सामग्रीमा जानुहोस्

सुरुङ्गा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुरुङ्गा
नगरपालिका
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
नगरपालिका घोषितवि.सं. २०७३ वैशाख २५
सरकार
 • नगर प्रमुखमुक्तिनाथ चौधरी
 • नगर उप-प्रमुखबिन्दा कुमारी पासमान
क्षेत्रफल
 • जम्मा१०७.०३ किमी (४१.३२ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा४४,२२१
 • घनत्व४१०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttp://www.surungamun.gov.np/

सुरुङ्गा नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक नगरपालिका हो ।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दानयाँ नगरपालिका थप गर्दा सुरुङ्गालाई पनि नगरपालिका घोषित गरेको हो ।[२] यस नगरपालिका घोषित गर्दा सप्तरीका साविक पिप्रा, हर्दिया, दौलतपुर, मधुपट्टी, कुशाहा, हरिपुर, मलहनमा, टिकुलिया, पटेर्वामलहनिया गा.वि.स. गाविसलाई समेटेको छ ।[३] यस न.पा. क्षेत्र भित्र अवस्थित ऐतिहासिक सुरुङ्गा पहाडको नाममा यो नगरपालिकाको नामाकरण भएको छ |[४][५]

यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ४४,२२१ रहेको छ । यसको क्षेत्रफल १०७.०३ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र दौलतपुरमा राखिएको छ ।[६]

नेपालको सन् २०११ को जनगणना अनुसार सुरुङ्गा नगरपालिकाको जनसङ्ख्या ४४,२२१ रहेको छ।[७]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१ [स्थायी मृत कडी]
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  4. "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६ 
  5. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  6. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  7. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९,२००७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]