नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी-केन्द्र)
नेता पुष्पकमल दाहाल (प्रचण्ड)
स्थापना मिति: 1994
मुख्यालय : पेरिस डाँडा-कोटेश्वर, काठमाडौं
विद्यार्थी सङ्गठन : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)
युवा सङ्गठन: योङ्ग कम्यूनिष्ट लिग
सैन्य सँगठन जनमुक्ती सेना नेपाल(बिसर्जन गराईएको बाबुराम र छविलालद्वारा
आदर्श साम्यवाद,
मार्क्सवाद - लेनिनवादमाओवाद - प्रचण्ड पथ,
वामपन्थी राष्ट्रवाद
राजनितिक स्थान उग्र वामपन्थी
अन्तर्राष्ट्रिय सम्लग्नता : क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन,
माओवादी पार्टी तथा दक्षिण एसियाका सँगठनहरूको समन्वय समिति
प्रतिनिधि सभा
५३ / २७५
चुनाव चिह्न
Election logo Maoist.jpg

काठमाडौंको पेरिस डाँडामा रहेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)पार्टी कार्यालय

नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र) नेपालमा ११ वर्षे सशत्र युद्ध गरेपछि संविधानसभाको पहिलो चुनावमा पहिलो पार्टी, दोस्रो संविधानसभा पश्चात् तेस्रो ठूलो दल स्थापित भएको पार्टी हो । यसका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड हुन्। यसको केन्द्रीय कार्यालय कोटेश्वर स्थित पेरिस डाँडामा रहेको छ। मार्क्सवाद, लेनिनवाद, माओवाद पार्टका सिद्धान्त मानिएका छन् ।

चौम समूह :[सम्पादन गर्ने]

२०४० साल मंशीरमा निर्मल लामाको नेतृत्वमा चौमको राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भयो । २०४१ फागुनमा सम्मेलन गरी चौमका महामन्त्री निर्मल लामा बने, यो समुह २०४६ सालको जनआन्दोलनमा संयुक्त रुपमा सहभागी भई संघर्षमा होमियो ।

ने.क.पा.(मशाल) :[सम्पादन गर्ने]

पार्टी विभाजन गरी निर्मल लामाले ने.क.पा.(चौम) गठन गरेपश्चात २०४० कार्तिकमा राष्ट्रिय सम्मेलन भयो र मोहन विक्रम महामन्त्री बने ।

पाँचौं महाधिवेशन : (२०४१ मंशीर १ देखि १६ सम्म) :[सम्पादन गर्ने]

२०४१ मंशीर १–१६ सम्म पाँचौं महाधिवेशन भयो । महाधिवेशनले मोहन बिक्रमको सारसंग्रहवादी कार्यदिशा पास ग¥यो । तर यौन काण्डका कारण महाधिवेशनमा व्यापक बहस भई उनलाई हलबाट कार्वाही गरी बाहिर निकालियो । महाधिवेशनमा क. प्रचण्डद्घारा मोहन विक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत भयो । महाधिवेशनले मोहन वैद्य (किरण) लाई महामन्त्रीमा निर्वाचित ग¥यो । २०४२ सालमा पाँचौं महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्यमध्ये ४ जनलाई लिएर मोहन बिक्रमले ने.क.पा. (मसाल) गठन गरे २०४३ सालमा यसको सम्मेलन गरे । २०४३ सालमा ने.क.पा.(मशाल) को तर्फबाट काठमाण्डौंका प्रहरी विटमा आक्रमण र पोष्टर टाँस्ने काम भयो, जुन घटनामा पार्टीका धेरै कार्यकर्ता गिरफ्तार परे र पार्टीलाई गम्भीर क्षति पुग्यो । जुन घटनालाई सेक्टरकाण्ड भनिन्छ । सेक्टरकाण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा दिए । २०४५ सालमा ने.क.पा.(मशाल) को सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग¥यो र माओवाद पास ग¥यो । साथै दीर्घकालीन जनयुद्धको कार्यदिशा समेत पास ग¥यो । २०४६ सालको जनआन्दोलनमा ने.क.पा.(मशाल), ने.क.पा.(मसाल), सर्वहारा श्रमिक सङ्गठन, ने.क.पा.(चौम) लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बन्यो ।

