सामग्रीमा जानुहोस्

मानेभञ्ज्याङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मानेभञ्ज्याङ गाउँपालिका
मानेभञ्ज्याङ गाउँपालिकाको वडा विभाजन
मानेभञ्ज्याङ गाउँपालिकाको वडा विभाजन
मानेभञ्ज्याङ गाउँपालिका को कोशी प्रदेश मा अवस्थिति
मानेभञ्ज्याङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा मानेभञ्ज्याङ गाउँपालिकाको अवस्थिति
मानेभञ्ज्याङ गाउँपालिका को नेपाल मा अवस्थिति
मानेभञ्ज्याङ गाउँपालिका
मानेभञ्ज्याङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२६′N ८६°२२′E / 27.43°N 86.37°E / 27.43; 86.37
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षज्ञानेन्द्र रुम्दाली (स्वतन्त्र )
  उपाध्यक्षआश्राचन राई (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१४६.६१ किमी (५६.६१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१९,५९७
  घनत्व१३०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
केन्द्रसाविक मानेभञ्ज्याङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका मोली, बाक्सा, उँवू, केतुके, मानेभञ्ज्याङ ,थाक्ले, टोक्सेलमाधवपुर गाविसहरू यसमा गाभिएका थिए।

यो गाउँपालिका १४६ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र वडा नं. ५ मानेभञ्ज्याङ्गमा रहेको छ ।[][][]

यस गाउँपालिकाको सिमाना पूर्वमा खोटाङ जिल्ला, पश्चिममा सुनकोशी गाउँपालिका, उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुरखोटाङ जिल्ला रहेको छ भने गाउँपालिकाको कूल जनसंख्या २१ हजार ८२ जना रहेको छ। आठ वटा साविकका गाविस मिलाएर बनेको गाउँपालिका वडा नं. १ मोली, वडा नं. २ वाक्सा, वडा नं. ३ उवुँ, वडा नं. ४ केतुके, वडा नं. ५ मानेभञ्ज्याङ, वडा नं. ६ थाक्ले, वडा नं. ७ टोक्सेल, वडा नं. ८ राघवपुर र वडा नं. ९ माधवपुर रहेका छन्।[]

जिल्लाको नगरपालिकापछि विकासको दृष्टिकोणले हेर्दा यो गाउँपालिका अग्र देखिन्छ। हाल यहाँ २ उमावि र क्याम्पस, ८ स्वास्थ्यचौकी, १ कृषि सेवा केन्द्र, १ पशु सेवा केन्द्र, १ इलाका बन र रेन्जपोष्ट, २५ किलोमिटर कालोपत्रे र १२४ किलोमिटर ग्राभेल रहेको छ। यस गाउँपालिकाभित्र राई, तामाङ्ग, मगर, क्षेत्री, ब्राह्मण, नेवार, कामी, दमाई, सार्की, माझी, भुजेल लगायत जातजाति भाषा–भाषीको बसोबास रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मानेभञ्ज्याङ गाउँपालिकाको कुल जनसङ्ख्या १९,५९७ रहेको छ भने यहाँ ४,७८५ घरधुरी रहेका छन्।[]

मानेभञ्ज्याङ गाउँपालिकाको अद्यावधिक वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मोली१,६४०१६.८९७.६२
बाक्सा२,०३४१३.१२१५५.०३
उँवू२,६४९१८.५११४३.११
केतुके२,८१९२१.०४१३३.९८
मानेभञ्ज्याङ३,०१२१७.१९१७५.२२
थाक्ले२,७१४१७.७१५३.३३
टोक्सेल (१–४)१,६९०१५.६१०८.३३
टोक्सेल (५–९)१,०१९१०.२४९९.५१
माधवपुर२,०२०१६.४१२३.१७
जम्मा१९,५९७१४६.६१३३.६८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  6. "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२० अभिलेखिकरण २०१९-०२-१४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]