सामग्रीमा जानुहोस्

लालबन्दी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लालबन्दी नगरपालिका
लालबन्दी नगरपालिका मा पर्दछ मधेश प्रदेश
लालबन्दी नगरपालिका
मधेश प्रदेशको नक्सामा लालबन्दी नगरपालिकाको अवस्थिति
लालबन्दी नगरपालिका मा पर्दछ नेपाल
लालबन्दी नगरपालिका
लालबन्दी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°०२′N ८५°३८′E / 27.04°N 85.63°E / 27.04; 85.63
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखवासुदेव अधिकारी (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखकल्‍पनामाया पाख्रीन (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा२३८.५ किमी (९२.१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६६,४१९
  घनत्व२८०/किमी (७२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
केन्द्रसाविक लालबन्दी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लालबन्दी नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो।[] लालबन्दी बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा लालबन्दी, जब्दीपत्थरकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा लालबन्दी पनि नगरपालिका बनेको हो।[]

लालबन्दी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो । पूर्व-पश्चिम महेन्द्र राजमार्गसंगै जोडिएको लालबन्दीमा उब्जनी योग्य जमीन, खान र सिचाईको लागि प्रसस्त पानी, विद्यार्थीको लागि प्रसस्त स्कूल र कलेज, फलफूल तथा तरकारी अन्य किसिमका उत्पादन लागि छुटै बजार, कल-कारखानाको लागि चाहिने वातावरण, ब्यपारको लागि बजार, रकम राख्नको लागि बैङ्कसहकारीको भण्डार भएको क्षेत्र र विकाशको लागि प्रचुर सम्भावना वोकेको ठाउँ हो । तामाङ, नेवार, मगर, क्षेत्री, वाहुन, दलित, मधेसीका साथै प्राय सवै धर्म मान्ने मानिसहरूको वसोवास रहेको छ । यो नेपालको सबै भन्दा बढी गोलभेडा पाइने ठाउँ पनि हो । सायद लालबन्दिको नाम यहाँ पाउने लाल गोलभेडा र बन्दागोभी को सुयुक्त नामले लालबन्दी नाम हुन गएको हो कि भन्ने धारणा पनि भेटिन्छ । यहाँ तरकारीहरू बढी उत्पादन हुने भएकोले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ । साथै धान, मकै, गहुँ तथा अन्य कृषिजन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ ।[] लालबन्दी बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला यहाँ वित्तीय कारोबार गर्ने बैङ्क तथा सहकारीको दिन पर्तिदिन संख्या बढ्दै गइ राखेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लालबन्दी नगरपालिकाको कुल जनसङ्ख्या ६६,४१९ रहेको छ भने यहाँ १४,८७३ घरधुरी रहेका छन्।[]

वडागत विवरण

[सम्पादन गर्नुहोस्]

लालबन्दी नगरपालिकाको वडा विभाजन, समावेश साविकका गाविसहरू, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

लालबन्दी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
नेत्रगञ्ज (६–९)४,९५१८.९१५५५.६७
नेत्रगञ्ज (१–५)६,८६७९.०६७५७.९५
जब्दी (१-४)२,८८४५.०२५७४.५०
जब्दी (५-७)२,९१२५.७४५०७.३२
जब्दी (८-९)५,०३७५.३८९३६.२५
लालबन्दी (४-५)३,९८४५.९१६७४.११
लालबन्दी (१)५,३८९०.५५९७९८.१८
लालबन्दी (२-३)३,११७१.६५१८८९.०९
लालबन्दी (८-९)३,३३११.४६२२८१.५१
१०लालबन्दी (६-७) र पत्थरकोट (८)२,७१९८.०९३३६.०९
११पत्थरकोट (५-७)३,५७८११.५६३०९.५२
१२पत्थरकोट (१,९)२,०५६७.८३२६२.५८
१३लालबन्दी (२-४)१,६९५१३.१३१२९.०९
१४नारायणखोला३,४५८५०.१४६८.९७
१५परवानीपुर (१, २, ७–९)४,३८८७७.२४५६.८१
१६परवानीपुर (३–६)४,०८८१३.०३३१३.७४
१७रानीगञ्ज५,९६५१३.७९४३२.५६
जम्मा६६,४१९२३८.४९२७८.५०

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
  4. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४[स्थायी मृत कडी]
  5. कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ अभिलेखिकरण २०१४-१०-२३ वेब्याक मेसिन
  6. "तरकारीखेतीले किसानको जीवनशैलीमा परिवर्तन" अभिलेखिकरण २०१५-०३-२१ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]