२०४७ देखि हालसम्म (ध्रुवीकरणको अवधि) :[सम्पादन गर्ने]

२०४६ सालको जनआन्दोलनपछि एकथरी ने.क.पा.(एमाले) मा ध्रुविकरण भए, अर्काथरी केही शक्ति स–साना समूहमा विभाजित छन । भने कम्युनिष्ट क्रान्तिकारीहरुको मुल प्रवाह एकीकृत ने.क.पा.(माओवादी) बनिरहेको छ ।

एकीकृत ने.क.पा. (माओवादी) :[सम्पादन गर्ने]

२०४७ श्रावणमा ने.क.पा.(मशाल), प्रचण्ड, ने.क.पा.(चौम), निर्मल लामा, सर्वहारावादी श्रमिक सङ्गठन, रुपलाल विश्वकर्मा, बीचमा एकता भई पार्टी नाम ने.क.पा. (एकताकेन्द्र) राखियो । २०४७ को अन्त्यतिर मोहन विक्रमको ने.क.पा.(मसाल) बाट विद्रोह गरी हरिवोल गजुरेल (शितलकुमार) को नेतृत्वमा डा. बाबुराम भट्टराई लगायतको टिम ने.क.पा. (एकताकेन्द्र)मा प्रवेश ग¥यो ।

एकता राष्ट्रिय महाधिवेशन : (२०४८ मंशीर ४) :[सम्पादन गर्ने]

२०४८ मंशीर ४ बाट चार समूहको एकताबाट बनेको एकताकेन्द्रको एकता महाधिवेशन भयो । एकता महाधिवेशनले दीर्घकालीन जनयुद्धको कार्यदिशा पास ग¥यो । एकता महाधिवेशनमा प्रचण्डले आधार इलाका सहितको दीर्घकालीन जनयुद्ध, रुपलाल विश्वकर्माले आधार इलाकाविनाको दिर्घकालीन जनयुद्ध, निर्मल लामाले शशस्त्र शहरी विद्रोह गरी तीन लाइन प्रस्तावित भयो, तर अत्याधिक बहुमतले प्रचण्डले पेश गरेको प्रस्तावलाई पारित ग¥यो । महाधिवेशनले संसदीय निर्वाचनलाई जनवादी क्रान्तिको पक्षमा उपयोग गर्ने निर्णय ग¥यो । क.प्रचण्ड लगायत निर्मल लामा, मोहन वैद्य, चित्र बहादुर श्रेष्ठ, रुपलाल विश्वकर्मा, हरिबोल गजुरेल लगायतका ११ जना पूर्व महामन्त्रीहरुको सो महाधिवेशनमा सहभागिता थियो । महाधिवेशनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग¥यो । २०४८ सालको संसदीय निर्वाचनमा पार्टीले संयुक्त जनमोर्चा नामको चुनावी मोर्चा निर्माण ग¥यो । प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ जना गरी ११ स्थानमा पार्टी विजयी बन्यो । जसमा ः कृष्णबहादुर महरा (रोल्पा), खड्क बहादुर बुढा (रुकुम), बर्मन बुढा (रोल्पा), छक्कबहादुर लामा (हुम्ला), अमिक शेरचन (चितवन), लिलामणि पोख्रेल (ललितपुर), इमानसिंह लामा (काभ्रे), विष्णु बहादुर तामाङ (सिराहा), कमल चौलागाई (रामेछाप), राष्ट्रिय सभामा घनश्याम शर्मा पौडेल र सिन्धुनाथ प्याकुरेल थिए ।

२०४९ सालमा वर्गसंघर्षको चार तयारी गर्ने बारेमा निर्मल लामाहरुसँग व्यापक बहस भयो, तर निर्मल लामाहरु वैधानिक संघर्षलाई मूख्य माने। जनयुद्धको तयारी गर्ने कुरामा असहमति प्रकट गरे । २०५१ असारमा प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामाहरु पार्टीबाट अलग भए। त्यसपछि निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरु मिलेर २०५१ सालमा छुट्टै ने.क.पा.(एकताकेन्द्र) गठन गरे । २०५१ साल फागुन २–४ मा ने.क.पा.(एकताकेन्द्र) को तेश्रो बिस्तारित बैठक बसी नयाँ जनवादी क्रान्तिको राजनितीक तथा फौजी कार्यदिशा निर्माण गरियो । समन्वयको गन्ध आउने भएकाले ने.क.पा.(एकताकेन्द्र) नाम परिवर्तन गरी ने.क.पा.(माओवादी) राखियो । २०५२ साल आषाढमा गोरखामा केन्द्रीय समितिको बैठक बसी सैद्धान्तिक प्रतिबद्धता र चार तयारी एवं उपचरणको निर्णय ग¥यो ।

जनयुद्ध[सम्पादन गर्ने]

समग्र प्रारम्भिक तयारी पुरा गरी २०५२ फागुन १ (सन् १९४९ फेव्रुअरी १३) मा महान जनयुद्धको घोषणा गरियो । जनयुद्धको मुलनारा ः प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौं, थियो । २०५३ जेठमा केन्द्रीय समितिको बैठक बसी १ बर्षको समिक्षा, थप योजना निर्माण ग¥यो । २०५५ भाद्रमा चौथो विस्तारित बैठक सम्पन्न भयो । यसको मुलनारा ः आधार इलाका निर्माणको महान दिशामा अघि बढौं, थियो । २०५७ माघ–फागुनमा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले ५ वर्षका जनयुद्धका सजीव अनुभवसहित मालेमावादको विशिष्ट विचारश्रृंखला सहित प्रचण्डपथ शंश्लेषण ग¥यो । २०५८ जेठ १९ मा दरवार हत्याकाण्डमार्फत राजा बिरेन्द्रको बंशनास गरिएपश्चात तत्काल बसेको केन्द्रीय समितिको बैठकले नेपालमा परम्परागत राजतन्त्रको अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकास गरौं भन्ने नारा अगाडि सा¥यो । २०५८ श्रावण ८ गते युद्धविराम भई वार्ताको प्रक्रियामा पार्टी प्रवेश ग¥यो । तर, पुरानो सत्ताले कुनै पनि मागलाई सम्बोधन नगरेका कारण वार्ताको औचित्य समाप्त भएकोले २०५८ मंशीर ८ गते युद्धविराम भंङ्ग भएको घोषणासहित माओवादी युद्धमा प्रवेश ग¥यो । २०५९ माघ १५ गते दोश्रो पटक युद्धविराम भयो । २०६० जेठमा बसेको केन्द्रीय समितीको बैठकले इतिहासका अनुभव र २१औं शताब्दीमा जनवादको विकासबारे दस्तावेज पारित ग¥यो । २०६१ असोजमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले जनयुद्ध प्रत्याक्रमणको चरणमा प्रवेश गरेको निष्कर्ष निकाल्दै रणनीतिक प्रत्याक्रमणको पहिलो योजना निर्माण ग¥यो ।

