कञ्चनरूप नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कञ्चनरूप
Kanchan Roop
नगरपालिका
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
नगरपालिका घोषितवि.सं. २०७१ वैशाख २५
सरकार
 • मेयरबसन्त कुमार (नेकपा एमाले)
 • उप-मेयरनीरू पोखरेल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१४३.३३ किमी (५५.३४ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा३५८९८
 • घनत्व२५०/किमी (६५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttp://www.kanchanrupmun.gov.np/

कञ्चनरूप नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक नगरपालिका हो ।[१] नेपाल सरकारले वि. सं. २०७१ वैशाख २५ गते ७२ वटा नयाँ नगरपालिका थप गर्दा कञ्चनरूपलाई पनि नगरपालिका घोषित गरेको हो । कञ्चनरूपलाई नगरपालिका घोषित गर्दा सप्तरीका बरमझीया, बदगामा, ठेलिया, जगतपुर, कञ्चनपुर, पिप्रापूर्व, रुपनगर, धरमपुरघोघनपुर गाविसलाई समेटेको छ ।[२][३][४]

नेपालमा वि.सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा कञ्चनरूप नगरपालिकालाई यथावतै राखेर यसमा वैरवाबकधुवा गाउँ विकास समितिहरूलाई समेटेको हो ।[५] यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ३५,२३८ रहेको छ । यसको क्षेत्रफल ११७.३५ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको कञ्चनरूप नगरपालिकाको कार्यालयमा राखिएको छ ।[६]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११ को जनगणना अनुसार कञ्चनरूप नगरपालिकाको जनसङ्ख्या ३५,२३८ रहेको छ।[७]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१ [dead link]
  2. "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  3. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  5. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  6. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  7. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९,२००७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]