मानेभञ्ज्याङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मानेभञ्ज्याङ
Manebhanjyang
मानेभञ्ज्याङ गाउँपालिकाको वडा विभाजनको अवस्थिति
मानेभञ्ज्याङ गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुंगा जिल्ला
वडा संख्या
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारगाउँ कार्यपालिका
 • अध्यक्षज्ञानेन्द्र रुम्दालि(नेपाली काँग्रेस)
 • उपाध्यक्षआश्रचन राई (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा१४६.६१ किमी (५६.६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१०८२
 • घनत्व१४०/किमी (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
कार्यालयवडा नं. ५ मानेभञ्ज्याङ्ग
वेबसाइटmanebhanjyangmun.gov.np

ओखलढुङ्गा जिल्लामा एक नगरपालिका र सात गाउँपालिका मध्ये मानेभञ्ज्याङ्ग गाउँपालिका पनि एक हो । यो गाउँपालिका १४६ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र वडा नं. ५ मानेभञ्ज्याङ्गमा रहेको छ ।[१][२][३]

यस गाउँपालिकाको सिमाना पूर्वमा खोटाङ जिल्ला, पश्चिममा सुनकोशी गाउँपालिका, उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुरखोटाङ जिल्ला रहेको छ भने गाउँपालिकाको कूल जनसंख्या २१ हजार ८२ जना रहेको छ । जसमध्ये महिलाको जनसंख्या ११ हजार ४ सय ७६ रहेको छ । कूल घरसंख्या ४ हजार ६ सय १८ रहेका छन् । आठ वटा साविकका गाविस मिलाएर बनेको गाउँपालिका वडा नं. १ मोली, वडा नं. २ वाक्सा, वडा नं. ३ उवुँ, वडा नं. ४ केतुके, वडा नं. ५ मानेभञ्ज्याङ्ग, वडा नं. ६ थाक्ले, वडा नं. ७ टोक्सेल, वडा नं. ८ राघवपुर र वडा नं. ९ माधवपुर रहेका छन् ।[४]

जिल्लाको नगरपालिकापछि विकासको दृष्टिकोणले हेर्दा यो गाउँपालिका अग्र देखिन्छ । हालयहाँ २ उमावि र क्याम्पस, ८ स्वास्थ्यचौकी, १ कृषि सेवा केन्द्र, १ पशु सेवा केन्द्र, १ इलाका बन र रेन्जपोष्ट, २५ किलोमिटर कालोपत्रे र १२४ किलोमिटर ग्राभेल रहेको छ । यस गाउँपालिकाभित्र राई, तामाङ्ग, मगर, क्षेत्री, बाहुन, नेवार, कामी, दमाई, सार्की, माझी, भुजेल लगायत जातजाति भाषा–भाषीको बसोबास रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]