सिद्धिचरण नगरपालिका
सिद्धिचरण नगरपालिका
ओखलढुङ्गा बजार (पुरानो नाम) Siddhicharan Municipality | |
---|---|
देश | ![]() |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | ओखलढुङ्गा |
सरकार | |
• मेयर | मोहन कुमार श्रेष्ठ |
• उप मेयर | इच्छा कुमारी गुरुङ |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | १६६९६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | www.siddhicharanmun.gov.np |
सिद्धिचरण नगरपालिका पूर्वी नेपालको सगरमाथा अञ्चलको ओखलढुङ्गा जिल्लामा पर्ने एउटा नगरपालिका हो । यो ओखलढुङ्गा जिल्लाको सदरमुकाम पनि हो । साबिक ओखलढुङ्गाको वडा नम्बर ७ रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा बर्नालू, ओखलढुङ्गा, ज्यामिरे,सल्लेरी, अँधेरी र रुम्जाटार गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा रंगेली पनि नगरपालिका बनेको हो तर यो हाल कार्यान्वयनमा आएको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।[१]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
बर्नालू,ओखलढुङ्गा,ज्यामिरे,सल्लेरी,अँधेरी र रुम्जाटार गाविसहरूलाई मिलाएर सिद्धिचरण नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर १६,६९६ रहेको छ ।[२]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।