राजगढ गाउँपालिका
राजगढ गाउँपालिका | |
---|---|
देश | ![]() |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सप्तरी |
गाउँपालिका घोषित | वि.सं. २०७३ |
सरकार | |
• अध्यक्ष | ओमप्रकाश मण्डल |
• उपाध्यक्ष | रेणुदेवी मण्डल |
क्षेत्रफल | |
• जम्मा | ४७.९१ किमी२ (१८.५० वर्ग माइल) |
जनसङ्ख्या (वि.सं. २०६८) | |
• जम्मा | २९४५९ |
• घनत्व | ६१०/किमी२ (१६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०३१ |
वेबसाइट | https://rajgadhmun.gov.np/ |
राजगढ़ गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा राजगढ़लाई गाउँपालिका घोषित गरेको हो ।[२] राजगढ गाउँपालिका घोषित गर्दा सप्तरीका साविक झुट्की, बनैनिया, नर्गो, बेल्ही चपेना, फकिरा र मलेकपुर (१-४)[३] गा.वि.स. लाई समेटेको छ ।[४][५][६]
यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २९,४५९ रहेको छ । यसको क्षेत्रफल ४७.९१ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र नर्घो कार्यालयमा राखिएको छ ।[७]
यस गाउँपालिकाको सिमाना पूर्वमा छिन्मस्ता र विष्णुपुर गाउँपालिका पश्चिममा डाकनेस्वरी गाउँपालिका उत्तरमा रुपनी गाउँपालिका र दक्षीणमा बिहार (भारत) रहेको छ |[८]
यस पालिकाका अध्यक्ष ओमप्रकाश मण्डल[९] र उपाध्यक्ष रेणुदेवी मण्डल हुन् ।[१०]
वार्ड नं. १ अन्तर्गत साविकको झुटकी गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा उपेन्द्र नारायण यादव (वडा अध्यक्ष) र सदस्यहरुमा उपेन्द्र मुखिया,लक्ष्मण मण्डल,शिमलादेवी मण्डल र सतनीदेवी राम रहेका छन् ।[११]
वार्ड नं. २ अन्तर्गत साविकको बनैनियाँ गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा जीतेन्द्रकुमार यादव (वडा अध्यक्ष) र सदस्यहरुमा घुरन यादव, निर्मलादेवी मलाह, बतुल कुमारी खातुन र सुमित्रादेवी खंग रहेका छन् ।[१२]
वार्ड नं. ३ अन्तर्गत साविकको नर्घो गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा बासुदेवी यादवनी (वडा अध्यक्ष) र सदस्यहरुमा रामपुकार साह, रामगुलाम मण्डल, बासो धानुक र जीबछीदेवी मोची रहेका छन । [१३]
वार्ड नं.४ अन्तर्गत साविकको बेलही चपेना गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा अशोककुमार साह (वडा अध्यक्ष) र सदस्यहरुमा उपेन्द्र मुखिया, लक्ष्मण मण्डल, मजादेवी मण्डल र जगदम्वादेवी सदा रहेका छन् । [१४]
वार्ड नं. ५ अन्तर्गत साविकको मलेकपुर गाउँविकास समिति पर्छ । यस वडाका जनप्रतिनिधिहरुमा दुःखीलाल भन्ने देवेन्द्र साह (वडा अध्यक्ष) र सदस्यहरुमा राजेन्द्र सुतिहार, हरी मण्डल, लगनीकुमारी सदा र पुनमकुमारी राम रहेका छन् ।[१५]
यस गाउँपालिका अन्तर्गत वार्ड नं. ६ मा फकिरा[१६], कुरनमा, बरदाही, इनर्वा,जगाई टोल पर्दछ ।[१७] राजगढ गाउँपालिकाको पुर्व दक्षिण भूभागमा यो वार्ड अवस्थित छ । यस वडाको कुल जनसंख्या ३३८४ र क्षेत्रफल ९.७९ वर्गकिलोमिटर रहेको छ । यस वडाका जन प्रतिनिधिहरुमा महमद ताहिर मंसुरी (वडा अध्यक्ष), उपेन्द्र झा (वडा सदस्य), सुदेश्वर सुतिहार (वडा सदस्य), फूलोदेवी मंडल (महिला सदस्य), दशनीदेवी खंग (दलित महिला सदस्य) हुन् । [१८]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २०११ को जनगणना अनुसार राजगढ़ गाउँपालिकाको जनसङ्ख्या २९,४५९ रहेको छ।[१९]
प्रसिद्ध स्थलहरु[सम्पादन गर्नुहोस्]
१. श्री रामजानकी मन्दिर (फुदाई मररका सन्तानहरुद्वारा निर्मित), (बाबा अखडा, फकिरा ) ।
२.श्री महादेव मन्दिर (खंग टोली, फकिरा ) ।
३.हिन्दू–मुस्लिमको ऐतिहासिक संगम स्थल (दिहबारबाबा–कबरगाह स्थल, पुरनी पोखरी, फकिरा ) ।
४.प्राचिन ईदगाह (धोबियाही, फकिरा ) ।
५.राजगढ गढी (नर्घो, झहुरा चोक) ।
६.श्रीकृष्ण मन्दिर (नर्घो) ।
७.चन्द्रावती पोखरी (झुटकी) ।
८.ऐतिहासिक दह (बनैनियाँ) ।
९.श्रीभगवती मन्दिर (बनैनियाँ) ।
१०.श्रीमहावीर थान (कमलपुर)
११.श्रीबजरंग बली मन्दिर (चपेना)
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१।[dead link]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "राजगढ़ गाउँपालिका | मधेश प्रदेश, नेपाल सरकार "अपन गाम, सुन्दर ठाम"", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६।
- ↑ "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६।
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
- ↑ "राजगढ़ गाउँपालिका | मधेश प्रदेश, नेपाल सरकार "अपन गाम, सुन्दर ठाम"", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "सप्तरीको राजगढको अध्यक्षमा एमाले, उपाध्यक्षमा जसपा विजयी", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "जन प्रतिनिधि | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "वडा नं. १ झुटकी | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "वडा नं. १ झुटकी | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "वडा नं. ३ नर्घो | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "वडा नं. ४ वेल्ही चपेना | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "वडा नं. ५ मलेकपुर | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "घोरदह र मुतनीको पुल निर्माणमा ढिलाइ", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "वडा नं. ६ फकिरा | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "वडा नं. ६ फकिरा | राजगढ़ गाउँपालिका", rajgadhmun.gov.np, अन्तिम पहुँच २०२३-०३-०१।
- ↑ "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९,२००७। वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति