रंगेली नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रंगेली नगरपालिका
देश नेपाल
विकास क्षेत्रपूर्वाञ्चल
अञ्चलकोशी
जिल्लामोरङ
सरकार
 • मेयरदिलीपकुमार अग्रवाल
 • उपमेयरकेशव कुमारी खराल
क्षेत्रफल
 • जम्मा४४.३ किमी (१७.१ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)[२]
 • जम्मा३१,६४७
 • घनत्व७१०/किमी (१९००/वर्ग माइल)
 राष्ट्रिय जनगणना २०६८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२१
वेबसाइटwww.rangelimun.gov.np

रंगेली नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने मोरङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[३] साविकको रंगेली बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[४][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो। रंगेलीलाई नगरपालिका घोषणा गर्दा साविकको रंगेली, आम्गाछीटकुवा गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा रंगेली पनि नगरपालिका बनेको हो।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन।[६]

भौगोलिक स्थिति[सम्पादन गर्नुहोस्]

वि.सं. १९२७ सालमा मोरङ जिल्लाको सदरमुकाम विजयपुरबाट सरेर रंगेलीमा ल्याई वि.सं. १९७२ सम्म कायम राखियो। पछि यसलाई बिराटनगरमा सारियो। रंगेलीको उत्तरमा दर्बेशा, पुर्वमा डायनिया र पश्चिममा सोराभाग गाविसहरू पर्दछन।

रंगेली नगरपालिका का धार्मिक तथा पर्यटकीय रूपमा रहेका श्री काली माता मन्दीर रंगेली र श्री संसारी माता रहेको छ ।

रमणीय तथा शान्त वातावरण रहेको आर्यघाट समेत प्राकृतिक रुपमा परिवर्तन भएको दृश्य छ ।

शिक्षा र व्यवस्थापन संकाय अध्ययन हुने जनता क्याम्पस रंगेली २०४४ साल मा स्थापित भएको थियो र हाल रंगेली नगरका स्थानीय अध्ययनरत विद्यार्थी उच्च माध्यमिक शिक्षा र स्नातक तह पठनपाठन को लागि शैक्षिक गन्तव्य रहेको छ।

रंगेली चौकमा रहेको पुस्तकालय भवन सडक अधिकार क्षेत्र भित्र परेको हुनाले २०७४ साल मा पूर्ण रुपले हाल सम्म विस्थापित छ। रंगेली नगरपालिकामा हाल पुस्तकालय छैन।

रंगेली नगरपालिका को प्रमुख (मेयर) उद्योगी र व्यवसायी रहेको थियो। रंगेली नगरभित्र उद्योग तथा कारखाना स्थापना भएको छैन।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

यो नगरपालिका रंगेली, आम्गाछीटकुवा गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार तीन ठाउँको जनसङ्ख्यालाई जोडेर २८,५१६ रहेको छ।[१][२][४]

२०७८ को जनगणना अनुसार जनसंख्या ५७,४९४ रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "रंगेली नगरपालिका" 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  4. ४.० ४.१ "जिल्ला विकास समितिको कार्यालय, मोरङ" 
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ 
  6. ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]