गौशाला नगरपालिका
गौशाला नगरपालिका | |
---|---|
![]() गौशालाको बयलहट्टामा लाग्ने हाटबजार | |
देश | ![]() |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | जनकपुर अञ्चल |
जिल्ला | महोत्तरी जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना बि.स.२०६८)[१] | |
• जम्मा | ३२,१११ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-४४ |
वेबसाइट | www.gaushalamun.gov.np |
गौशाला नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने महोत्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३] गौशाला बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा गौशाला, निगौली र रामनगर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[१] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गौशाला पनि नगरपालिका बनेको हो ।[५] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[५]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
गौशाला, निगौली र रामनगर गाविसहरूलाई मिलाएर गौशाला नगरपालिका बनाइएको हो ।[२] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर गौशाला नगरपालिकाको जनसङ्ख्या ३२,१११ रहेको छ । गौशाला नगरपालिकामा ५,७१८ घरधुरि छन ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ २.० २.१ "जिल्ला विकास समिति, महोत्तरी (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, महोत्तरी, http://www.ddcmahottari.gov.np/।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ ५.० ५.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |