गढिमाई नगरपालिका
गढिमाई नगरपालिका
Gadhimai Municipality | |
---|---|
नगरपालिका | |
![]() गढिमाई नगरपालिका | |
देश | ![]() |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | बारा जिल्ला |
स्थापना | बि.स.२०७१ जेष्ठ ४ |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | ८३३६७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
मध्य नेपालको बारा जिल्लामा रहेको गढिमाई नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । जितपुर बजार रहेको ठाँउलाईको केन्द्र बनाइएको छ ।[१]यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा पिपरा सिमरा,जितपुर,छातापिपरा,फत्तेपुर र डुमरवाना गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गढिमाई पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
पिपरा सिमरा,जितपुर,छातापिपरा,फत्तेपुर र डुमरवाना गाविसहरूलाई मिलाएर गढिमाई नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ८३,३६७ रहेको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।