दुलाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दुलाल नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो। दैलेख जिल्लाको दुल्लु क्षेत्रबाट उद्गम भएका दुलालहरू नेपाल तथा भारतको अधिकांश भुभागमा बसोवास गर्दछन्।

पूर्वज[सम्पादन गर्ने]

दैलेखको दुल्लु उद्गम क्षेत्र भएका दुलालहरुको पूर्वको रुपमा आत्रेय ऋषिलाई मानिन्छ। हाल दुलालबन्धु समाज नेपालले दुलालहरुको पहिचानको लागि वंशज सम्बन्धि अनुसन्धनात्मक वंशवृक्ष पुस्तक प्रकाशन गरिसकेको अवस्था रहेको छ । यस सन्दर्भमा थप अध्ययन र अनुसन्धान भैरहेको र भविष्यमा थप गरिने छ ।

धर्म[सम्पादन गर्ने]

नेपालमा बसोबास गरिरहेका अधिकांश दुलालहरु हिन्दु धर्म मान्नेहरु रहेका छन् ।

भेषभुषा र भाषा[सम्पादन गर्ने]

हिन्दु धर्म मान्ने दुलालहरुको भेषभुषा साधारण अन्य नेपालीहरुको जस्तै रहेको पाईन्छ । पाको उमेरका दुलालहरुले कमिज/सुरवाल, दौरा/सुरवाल, ईष्टकोट र ढाका टोपी लगाउन छन भने महिलाहरु धोती चोलो ब्लाउज लगाउने गरेको पाइन्छ । ब्राम्हण जाती अन्तरगत पर्ने भएकोले पुरुष दुलालहरुले पुजाआजामा सेतो रङ्गको धोती र कमिज लगाउने चलन छ भने महिलाहरुले रातो रङ्गको कपडाहरु लगाउने गर्दछन् । दुलालहरुको आफ्नो जाति विशेष पोशाक छैन् । भाषाको रुपमा खस नै दुलालहरुको मातृभाषा रहेको पाईन्छ ।

संख्या[सम्पादन गर्ने]

दुलालवंशावली पुस्तकलाई आधारमानि यस सम्बन्धि विवरण उपलब्ध गराईने छ ।

बसोबास[सम्पादन गर्ने]

हालसम्म भएको जानकारी अनुसार काठमाण्डाै उपत्यका र त्यसको आसपासका ग्रामिण क्षेत्रहरुमा दुलालहरुको बसोबास रहेको छ । काठमाण्डौको बुढानिलकण्ठ, झोर महाँकाल, भक्तपुरको सुडाल र अन्य केही स्थानहरुमा दुलालहरु रहेका छन् । त्यसैगरि काभ्रेजिल्लाको देउपुर, सिन्धुपाल्चोकको चौतारा, अर्चले, पौवा, जल्बिरे, मेलम्ची, भवरकोट क्षेत्र तथा नुवाकोटको विभिन्न स्थानमा [बेलकोटगढी नगरपालिका ] पनि दुलालहरुको बस्ती रहेको छ । दोलखाको चरिकोट आसपासका क्षेत्र, पूर्वमा मोरङ, महोत्तरी तथा झापा, ईलाम सम्म दुलालहरुको बसोबास रहेको छ ।

दुलालहरुले मान्ने विशेष पर्वहरू[सम्पादन गर्ने]

नेपालमा बसोबास गरिरहेका दुलालहरु हिन्दु भएकोले हिन्दु धर्ममा मानिने सम्पूर्ण चाँडपर्वहरु दुलालहरुले पनि मनाउने गर्दछन् । विशेष गरि दशै, तिहार, कृष्ण अष्टमी, एकादशी, शिवरात्री, फागुपूर्णिमा, तिज जस्ता हिन्दुधर्मका चाडबाडहरु विशेष रुपले मनाउने गरिन्छ भने कुलदेवता तथा बायुदेवताको पुजा समुदायमा मनाउने प्रचलन रहेको छ ।


दुलाल बंश[सम्पादन गर्ने]

नेपालका विभिन्न जिल्लाहरुमा छरपष्ट रहेका दुलाल बन्धुहरुलाई संकलित र संगठित बनाउदै एक सुत्रमा गाँस्नु अति आवश्यक थियो । यसकालागि अथक मेहनतका साथ आज यो वंशावली प्रकाशनको अवस्थामा हामी पुगेका छौ । वंशावलीमा हुनैपर्ने विषयवस्तु क्रमबद्ध नहुन सक्दछन् । तथापि यो प्रथम प्रयासमा देखिएका र भेटिएका तथ्यहरु समावश गर्ने प्रयास गरिएको छ ।

एेतिहासिक थाकथलो र पृष्टभूमी:-[सम्पादन गर्ने]

दुलालको मुल थाकथलो र एैतिहासिकता बारे खासै बिवाद देखिदैन । अत्रि ऋषिका उत्तरवर्ती दरसन्तान नै आत्रेय गोत्री आजका दुलाल हुन् भन्दा यसको सरल जवाफ हुन्छ । त्यति भनेर मात्रै पनि पुगने । अब मुल थलो कहाँ हो भन्ने थाहा पाउन पर्यो । यसरी हेर्दा दैलेख जिल्लाको दुल्लु उपत्यका नै आत्रेय गोत्री दुलालको मूलथद्यो हो । दुल्लुमा बसोबास गर्ने आत्रेय गोत्रीहरु नै कालान्तरमा आएर दुलाल भए ? आत्रेय गोत्री भएका अरु थर पनि छन्? तिनको बारेमा उनकै वंशावलीले प्रष्ट पार्नेछ । नेपालका धेरै थरहरु दैलेको दुल्लु बाटै रहेको पाईन्छ । संस्कृत भाषाको स्थल शब्दबाट थलो, ठहर, ठाँउ हुँदै थर हुनआएको हो । मान्छे जुन ठाउँमा बसोबास गर्यो त्यसै ठाउँसँग जोडिएर उसको थरबन्दै गयो । यसरी नै दैलेखका हाम्रा अादिपूर्खाह दुल्लुवाल दोलाल हुदै दुलाल कहलिए । दुलाल थरमा रुपान्तरण भए । हो आजका हामी आत्रेय गोत्री समस्त दुलालको मूलथलो दैलेखको दुल्लु नै हो । यसैलाई मानौ । एेतिहासिक पृष्टभूमी खोज्दै जाँदा हामी उनै अत्री ऋषिमा पुगर ठाेकिन्छौ । यो एक अनुमान परक मत हो । यस भन्दा छुट्टै मत राख्यौ भने हामी अल्मलिन्छौ । यसर्थ यो मतलाई पनि सहि ठानेर बस्नु पर्यो । मानौ नेपालमा रहेको विभिन्न थरको इतिहासको अध्ययन गर्दा अछामी र सिङडी सबै भन्दा पुराना थर हुन् । सम्बत १४०६को पृथ्वी मलको बाजुरा अभिलेखबाट यसको पुष्टी हुन्छ । यसरी हेर्दा नेपालमा थरको विकास भएको आठसय बर्ष पुग्दैछ ।

दुलालथरको उत्पत्ति र विकासबारे[सम्पादन गर्ने]

दैलेख दुल्लुका चन्द्रवंशी शाह आत्रेय गोत्री दुलाल हुन् । यस्तै अछाम,गोताम, सल्यान, माल्टेना, छलि, जाजरकोटका चन्द्रवंशि शाह, शाहि पनि आत्रेय गोत्रि हुन् । रुकुम, मुशिकोट, बाझि, दर्ना, शान्नी, धुनि, फलावाङ्ग र धुलिकोटका शाह, शाहि, चन्दहरु पनि आत्रेय गोत्रि रहेका छन् । उनीहरु दुलालको सहगोत्री बन्धु हुन् । दुवाडी, पाशुपत, भट्ट पनि आत्रेय गोत्री नै हुन् । उनीहरुसँग दुलालका प्रवर पनि एउटै हुन्छ । अर्थात आत्रेय, अर्चनानश, श्यावाश्य साझा प्रवर हो । यसो भन्नुको अर्ठ्ठ हाम्रा मूल पुर्खा एकै हुन् । यसरी हेर्दा वत्सराज भट्ट (वि.स.११२७ मा)कुमाउको पिथौरागडमा जन्म भएको र यिनी डोटीका राजा भएको अभिलेख पाईन्छ । वत्सराजका पाँचभाइ छोरा मध्ये जेठा कालु बर्मा शाही ठकुरीहरु माइला च्यावन भट्टका नाती नारायणदाश अर्याल भए । साँइला काशिराज भट्ट पानी पोख्रेल भए काइला उत्सव राज भट्टको जन्म ११६० को कान्छा कन्थराज भट्ट हाम्रा मूल पुर्खा उत्शवराज भट्टका छोरा १ मात्र वि.सं. ११८५ को हो । उनका पनि छोरा पाँचभाइ हुन जेठा श्री कृष्ण भट्ट, सिक्देल भए माइला शाहवंशी ठकुरी भए । साईला कालु थापा जन्म (१२४६) डोटीका राजा भए । यिनी बगाले थापाका पुर्खा हुन् । काइला प्रज्वल थापा मल्ल ठकुरी नै हुन पुगे । कान्छा श्री देव (वि.सं.१२१५) को जन्म यिनका पनि पाँच भाई नै हुन् । जसमा जेठा गुणदेव (वि.स.१२३२) तिर जन्म दुलाल थरका मुल पुरुष भए । माइला श्रीनन्द पौडेल भए । साइला श्रीनाथ दुवाडी थरका भए । काइला प्रभुदत्त बाजपियका पुर्खा भए । कान्छा कृष्ण दत्त अगस्तीका पुर्खा, उनै श्री देवका छोरा जेठा गुणदेव नै आजका समस्त आत्रेय गोत्री दुलालको आधुनिक मूल पुर्खा हुन् । उनैबाट फैलिएका वंशवृक्ष आजका समस्त आत्रेय गोत्री दुला हौं । दैलेको दुल्लु हाम्रो अादि थलो हो भने आधुनिक थाकथलो भने काभ्रेपलाञ्चोक जिल्लाको देउपुर हो । त्यही थलोबाट दुलालहरु फैलिदै पूर्वका गाउँ वस्तीतिर विस्तार भए । सुदुरपूर्वको ताप्लेजुङ्ग सम्म पुगे, धनकुटा, तेर्हथुम, पाँचथर, इलाम तिर फैलिए । मध्य र पश्चितका पहाडी जिल्लाहरुमा बसाई सरी काठमाण्डाैको काठ क्षेत्रमा छरिएर बस्न थाले । शिवपुरी डाँडा आशपासमा पनि रहे । त्यहि क्षेत्रमा मात्र दुलालहरु सिमित रहेनन् । सिमाना पारि भारतको सिक्किम पश्चिम बंगाल, आसाम, म्यानमार, भुटानसम्म फैलिए फेरि तराईतिर बिस्तार हुदै आएको देखिन्छ ।

आज देशविदेश गरि तीन लाख संख्याको हाराहारीमा दुलालको जनसङ्ख्या देखिन्छ । यो जनसङ्ख्या विस्तारको सामान्य प्रकृया हो ।

दुल्लुका शाह शाहीहरु कहिले काभ्रेपलाञ्चोक आए या वत्सराजले अपुङंगी राज्य चलाए । या पछि मात्रै गुणदेवहरु काभ्रेपलाञ्चोक आए भन्ने तिथि मिति सहि आधार प्रमाणहरु भेटीएनन् । कुन मितिमा गुणदेवका छोराहरुलाई सदाशिवामल्लले ताम्रपत्र दरिदिएको हो भन्ने राणाकालिन फैसलामा पनि खुलेन । खाली दुलालको विर्ता २ भनी राणाकालीन फैसला पछाडीपट्टी संग्लग्न राखेका छौ । श्रृति प्रमाणलाई आधार मान्दा आजभन्दा २०‌औ पुस्ता पहिले काभ्रेपलाञ्चोक देउपुर बाख्रेगौडा नगरकोट बिर्ता पाएका थिए । त्यसपछि १९१८ मा काभ्रे देउपुर मुलविर्ता थप ताम्रपत्र १८९१ मा यिनै जगन्नाथका जेठा सन्तान पट्टिकाले ४ भाईको दोलखा काटाकुटी पाएको आधार छ र विर्ताको बारेमा अन्य पेजमा ब्याख्या भएकै छन् । हाम्रा थाकथलोका प्रमाणित इतिहास यिनै हुन् ।