लालबन्दी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लालबन्दी नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासर्लाही जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयरमान बहादुर खडका
 • उप मेयरशान्ति कुमारी लामा
जनसङ्ख्या
 (बि.स.२०६८)[१]
 • जम्मा२७,८१२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६
वेबसाइटwww.laalbandimun.gov.np

लालबन्दी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३] लालबन्दी बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा लालबन्दी, जब्दीपत्थरकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[१] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा लालबन्दी पनि नगरपालिका बनेको हो ।[५] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[५]

परिचय[सम्पादन गर्नुहोस्]

लालबन्दी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो । पूर्व-पश्चिम महेन्द्र राजमार्गसंगै जोडिएको लालबन्दीमा उब्जनी योग्य जमीन, खान र सिचाईको लागि प्रसस्त पानी, विद्यार्थीको लागि प्रसस्त स्कूल र कलेज, फलफूल तथा तरकारी अन्य किसिमका उत्पादन लागि छुटै बजार, कल-कारखानाको लागि चाहिने वातावरण, ब्यपारको लागि बजार, रकम राख्नको लागि बैङ्कसहकारीको भण्डार भएको क्षेत्र र विकाशको लागि प्रचुर सम्भावना वोकेको ठाउँ हो । तामाङ, नेवार, मगर, क्षेत्री, वाहुन, दलित, मधेसीका साथै प्राय सवै धर्म मान्ने मानिसहरूको वसोवास रहेको छ । यो नेपालको सबै भन्दा बढी गोलभेडा पाइने ठाउँ पनि हो । सायद लालबन्दिको नाम यहाँ पाउने लाल गोलभेडा र बन्दागोभी को सुयुक्त नामले लालबन्दी नाम हुन गएको हो कि भन्ने धारणा पनि भेटिन्छ । यहाँ तरकारीहरू बढी उत्पादन हुने भएकोले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ । साथै धान, मकै, गहुँ तथा अन्य कृषिजन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ ।[६] लालबन्दी बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला यहाँ वित्तीय कारोबार गर्ने बैङ्क तथा सहकारीको दिन पर्तिदिन संख्या बढ्दै गइ राखेको छ । हालै लालबन्दीमा विभिन्न अस्पताल कल कारखाना थपिने क्रम पनि उलेखनीय रूपमा भै राखेकोले होला त्यसैले पनि लालबन्दीको जमीनको मूल्य आकासिदै गएको छ ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

लालबन्दी, जब्दीपत्थरकोट गाविसहरूलाई मिलाएर लालबन्दी नगरपालिका बनाइएको हो ।[२] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर लालबन्दी नगरपालिकाको जनसङ्ख्या २७,८१२ रहेको छ । लालबन्दी नगरपालिकामा ५,६८२ घरधुरि छन ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. २.० २.१ "जिल्ला विकास समिति, सर्लाही (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सर्लाही, http://www.ddcsarlahi.gov.np/app/webroot/index.php/content_pages/view/1556। 
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  4. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  5. ५.० ५.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ 
  6. "तरकारीखेतीले किसानको जीवनशैलीमा परिवर्तन" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]