मरिष्का पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मरिष्का पोखरेल
जन्म२ अगस्ट १९९६
चितवन, नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१४ - वर्तमान सम्म
उल्लेखनीय कार्य
लम्फू चलचित्रमा अभिनय,

मरिष्का पोखरेल (अङ्ग्रेजी: Mariska Pokharel) एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनको परिवारले उनलाई हिब्रू नाम 'मरिष्का' दिए जसको अर्थ मरमेड वा समुद्रकी देवी हो। के म तिम्रो होइन र नामक चलचित्रमा अभिनय गरे पश्चात् उनी नेपाली चलचित्रमा अभिनेत्रीका रूपमा अघि बढेकी थिइन् । साथै उनी एक नेपाली म्यूजीक क्षेत्रमा मोडलका रूपमा पनि छाइ रहेकी छिन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

लामो समय जापान मा बस्दै आएकी मरिष्काले त्यहाँ रहँदा आर्ट टिचरको रूपमा काम गर्ने गरेकी थीइन् । पछि आमाको स्वास्थ्यमा समस्या आएपछि नेपाल आएकी उनले बल्ल कलाकारिता पेशा अंगालेकी हुन् । [१]

फ्लिमी करियर[सम्पादन गर्नुहोस्]

मरिष्काले आफ्नो फ्लीमी करियरको सुरूवात के म तिम्रो होइन र नामक चलचित्रबाट डेब्यु गरेकि हुन् । भने उनको दोस्रो चलचित्र भने चपली हाईट २ रहेको थियो । उनलाई त्यतिबेला फ्लब चलचित्रकि चर्चित नायीकाका रूपमा चिनिएको थियो ।

साथै नेपाली चलचित्र क्षेत्रमै पहिलोपटक बनेको यौनकथामा आधारित चलचित्र मिस्टर भर्जिन मा समेत उनको भुमिका महत्त्वपूर्ण रहेको थियो ।

पोखरेल सन् २०१५ मा स्वरूपराज आचार्यको आज मन मा तिम्रोको म्युजिक भिडियोमा देखा परेकी थिइन् । त्यसयता उनले सन् २०१९ को मध्यसम्ममा दुई दर्जन नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। युट्युबमा उनका सबैभन्दा धेरै हेरिएका म्युजिक भिडियोहरूमा शिरफुल र सालको पात पर्छन्। विष्णु माझीको सालको पातले उनको प्रसिद्धि ल्यायो र उनले सबै उमेर समूहका दर्शकहरूको ध्यानाकर्षण गराइन्।[२]

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

मरिष्का पोखरेलले अभिनय गरेका चलचित्रहरू यस प्रकार छन्:-

वर्ष चलचित्रहरू भूमिका कैफियत
२०१६ के म तिम्रो होइन र श्रेया डेब्यु
चपली हाईट २ आकृति
२०१८ लम्फू आरती
पण्डित बाजेको लौरी जानकी
मिस्टर भर्जिन रोजी
साली कस्को भेनाको मनिसारा
२०२० यारा[३] हिन्दी चलचित्र
गाइड सारा
पूर्व पश्चिम सरु

सम्मान तथा अवार्डहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अहिलेसम्म डेट गएको अनुभव छैन– अभिनेत्री मरिष्का पोखरेल" (नेपालीमा), अन्तिम पहुँच बैशाख २१, २०७५ 
  2. "Team Saal Ko Paat Ko Tapari Celebrates Success Party Of The Song", OSNepal, अन्तिम पहुँच १३ मे २०२३ [dead link]
  3. "Yaara Movie: Showtimes, Review, Trailer, Posters, News & Videos", Timesofindia, अन्तिम पहुँच १३ मे २०२३