भरतपुर विमानस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भरतपुर विमानस्थल
Bharatpur Airport
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सञ्चालकनेपाल नागरिक उड्डयन प्राधिकरण
सेवा गर्ने स्थानभरतपुर ,नेपाल
उचाइ समुद्री सतह६०० ft / १८३ m
निर्देशाङ्क२७°४०′४१″उ॰ ०८४°२५′४६″पू॰ / २७.६७८०६°N ८४.४२९४४°E / 27.67806; 84.42944
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
१५/३३ १,१५८ ३,७९९ अलकत्रा
स्रोत :[१][२]

भरतपुर विमानस्थल नेपालको राजधानी काठमाडौँबाट १५० कि. मि. टाढा चितवन उपत्यकाको भरतपुर सहरमा रहेको छ। यो विमानस्थल सन् १९६१ देखि शुरू भएको हो। हाल मध्य-नेपालको प्रमुख यो विमानस्थल बेला बेलामा अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। नेपालको केन्द्र भागमा रहेको राजधानी काठमाडौँबाट पनि नजिकरहेको र भौगोलिक रूपमा पनि अत्यान्त सुरक्षीत चितवन उपत्यका भित्र रहेकाले पनि यो विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउने चर्चा चल्ने गर्दछ। हाल भरतपुर सहरको केन्द्र भागमा रहेको भरतपुर विमानस्थल तथा चितवनको अर्को मेघौली विमानस्थलको जमीन बेची पूर्व पश्चिम रनवे बनाएर नारायणी नदी पारी वा वारीको क्षेत्रमा बनाउन सकिने सोचले चर्चा पाई रहेको छ। पूर्व पश्चिम रनवे बनाउदा चितवन राष्ट्रिय निकुञ्जका जनवारलाई ध्वनी प्रदुषण पनि नहुने राय विज्ञहरूले दिइ सकेका छन। हाल यो विमानस्थलबाट दैनिक एघार वटासम्म उडान हुने गरेको छ। हाल भरतपुर विमानस्थलमा नेपालकै पहिलो निजी पाइलट तालीम स्कूल सञ्चालित छ।

नामाकरण[सम्पादन गर्नुहोस्]

यो विमानस्थलको नाम चितवन जिल्लाको जिल्ला सदरमुकाम भरतपुरको नामबाट राखिएको हो।

स्थिति[सम्पादन गर्नुहोस्]

यो विमानस्थल भरतपुर नगरको मुटु चौबिसकोठीको पश्चिम क्षेत्रमा महेन्द्र राजमार्ग तथा कृष्णपुरको बिच हाकिम चोक देखि सैन्य ब्यारेक सम्म उत्तर दक्षीण फैलिएर रहेको छ। नेपालको भरतपुर विमानस्थलको एअरपोर्ट कोड |BHR|VNBP हो।

विस्तार[सम्पादन गर्नुहोस्]

विमान सेवाहरू[सम्पादन गर्नुहोस्]

  • यति एअरलाईन्स
  • कस्मिक एअर (विगतमा)
  • नेपाल एअर लाईन्स (विगतमा)
  • बुद्ध एअर
  • सिम्रिक एअर
  • गोर्खा एअरलाईन्स (विगतमा)
  • स्काइलाईन एअरवेज (विगतमा)
  • शिवानी एअर (विगतमा)

उडान[सम्पादन गर्नुहोस्]

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिस्तारित छ-

विस्तार तथा विकास[सम्पादन गर्नुहोस्]

अहिले सम्म अन्तराष्ट्रिय विमानस्थलको रूप लिन नसकेको भएता पनि भरतपुरको आन्तरिक विमानस्थलको सन १९६१ मा शुरू भए यता केही सुधार हुदै आएको छ । शुरूवात देखि राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको थियो भने हाल आएर अन्य निजी विमान सेवाहरूले पनि उडान बढाउदै दैनिक छ सात वटा उडान अहिले भरतपुरबाट उपलब्ध छन। यो विमानस्थलमा नेपाल वायुसेवा निगम तथा नेकोन एअरको एभ्रो जाहाज बस्न सक्ने बनाउन ११५८ मिटरको धावनमार्ग सन १९९४ मा बनाइयो भने त्यसलाई सन १९९८मा पिच गर्ने कार्य समेत सन १९९९ मा एसियाली विकास बैकंको सहयोगमा सपन्न भयो। त्यसै गरी नया टर्मिनल भवन पनि बनेर तयार भयो। हाल नेपालका मुख्य यात्रु चपयुक्त विमानस्थल मध्य भरतपुर विमानस्थल पनि एक हो। तर मात्र एक सय चालिस मिटर धावन मार्ग थप्न असमर्थ (विमानस्थलको उत्तर तथा दक्षिणमा सरकारी जग्गा नै रहेको छ) कस्मिक एअरको १०४ यात्रु बोक्ने फोकर जेटले यो विमानस्थलको उपयोग गर्न पाएको छैन।

भरतपुरमा अन्तराष्ट्रिय विमानस्थलको सम्भावना[सम्पादन गर्नुहोस्]

नेपालको केन्द्रमा पर्ने चितवन उपत्यकाभरतपुर यातायात का दृष्टीले पनि केन्द्रविन्दु रहको छ। यो १५० कि मी लम्वाइ र ५० कि मी चौडाइ रहेको यो उपत्यकामा देशको दोस्रो अन्तराष्ट्रिय विमानस्थल बनाउन पर्ने माग धेरै पहिले देखि चितवनबासी अन्य क्षेत्रका नेपाली तथा बाह्य मुलुकमा बसेका नेपालीको समेत रहि आएको छ। काठमाडौँमा रहेको एक मात्र त्रिभुवन विमानस्थल विमान तथा यात्रुको चापले अहिले नै सांघुरो प्रतित भइसकेको छ। उक्त विमानस्थलको विस्तार गरी बहुधावनमार्ग बनाउन पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भौगोलीक अवस्था र राजधानीको सहरी करणको चापले असंभव प्राय भइसकेको छ। तसर्थ अत्यान्त ठूलो र तुलानत्मक रूपमा अत्यन्त सुरक्षीत भूभाग तथा राजधानी उपत्यकाको दोस्रो पर्यटकिय गन्तव्य पोखरा उपत्यका तथा देशका अन्य भागसँग पनि सहज यातायात पहुचका कारण भरतपुरमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल बनाउनु अत्यन्त बान्छनिय देखिन्छ। सन १९८८मा सोको अध्यान पनि भएको थियो जसमा तिन विकल्प छुट्टयाइएको थियो।

अध्यान सकिए पछि दुई र तिन नं.का विकल्पमा ध्यानै नदिइ मात्रै एक नं. विकल्पको आधार लिएर भरतपुरमा अन्तराष्ट्रिय विमानस्थल बनाउदा चितवन राष्ट्रिय निकुञ्जका जनवारलाई ध्वनी प्रदुषण हुने हल्ला फैलाई त्यसलाई कागजमा मात्र सिमित गरियो। जवकी दोस्रो र तेस्रो विकल्प अत्यन्त व्यवाहारिक थिए र पूर्व पश्चिम धावनमार्ग हुने भएकाले र दोस्रो विकल्पको हकमा नारायणी नदीको ढाढक्षेत्र (जुन बाकी चितवन भन्दा झण्डै ५० मिटर तल रहेको छ)मा बनाउदा ध्वनी अझ बढी घटने र नारायणी नदी जस्तो ठूलो जल श्रोतको छेउमा बनाउदा विमानस्थलमा हुने आगलागीमा समेत तुरून्त पानीको ठूलो श्रोत समेत उपलब्ध हुनसक्ने देखिन्छ। आम चितवन बासी तथा काठमाडौँ बाहिरका सबै नेपालीलाई अत्यन्त सहज हुने देखिन्छ। फेरी त्रिभुवन विमानस्थल सञ्चालन भै रहने भएकाले र भरतपुरको विमानस्थलबाट पनि राजधानी मात्र १४६ कि. मी.को दुरीमा मात्र रहेकाले त्यो विमानस्थलको अत्यन्त खांचो भैरहेको देखिन्छ। फेरी भरतपुर शहरको मुटुमा रहेको अर्बौ रूपिया पर्ने जग्गा भएको वर्तमान आन्तरिक विमानस्थल र मेघौली स्थित अर्को विमानस्थलको जग्गा विक्रिबाट नया विमानस्थलको ८० प्रतिशत पूर्वाधार बानउन अर्थ पनि जुटन सक्ने सहजै देखिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Bharatpur Airport", Civil Aviation Authority of Nepal, मूलबाट २८ सेप्टेम्बर २००७-मा सङ्ग्रहित। 
  2. Airport information for Bharatpur, Nepal (VNBP / BHR) at Great Circle Mapper.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]