शम्भुनाथ नगरपालिका
https://result.election.gov.np/LocalElectionResult2079.aspx#election-chart-result
शम्भुनाथ
Shambhunath | |
---|---|
नगरपालिका | |
देश | ![]() |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सप्तरी |
नगरपालिका घोषित | वि.सं. २०७१ वैशाख २५ |
सरकार | |
• मेयर | जितेन्द्र प्रसाद गुप्ता (एकिकृत समाजवारी पार्टी नेपाल)[१] |
• उप-मेयर | अनिता कुमारी चौधरी (एकिकृत समाजवारी पार्टी नेपाल) |
क्षेत्रफल | |
• जम्मा | ९९.९९ किमी२ (३८.६१ वर्ग माइल) |
जनसङ्ख्या (वि.सं. २०६८) | |
• जम्मा | ३३०१२ |
• घनत्व | ३३०/किमी२ (८६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०३१ |
वेबसाइट | www.shambhunathmun.gov.np |
शम्भुनाथ नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक नगरपालिका हो ।[२] नेपाल सरकारले वि. सं. २०७१ वैशाख २५ गते ७२ वटा नयाँ नगरपालिका थप गर्दा शम्भुनाथलाई पनि नगरपालिका घोषित गरेको हो । शम्भुनाथलाई नगरपालिका घोषित गर्दा सप्तरीका खोक्सरप्रवाहा, मोहनपुर, शम्भुनाथ, भंगाहा, बसबलपुर र रामपुर जमुवा गाविसलाई समेटेको छ ।[३][४][५]
नेपालमा वि.सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा शम्भुनाथ नगरपालिकालाई यथावतै राखेको छ ।[६] यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ३३,०१२ रहेको छ । यसको क्षेत्रफल ९९.९९ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको शम्भुनाथ नगरपालिकाको कार्यालयमा राखिएको छ ।[७] त्यसै गरी वि.सं. २०७४ सालमे सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७५३ स्थानीय तह लागू गर्ने बेलामा डाक्नेश्वरी नगरपालिकाको वडा नं. ११ (साविक अर्नाहा गा.वि.स.) लाई समेत यसै शम्भुनाथ नगरपालिकामा गाभि १२ वटा वडा रहेको छ । तत् पश्चात यस शम्भुनाथ नगरपालिकाको कुल क्षेत्रफल १०८.७१ वर्गकिलोमिटर रहियो भने कूल जनसङ्ख्या ३८,०१८ (२०७८ को जनसंख्या बिवरण आउन बाँकी) रहेको छ ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २०२१ को जनगणना अनुसार शम्भुनाथ नगरपालिकाको जनसङ्ख्या ३९,४२३ (प्रारम्भिक जनसंख्या २०७८) रहेको छ।[८]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "Local Elections 2074 - Election Results Overview - Saptari - Shambhunath" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१०-२६।
- ↑ "सप्तरी जिल्लाका दुई नयाँ नगरपालिका", अन्तिम पहुँच बैशाख २६,२०७१।
- ↑ "७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६।
- ↑ "नेपाल राजपत्रमा प्रकाशित ७२ नयां नगरपालिकाहरूको नाम, केन्द्र तथा वडा विभाजन", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, २०७२ वैशाख २५, अन्तिम पहुँच २०१७ अक्टोबर २६।
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१०-२६।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
- ↑ "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९,२००७।