सामग्रीमा जानुहोस्

बर्दघाट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बर्दघाटबाट अनुप्रेषित)
बर्दघाट
आदर्श वाक्य(हरू): 
"बर्दघाट नगरपालिकाको चाहना शान्ति, समृद्ध, सम्मुनत र सुन्दर समाजको स्थापना"
बर्दघाट मा पर्दछ लुम्बिनी प्रदेश
बर्दघाट
बर्दघाट
नक्सामा बर्दघाटको अवस्थिति
बर्दघाट मा पर्दछ नेपाल
बर्दघाट
बर्दघाट
बर्दघाट (नेपाल)
निर्देशाङ्क: २७°३३′N ८३°४८′E / 27.55°N 83.80°E / 27.55; 83.80
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)[]
स्थापना२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखशम्‍भुलाल श्रेष्‍ठ (नेपाली काङ्ग्रेस)
  उपप्रमुखरुद्रप्रकाश उपाध्याय (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१८०.९६ किमी (६९.८७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७६,७०३
  घनत्व४२०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
वेबसाइटbardaghatmun.gov.np

बर्दघाट नेपालको लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा पर्ने एक नगरपालिका हो।[] बर्दघाट बजार नगरपालिकाको केन्द्र हो।[] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा माकरपञ्चनगर गाउँ विकास समितिहरू समावेश गरिएका थिए[] भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा धुर्कोट (७,८), जहदा, जमुनिया (१,८), दाउन्ने देवीरुपौलिया (१,२) गाविसहरू यसमा गाभिएका थिए।

चितवन उपत्यकाबाट दाउन्ने पहाड भएर पश्चिम लाग्दा दाउन्ने पहाड सकिने बित्तिकै आउने नवलपरासी जिल्लाको प्रमुख वाणिज्य केन्द्र बर्दघाट हो। यो त्रिवेणी धाम जाने सडक र महेन्द्र राजमार्गको चोक बजार हो। बढदै गएको सञ्चार, खानेपानी तथा विद्युतको उपलब्धताले बर्दघाट द्रुततर गतीमा सहरीकरण तर्फ अघि बढीरहेको छ। बर्दघाटबाट सदरमुकाम परासी ३० कि.मी.को दुरीमा रहेको छ भने त्रिवेणी धाम २५ कि.मी.को दुरीमा रहेको छ। भरतपुर ७७ कि.मी. छ भने बुटवल ३८ कि.मी. रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामग्राम नगरपालिकाको कुल जनसङ्ख्या ७६,७०३ रहेको छ भने यहाँ १८,५०१ घरधुरी रहेका छन्।[]

बर्दघाट नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
माकर (१)२७०९७.६६३५३.६६
माकर (२-३) र धुर्कोट (७, ८)६६३१५६.५४११७.२८
माकर (८)१२३४१.५३८०६.५४
माकर (४)१५९७३८.०७१९७९.३१
माकर (५,९)३९३५२१.२३१८५.३५
माकर (६)१४७०२.३८६१७.६५
माकर (७)२५२५२.६४९५६.४४
पञ्चनगर (१,७)१६९८२.०२८४०.५९
पञ्चनगर (२)३०६८०.६४४७९३.७५
१०पञ्चनगर (३-५)४४६८३.६८१२१४.१३
११पञ्चनगर (६,८-९)२८९६६.९८४१४.९०
१२जहदा (४, ५, ८, ९) र जमुनिया (८)५४५५६.१७८८४.१२
१३जहदा (१–३, ६, ७) र जमुनिया (१)६५२०१०.९९५९३.२७
१४दाउन्ने देवी (३–५, ८, ९)७६८६८.६९८८४.४७
१५दाउन्ने देवी (७) र रुपौलिया (१, २)५२८६६.५३८०९.५०
१६दाउन्ने देवी (१, २, ६)५१४९३२.७४१५७.२७
जम्मा७६,७०३१७८.४९४२९.७४

सन्दर्भ सामग्रीहरू

[स्रोत सम्पादन गर्नुहाेस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४[स्थायी मृत कडी]
  6. "नवलपरासीमा ५ नगरपालिका थप, नगरपालिकाको संख्या ६ पुग्यो (सुचिसहित)", www.newsatnepal.com, www.newsatnepal.com, २०७१, अन्तिम पहुँच वैशाख २५ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन