छ।

कुल पूजाको परम्परा[सम्पादन गर्नुहोस्]

पौडेलहरूले बराह मष्टलाई कुलदेवताको रूपमा पूजा गर्दछन्। त्यसैगरी दत्तात्रेयलाई इष्ट देवताका रूपमा पूजा गर्छन्। यिनीहरूले कुनै ठाउँमा बलि दिने चलन पनि छ भने कुनेै ठाउँमा कुलपूजामा बलि नदिई खीर-रोटीले पुजा गर्छन्। बलि दिने चलन पश्चिमाञ्चल का बाग्लुङ अर्घाखाँची , स्याङ्जा तथा पुर्वी नेपालका ठाउँहरुमा बोका तथा भेडाको बलि दिइन्छ ॥

उल्लेखनीय पौडेल/पौड्यालहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  • पौडेल बंशावली २०३९, प्रकाशक दीनानाथ पौडेल
  • पौडेल बंश प्रकाश २०५९
  1. "नेपाली थरहरू", अन्तिम पहुँच २०१७-०३-१० 

रामेछाप :-रामेछापको माकादुममा रहेका करिव ९०० नौ सय घर धुरीमा पौडेलहरु वसोवास गर्दै आइरहेका छन।कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ । कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्यक ठाउनुसार फरक परक छन। यहाका आफ्नै कुल देवता कुलपुजा गर्दा ५ कुलदेवताको पुजा आज गर्दै आइरहेका छन भोक जिनु अगाडी https://www.youtube.com/watch?v=5kNebqkGgJs&t=87s। कुनकुलका धामीले कुनवली लिन्छनत भन्दा १ मुन्नल्लीले पाठी, २ मस्टले वोका , ३ बार्रले वोका ,४ रुमालले बेडा तथा वोका,५ सवलिंङ्ग ले बोकाको भोग लिनेगने गर्दछन https://www.youtube.com/watch?v=87BuQXFs-vk&t=51s