२०६२ असोजमा चुनवाङ्गमा भएको केन्द्रीय समितिको बैठकले पार्टीमा व्यापक शुद्धिकरणको निर्णय ग¥यो । साथै ढाडमा टेकेर टाउकोमा हान्ने प्रत्याक्रमणको दोश्रो योजना पास ग¥यो । पार्टीले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति समेत पास ग¥यो । चुनवाङ्ग बैठकको जगमा टेकेर २०६२ मंशीर ७ गते निरङ्कुश राजतन्त्र विरुद्ध ७ संसदवादी दलहरुसँग १२ बुदे समझदारी कायम भयो । सोही समझदारीका बलमा २०६२ चैत्र २४ गतेबाट शशक्त जनआन्दोलन श्रृष्टि भयो । १९ दिनको लगातारको आन्दोलनपछि २०६३ बैशाख ११ गते संसद पुनस्र्थापनाको शर्तमा संसदवादी दलले दरवारसँग सम्झौता गरे। १९ दिने जनआन्लोलन उत्कर्षमा त पुग्यो । तर, निष्कर्षमा पुगेन । २०६३ बैशाखमा १३ गते पार्टीले र बैसाख २१ गते सरकारले युद्धविराम ग¥यो । २०६३ बैसाखमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले शहरलाई जोड गाउँलाई ध्यान दिने रणनीतिक स्थानान्तरणको कार्यदिशा पारित ग¥यो । २०६३ भाद्रमा सम्पन्न के.स.को बैठकले क्रान्तिको पुनरावृत्ति होइन, विकास हुन्छ भन्ने निष्कर्षसहित नयाँ कार्यदिशाको खोजी गर्न थाल्यो । नेपाली जनक्रान्तिको सफलताको लागि शशस्त्र जनयुद्ध, शशक्त जनआन्दोलन, शान्तिवार्ता र कुटनीतिक पहलको संयोजनमार्फत नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने मान्यता अघि सा¥यो । साथै उचित वातावरण बनाएर विद्रोहमा जाने निर्णय ग¥यो । २०६४ भाद्रमा करिव ३००० प्रतिनिधिहरुसहित काठमाडौंको बालाजुमा पाँचौं विस्तारित बैठक सम्पन्न भयो । यसले काभ्रेको कामीडाँडा बैठकका निर्णयहरुलाई दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता ग¥यो । साथै अन्तरिम सरकारबाट हटेर आन्दोलनमा जाने निर्णय ग¥यो ।

संविधानसभाको निर्वाचन[सम्पादन गर्ने]

२०६४ साल चैत्र २८ गते नेपालको इतिहासमा ६० बर्षदेखी थाती संविधानसभाको निर्वाचन सम्पन्न भयो । सो निर्वाचनमा ने.क.पा.(माओवादी) ले प्रत्यक्षतर्फ स्पष्ट बहुमत र समानुपातिकतर्फ अत्याधिक अन्तरले अग्रता कायम गर्न सफल रह्यो । जसको परिणाममा ६०१ स्थानमध्ये ने.क.पा.(माओवादी) २२९, कांग्रेस ११४, एमाले १०९, फोरम ५१ र अन्य २५ साना दलहरु विजयी बने । २०६५ जेठ १५ गते सम्पन्न संविधानसभाको पहिलो बैठकले मुलूकमा राजतन्त्रको विधिवत अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो । २०६६ असार ६ गते संविधानसभाले डा. रामवरण यादवलाई नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित ग¥यो । २०६५ श्रावण ३२ गते संविधानसभाको दुईतिहाई बहुमतले क.प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित ग¥यो र माओवादीको नेतृत्वमा एमाले, फोरम, जनमोर्चा, संयुक्त बाममोर्चा लगायतका दलहरुको सहभागितामा संयुक्त सरकार निर्माण भयो । यसै सन्दर्भमा विगत जनयुद्धपूर्व टुक्रिएर गएको ने.क.पा. (एकताकेन्द्र–मसाल) र ने.क.पा. (माओवादी को बीचमा २०६५ पौष २९ गते पार्टी एकता हुन पुग्यो । एकता पश्चात पार्टीको नाम एकीकृत ने.क.पा. (माओवादी) नामाकरण गरियो, साथै पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओवाद÷विचारधारा बनाउने निर्णय गरियो र प्रचण्डपथलाई आन्तरिक बहसको विषय बनाउने निर्णय पनि गरियो । सरकारले काम प्रभावकारी बनाउदै जाँदा प्रतिगामीहरुले सरकारविरुद्ध घेराबन्दी गर्न थाले । प्रधानसेनापतिलाई सरकारले दिएको अवकाशलाई लिएर राष्ट्रपति यादवले असंवैधानिक कदम चालेपछि २०६५ चैत्र २२ गते माओवादी नेतृत्वको सरकारले राजीनामा दियो

