चम्पादेवी गाउँपालिका
चम्पादेवी | |
---|---|
निर्देशाङ्क: २७°२६′N ८६°२२′E / २७.४३°N ८६.३७°Eनिर्देशाङ्कहरू: २७°२६′N ८६°२२′E / २७.४३°N ८६.३७°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | ओखलढुङ्गा जिल्ला |
वडा सङ्ख्या | १० |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | गाउँ कार्यपालिका |
• अध्यक्ष | नवराज केसी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | दिलामाया मगर (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १२६.९१ किमी२ (४९�०० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १६,३११ |
• घनत्व | १३०/किमी२ (३३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३७ |
कार्यालय | कालिका |
वेबसाइट | champadevimun |
चम्पादेवी गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पलापू, कालिका, फेदीगुठ, फूलबारी, रानीवन र विलन्दू गाउँ विकास समितिलाई समेटी १० वटा वडामा विभाजित छ।[४] यस गाउँपालिकाको क्षेत्रफल १२६.९१ वर्ग किलोमिटर रहेको छ ।[३] यस गाउँपालिकाको मुख्यकार्यालय कालिकामा रहेको छ ।[५]
पूर्वमा सुनकोशी गाउँपालिका, पश्चिममा, लिखु गाउँपालिका र रामेछाप जिल्ला, उत्तरमा लिखु, खिजीदेम्वा र मोलुङ गाउँपालिकालाई छुदै दक्षिण तर्फ सिन्धुली जिल्लासम्म फैलिएको छ । श्री चम्पादेवीको तीनतले, ककनी, सेरलुङ थिनल, फेन्दीछोक, टाँसी छोलिङ सोनामगुम्बा, सिद्धपोखरी,कवासे थुम्का, थामडाँडा, थामचुरी, थलारी डाँडा, डल्ली डाँडा, चमेरे गुफा, वनझाक्रीँ गुफा, इसाई गुफा, कार्जु दमार, मालिङ्गेडाडाँ, भिमलदुलो आदि यस क्षेत्रको पर्यटकीय सम्भावना रहेको क्षेत्र हो ।[६] यस गाउँपालिकाभएर बग्ने सबैभन्दा ठूला नदीहरूमा सुनकोशी, लिखु र शेरा खोला पर्दछन भने साना मध्येका पत्ताले खोला, फेदीखोला, सिम्ले खोला, कालो खोला, घ्याङले खोला, पात्ले खोला लगायतका खोला गाउँपालिकाका प्राकृतिक जल सम्पदा हुन्।[७]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चम्पादेवी गाउँपालिकाको कुल जनसङ्ख्या १६,३११ रहेको छ भने यहाँ ४,०३४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाइन खबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (स्थानीय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, मार्च २०२०, अन्तिम पहुँच मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला विकास समितिको कार्यालय, ओखलढुङ्गा वेब्याक मेसिन अभिलेखिकरण २०२४-०५-१८ मिति