तुलसीपुर उपमहानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
तुलसीपुर
तुलसीपुर is located in लुम्बिनी प्रदेश
तुलसीपुर
तुलसीपुर
नक्सामा तुलसीपुरको अवस्थिति
तुलसीपुर is located in नेपाल
तुलसीपुर
तुलसीपुर
तुलसीपुर (नेपाल)
निर्देशाङ्क: २८°०७′४०″उ॰ ०८२°१७′४४″पू॰ / २८.१२७७८°N ८२.२९५५६°E / 28.12778; 82.29556निर्देशाङ्कहरू: २८°०७′४०″उ॰ ०८२°१७′४४″पू॰ / २८.१२७७८°N ८२.२९५५६°E / 28.12778; 82.29556
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला
नगरपालिकावि.सं. २०४८ चैत्र ३०[२]
सम्मिलित (गाविस)तुलसीपुर र अमृतपुर
सम्मिलित (गाविस)उरहरी, टरिगाँउहलवार
सम्मिलित मितिवि.सं. २०७१ पुस २८[३]
उपमहानगरपालिकावि.सं. २०७३ फाल्गुण २७[४]
सम्मिलित (गाविस)मानपुर, बिजौरी, डुरुवा, फुलबारीपवननगर
सरकार
 • नगरप्रमुखघनश्याम पाण्डे (नेकपा एमाले)
 • उप मेयरमाया शर्मा (नेकपा एमाले)
क्षेत्रफल
 • जम्मा३८४.६३ किमी (१४८.५१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१,४१,५२८[१]
 • क्रम११औँ (नेपाल)
दोस्रो (लुम्बिनी प्रदेश)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाकी सङ्केत
२२४१२
क्षेत्रीय सङ्केत(हरू)०८२
वेबसाइटtulsipurmun.gov.np

तुलसीपुर नेपालको लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको एक उपमहानगरपालिका हो। यो तीव्र गतिमा विकसित हुँदै गइरहेको एक व्यापारिक सहर हो। यो नगर नेपालको राजधानी काठमाडौँदेखि ४३० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ।[५] भौगोलिक विस्तारको कारण यो उपमहानगरपालिका महाभारत पर्वत शृङ्खलादेखि दक्षिणमा चुरे क्षेत्रसम्म फैलिएर रहेको छ। दाङ जिल्लाको तत्कालिन तुलसीपुर र अमृतपुर गाउँ विकास समितिका सम्पूर्ण वडालाई समेटेर वि.सं. २०४८ चैत्र ३० गते यसलाई नगरपालिका घोषणा गरिएको थियो।[२]

वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार तत्कालीन उरहरी, टरिगाँउहलवार गाउँ विकास समितिहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[३]यसै प्रकार सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै तुलसीपुरलाई वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो। तुलसीपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन मानपुर, बिजौरी, डुरुवा, फुलबारीपवननगर गाउँ विकास समितिलाई समावेश गरिएको थियो।[४]

नामकरण[सम्पादन गर्ने]

ऐतिहासिक पृष्ठभूमि रहेको यस क्षेत्रमा भारतको तुलसीपुरबाट आएको राजाले राज्य गरेको र उनै तुलसीपुरे राजाको कारणले गर्दा यस स्थानको नाम पनि 'तुलसीपुर' भएको अनुमान गरिएको छ।[६][७]

इतिहास[सम्पादन गर्ने]

भारतको अवधको सबैभन्दा ठूलो तालुकमा तुलसीपुरका राजाहरूले शासन गरेका थिए, जसमा वर्तमान दाङ र देउखुरी उपत्यकाहरू समावेश रहेका थिए।[६] तसर्थ, यसलाई बाइसे राज्यमध्ये एकको रूपमा पनि गणना गरियो[८], जुन पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि पश्चिम नेपाल बनेको हो। सुकौराकोट (बबई नदीको उत्तरी किनारमा)को थारु सभ्यता सबैभन्दा पुरानो मानव सभ्यता हो जुन यस समुदायका मानिसहरूको पूर्वतिर बसाइँसराइसँगै देशको पूर्वी भागसम्म विस्तार भएको हो।[९][१०][११]

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार तुलसीपुरको जनसङ्ख्या १,४१,५२८ रहेको छ भने कुल ३४,९७८ घरधुरी रहेका छन्। यस नगरमा मुख्यतया ब्राह्मण, क्षेत्री, थारु रहेका छन्। यसका साथै यहाँ नेवार, मगर, विश्वकर्मा, राई, लिम्बु लगायतका जातजाती बसोबास गर्छन्।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, वि.सं. २०७२ मङ्सिर २४, अन्तिम पहुँच वि.सं. २०७८ माघ २८ 
  2. २.० २.१ "नगरपालिकाको क्षेत्र तोकेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४८ चैत्र ३०, पृ: १२, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १२ 
  3. ३.० ३.१ "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७१ पुस २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ७ 
  4. ४.० ४.१ "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  5. ५.० ५.१ "तुलसीपुर उपमहानगरपालिका परिचय" (नेपालीमा), तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर नगर कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १५ 
  6. ६.० ६.१ वि.सं. २०७५ बैशाख, "तुलसीपुर बजारको नाम कसरी ‘तुलसीपुर’ रह्यो ?", तुलसीपुर अनलाइन (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १५ 
  7. वि.सं. २०७६ असोज, "यसरी रह्यो ‘तुलसीपुर’ को नाम", तुलसीपुर अनलाइन (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १५ 
  8. "यस्ताे छ बाईसे राज्यका दरबारहरुकाे वर्तमान अवस्था", देश दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२७ 
  9. "दाङ पर्यटनको गन्तव्य ...", ई प्रदेश (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२७ 
  10. "नयाँ युगबोध राष्ट्रिय दैनिक", नयाँयुगबोध (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२७ 
  11. "अट्वारी पर्वमा दाङको दंगीशरणले दियो सार्वजनिक बिदा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]