गढवा गाउँपालिका
स्वरूप
गढवा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°०५′४७″N ८२°१२′१९″E / २८.०९६४८८°N ८२.२०५२११°Eनिर्देशाङ्कहरू: २८°०५′४७″N ८२°१२′१९″E / २८.०९६४८८°N ८२.२०५२११°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | दाङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | यमनारायण शर्मा पोख्रेल (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | शारदाकुमारी चौधरी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ३५८.५७ किमी२ (१३८.४४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४५,८९८ |
• घनत्व | १३०/किमी२ (३३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
गढवा गाउँपालिका दाङ जिल्लाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गढवा, कोइलावास, गँगापरस्पुर र गोवरडिहा गाविसहरू यसमा गाभिएका थिए।
समुद्र सतहबाट १९५ मिटर देखि ८८५ मिटरको उचाई सम्म भु-भाग रहेको र ३५८.५७ बर्ग किलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा अर्घाखाँची र कपिलवस्तु जिल्ला, पश्चिममा राजपुर गाउँपालिका, उत्तरमा लमही नगरपालिका र राप्ती गाउँपालिका छन् भने दक्षिणमा भारत रहेको छ। यस गाउँपालिकालाई ८ वटा वार्डहरूमा बिभाजन गरिएको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गढवा गाउँपालिकाको कुल जनसङ्ख्या ४५,८९८ रहेको छ भने यहाँ ९,९६४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति