वार्तालाप:पौडेल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Arxoon (कुरा गर्ने) ०६:०९, १ अक्टोबर २०१२ (युटिसी(UTC))

पौडेल वा पौड्याल[सम्पादन गर्नुहोस्]

पौडेल वा पौड्याल थर नेपाल तथा भारतको बाहुन तथा क्षेत्री परिवारमा पाइन्छ। बाहुन पोउडेल थरको उत्पत्ति 'पौडि' र 'आयल' दुई शब्द मिलेर बनेको विश्वास गरिन्छ । पौडेलहरूको गोत्र आत्रेय हो । यिनका बान्धव दुलाल, अर्याल, कालिकोटे खँड्का, थापा बगाले, सिग्देल, पोखरेल(पानी), आदि हुन् । उनीहरू आफू अत्रि ऋषिका पुत्र आत्रेयका सन्तान भएको विश्वास गर्दछन्। सेता पौडेल वर्गका पौडेलहरू नेपालमा बसोबास गर्ने गरेको पाइन्छ। कसैकसैले सेता पौडेल र सिग्देल एउटै हुन् भनी उल्लेख गरेका छन्। अर्को थरी कालो पौडेल थापा या बाग मल्ल पनि भन्न रुचाउछन। पौडेलहरु चौबीसै खस गणराज्यका राजगुरु, पण्डित,सैनिक आदि पदहरु समहालेका थिए । सन् २०१४ मा फोरबियर्सद्वारा गरिएको खोज अनुसार सेता तथा काला पौडेल नेपालको सबैभन्दा ठूलो संख्यामा रहेको नेपाली थर हो । Ayush Poudyal (कुरा गर्नुहोस्) १२:०६, १ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

गाेरा पौडेलहरू नेपालमा मध्य पश्चिमी पहाडबाट देशभर फैलिएको पौडेल बंशावलीले उल्लेख गरेको छ । उनीहरू आजभन्दा करिव ५ सय वर्ष पहिले मध्य पहाडबाट डोटी, जुम्ला, जाजरकोट, प्यूठान, पाल्पा, कास्की, रामेछाप हुँदै पूर्वको ताप्लेजुङ सम्म पुगेको विश्वास गरिएको छ । हाल भारत, भुटान, म्यानमार लगायत विश्वका अन्य धेरै देशमा पौडेलको बसोबास रहेको पाइन्छ । Ayush Poudyal (कुरा गर्नुहोस्) १२:०९, १ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

कुल पूजाको परम्परा[सम्पादन गर्नुहोस्]

पौडेलहरूले बराह मष्ट लाई कुलदेवताको रूपमा पूजा गर्दछन् । त्यसैगरी दत्तात्रेय लाई इष्टदेवता का रूपमा पूजा गर्छन् । यिनीहरूले कुनै ठाउँमा बलि दिने चलन पनि छ भने कुनै ठाउँमा कुलपूजामा बलि नदिई खीर-रोटीले पुजा गर्छन् । बलि दिने चलन मध्यपश्चिमाञ्चलको प्युठान, पश्चिमाञ्चल का बाग्लुङ अर्घाखाँची, स्याङ्जा तथा पुर्वी नेपालका ठाउँहरुमा बराहलाई बोका तथा मष्टलाई भेडाको बलि दिइन्छ । Ayush Poudyal (कुरा गर्नुहोस्) १२:१०, १ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

उल्लेखनीय पौडेल/पौड्यालहरू[सम्पादन गर्नुहोस्]

.रङ्गनाथ पौडेल : राजेन्द्र विक्रम शाहको शासनकालमा नेपालका प्रधानमन्त्री (१८९४-१८९५ बिक्रम सम्वत) .लेखनाथ पौड्याल :कवि शिरोमणि (१५ पौष १९४१ -२०२२ विक्रम सम्वत) .रामचन्द्र पौडेल :नेपाली कांग्रेसका नेता .विदुरप्रसाद पौडेल:पूर्व सांसद(राष्ट्रिय सभा,नेपाल), पूर्व उपकुलपति (नेपाल संस्कृत विश्वविद्यालय) .राजाराम पौडेल :हास्य कलाकार .शिवहरि पौडेल : हाँस्य कलाकार (नेपाल टेलिभिजनबाट प्रसारण हुने जिरे खुर्सानीका निर्देशक तथा निर्माता) .रवि प्राञ्जल; नेपाली साहित्यकार .मोदनाथ प्रश्रित; वि.सं १९९९ असार ६ गते .डा. गोविन्द केसी ( पौडेल) एक अर्थोपेडीक सर्जन तथा समाजसेवी हुन् । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् सर्जन हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध गर्दै विभिन्न पटक अनसन बस्दै आएका छन् । उनी नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दछन् । .उषा पौडेल; नेपाली मोडल तथा अभिनेत्री .रोहित कुमार पौडेल; नेपाली क्रिकेटर, अन्तर्राष्ट्रिय सतक प्रहार गर्ने सबैभन्दा कान्छो क्रिकेटर (ब्याट्सम्यान) .भरत मणि पौडेल; हास्य कलाकार (कमेडी च्याम्पियन सिजन २ बिजेता) .प्रभुराम शर्मा पौडेल ;हाल प्रधानसेनापति Ayush Poudyal (कुरा गर्नुहोस्) १२:१२, १ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

पौडेल बंशावली २०३९, प्रकाशक दीनानाथ पौडेल पौडेल बंश प्रकाश २०५९ "नेपाली थरहरू", अन्तिम पहुँच २०१७-०३-१० Ayush Poudyal (कुरा गर्नुहोस्) १२:१३, १ जुलाई २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]