सामग्रीमा जानुहोस्

चम्पादेवी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चम्पादेवी
चम्पादेवी गाउँपालिकाको वडा विभाजनको अवस्थिति
चम्पादेवी गाउँपालिकाको वडा विभाजन
चम्पादेवी मा पर्दछ कोशी प्रदेश
चम्पादेवी
चम्पादेवी
चम्पादेवी मा पर्दछ नेपाल
चम्पादेवी
चम्पादेवी
निर्देशाङ्क: २७°२६′N ८६°२२′E / 27.43°N 86.37°E / 27.43; 86.37
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा जिल्ला
वडा सङ्ख्या१०
स्थापना२७ फागुन २०७३
सरकार
  प्रकारगाउँ कार्यपालिका
  अध्यक्षनवराज केसी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षदिलामाया मगर (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१२६.९१ किमी (४९�०० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,३११
  घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
केन्द्रसाविक कालिका गाविसको कार्यालय
वेबसाइटchampadevimun.gov.np

चम्पादेवी गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पलापू, कालिका, फेदीगुठ, फूलबारी, रानीवनविलन्दू गाउँ विकास समितिलाई समेटी १० वटा वडामा विभाजित छ।[] यस गाउँपालिकाको क्षेत्रफल १२६.९१ वर्ग किलोमिटर रहेको छ ।[] यस गाउँपालिकाको केन्द्र कालिकादेवी गाविसको कार्यालयमा रहेको छ।[]

पूर्वमा सुनकोशी गाउँपालिका, पश्चिममा, लिखु गाउँपालिकारामेछाप जिल्ला, उत्तरमा लिखु, खिजीदेम्वामोलुङ गाउँपालिकालाई छुदै दक्षिण तर्फ सिन्धुली जिल्लासम्म फैलिएको छ । श्री चम्पादेवीको तीनतले, ककनी, सेरलुङ थिनल, फेन्दीछोक, टाँसी छोलिङ सोनामगुम्बा, सिद्धपोखरी,कवासे थुम्का, थामडाँडा, थामचुरी, थलारी डाँडा, डल्ली डाँडा, चमेरे गुफा, वनझाक्रीँ गुफा, इसाई गुफा, कार्जु दमार, मालिङ्गेडाडाँ, भिमलदुलो आदि यस क्षेत्रको पर्यटकीय सम्भावना रहेको क्षेत्र हो ।[] यस गाउँपालिकाभएर बग्ने सबैभन्दा ठूला नदीहरूमा सुनकोशी, लिखुशेरा खोला पर्दछन भने साना मध्येका पत्ताले खोला, फेदीखोला, सिम्ले खोला, कालो खोला, घ्याङले खोला, पात्ले खोला लगायतका खोला गाउँपालिकाका प्राकृतिक जल सम्पदा हुन्।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चम्पादेवी गाउँपालिकाको कुल जनसङ्ख्या १६,३११ रहेको छ भने यहाँ ४,०३४ घरधुरी रहेका छन्।[]

लिखु गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पलापू (१–५)२,१६३१४.३८१५०.४२
पलापू (६–९)२,४४५२०.४६११९.५०
कालिकादेवी (१–३, ५–९)१,५०९१७.२३८७.५८
फेदीगुठ (१–३, ९)१,७४६११.४९१५१.९६
फेदीगुठ (४–८)१,४१०८.२४१७१.१२
फूलबारी (१–६)२,०१८८.८९२२७.००
फूलबारी (७–९) र कालिकादेवी (४)१,२४६१०.८५११४.८४
विलन्दू (१–५)१,१५१९.८८११६.५०
विलन्दू (६–९)१,०९२१३.१८८२.८५
१०रानीवन (१–९)१,५३११२.३११२४.३७
जम्मा१६,३१११२६.९११२८.५२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  6. "सात प्रदेशको नयाँ नेपाल", अनलाइन खबर, अन्तिम पहुँच २०७१ माघ ५
  7. "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२० अभिलेखिकरण २०१९-०२-१४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]