खिजीदेम्वा गाउँपालिका
खिजीदेम्वा
Khijidemba | |
---|---|
![]() खिजीदेम्वा गाउँपालिकाको वडा विभाजन | |
देश | ![]() |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ओखलढुंगा जिल्ला |
वडा संख्या | ९ |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | गाउँ कार्यपालिका |
• प्रमुख | गम्बु शेर्पा (जनता समाजवादी पार्टी) |
• उपप्रमुख | सुशिला तामाङ (नेपाली काँग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १७९.७७ किमी२ (६९.४१ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १५२९१ |
• घनत्व | ८५/किमी२ (२२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३७ |
कार्यालय | खिजिफलाटे |
वेबसाइट | www |
कोशी प्रदेशको पश्चिमी क्षेत्रको पहाडी जिल्ला ओखलढुङ्गामा अवस्थित खिजीदेम्वा गाउँपालिकाको सिमाना पूर्वमा मोलुङ्ग गाउँपालिका र सोलुखुम्बु जिल्ला, पश्चिममा रामेछाप जिल्ला, उत्तरमा सोलुखुम्बु जिल्ला र दक्षिणमा लिखु र मोलुङ्ग गाउँपालिका रहेको छ ।[१] यस गाउँपालिकाको क्षेत्रफल १७९.७७ वर्ग किलोमिटर रहेको छ ।[२] यस गाउँपालिकाको मुख्यकार्यालय ५ नंम्बर वडाको खिजिफलाटे भन्ने ठाउँमा रहेको छ । यस गाउँपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ ।[३]
२०६८ सालको राष्ट्रिय जनगणना अनुसार १५२९१ जनसंख्या रहेको खिजीदेम्वा गाउँपालिकामा क्षेत्री, ब्राह्मण, तामाङ, नेवार, शेर्पा, सुनुवार आदि जातजातिहरूको बाहुल्यता रहेको छ ।[४] यस क्षेत्रमाअन्य ३५ भन्दा वढी जातजातिको वसोवास गर्दछन् । यस क्षेत्रमा बोलिने मुख्य भाषाहरूमा नेपाली, शेर्पा र सुनुवार पर्दछन् । अन्य २५ भन्दा बढी भाषाहरु बोल्ने मानिसहरु यस क्षेत्रमा रहेको छन् । हिन्दु र बौद्ध यहाँको मुख्यधर्म हो । इस्लाम, किराँत, जैन, क्रिश्चियन, बोन र प्रकृतिधर्म मान्ने जनसंख्या पनि उल्लेख्य मात्रामा रहेको छ ।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति