सामग्रीमा जानुहोस्

गढवा गाउँपालिका

गढवा गाउँपालिका
गढवा गाउँपालिका दाङ जिल्ला-को अवस्थिति
गढवा गाउँपालिका
गढवा गाउँपालिका लुम्बिनी प्रदेश-को अवस्थिति
गढवा गाउँपालिका
गढवा गाउँपालिका नेपाल-को अवस्थिति
गढवा गाउँपालिका
निर्देशाङ्क: २८°०५′४७″ उत्तर ८२°१२′१९″ पूर्व / २८.०९६४८८° उत्तर ८२.२०५२११° पूर्व / 28.096488; 82.205211
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षयमनारायण शर्मा पोख्रेल (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षशारदाकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३५८.५७ किमी२ (१३८.४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४५,८९८
 • घनत्व१३०/किमी२ (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८२
केन्द्रसाविक गढवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गढवा गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गढवा, कोइलाबास, गङ्गापरस्पुर र गोबरडिहा गाविसहरू यसमा गाभिएका थिए।

समुद्र सतहबाट १९५ मिटर देखि ८८५ मिटरको उचाई सम्म भु-भाग रहेको र ३५८.५७ बर्ग किलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा अर्घाखाँची र कपिलवस्तु जिल्ला, पश्चिममा राजपुर गाउँपालिका, उत्तरमा लमही नगरपालिका र राप्ती गाउँपालिका छन् भने दक्षिणमा भारत रहेको छ। यस गाउँपालिकालाई ८ वटा वार्डहरूमा बिभाजन गरिएको छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गढवा गाउँपालिकाको कुल जनसङ्ख्या ४५,८९८ रहेको छ भने यहाँ ९,९६४ घरधुरी रहेका छन्।[२]

गढवा गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१गोबरडिहा (१-३)७,५६१५८.४११२९.४५
२गोबरडिहा (४-६)५,५९६६४.४८८६.७९
३गोबरडिहा (७-९)५,०४९३७.५९१३४.३२
४गङ्गापरस्पुर (१-३, ५)५,९८३२१.००२८४.९०
५गङ्गापरस्पुर (४, ६-९)६,९०१३५.७४१९३.०९
६गढवा (१-५)७,८४७६४.०११२२.५९
७गढवा (६-९)६,१११२०.३३३००.५९
८कोइलाबास८५०५७.०११४.९१
कुल४५,८९८३५८.५७१२८.००

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]