एकीकृत माओवादीको २०६६ असार–श्रावणमा बसेको केन्द्रीय समितिको बैठकले निर्णायक जनविद्रोहको तयारीको निर्णय ग¥यो, साथै पार्टी बहुपदीय निर्णयमा जाने निर्णय पनि ग¥यो । बहुपदीय निर्णयअनुसार अध्यक्ष क.प्रचण्ड, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य (किरण), उपाध्यक्षद्घय क.डा. बावुराम भट्टराई, क.नारायणकाजी श्रेष्ठ (प्रकाश), महासचिव क.रामबहादुर थापा (बादल), सचिवद्घय क.सि.पी. गजुरेल (गौरव) र पोष्टबहादुर बोगटी (दिवाकर) बने ।

संविधान निर्माण नगरी २०६९ जेठ १४ गते पहिलो संविधान सभा भंग भयो। प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा दिए। खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्यो। २०६९ असारमा एकीकृत (माओवादी) बाट मोहन वैद्यको नेतृत्वमा एक समूह अलग भई नेकपा–माओवादी गठन भयो। एकीकृत ने.क.पा. (माओवादी) ले २०६९ माघमा सातौं महाधिवेशन सम्पन्न ग¥यो । महाधिवेशनले प्रचण्डलाई पुन अध्यक्षमा निर्वाचित ग¥यो।  

संविधान सभाको दोस्रो निर्वाचन[सम्पादन गर्ने]

२०७० मंसीर ४ मा संविधान सभाको दोस्रो निर्वाचन भयो।प्रत्यक्षतर्फ २६ र समानुपातिकमा ५४ सिट गरी कुल ८० सिट जितेको माओवादीले प्रत्यक्षमा १७.७९ र समानुपातिकमा १५.२१ प्रतिशत मत ल्याएको थियो । माओवादी पार्टी तेस्रो स्थानमा खुम्चियो। विभिन्न आरोह, अवरोहका बीच २०७२ असोज ३ मा नयाँ संविधान जारी भयो। संविधान निर्माणमा एमाओवादीको निर्णायक र सकारात्मक भूमिका खेल्यो।

संविधान घोषणासँगै माओवादीको फुटको श्रृंखला जारी रह्यो । ०७२ सालमै उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गर्नुभयो । तेस्रो पार्टी माओवादी सुशील कोइराला, केपी ओली शर्मा नेतृत्वको सरकारमा सहभागी बन्यो । आफ्नै समर्थनमा बनेको ओली नेतृत्वको सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव लगेर माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । स्थानीय तहको चुनावको घोषणा र पहिलो चरण चुनाव सम्पन्न गराउनु प्रचण्ड नेतृत्व सरकारको मुख्य उपलब्धी मान्न सकिन्छ ।१० महिना प्रधानमन्त्रीको पद सम्हाल्दा दाहाल नेतृत्वको सरकारले उज्यालो अभियान सुरु गरेर लोडसेडिङ मुक्त बनायो । यस अघि यो समयमा करिब १८ घण्टा विद्युत कटौति हुँदै आएको थियो । लामो समय देखि अघि बढ्न नसकेको द्रुत मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिनु, ओवरमा हस्ताक्षर गर्नु पनि सरकारका उपलब्धी हुन् । तीन चरणमा भएको स्थानीय तह चुनावमा पनि माओवादी केन्द्र तेस्रो स्थानमा नै रह्यो । माओवादीले १ सय ६ स्थानीय तहमा जित्यो । प्रदेश र प्रतिनिधिसभा चुनावमा माओवादीले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।

संघीय संसद तथा प्रदेश सभा निर्वाचन २०७४ र गठबन्धन[सम्पादन गर्ने]

नेकपा एमाले सँग एकीकरण[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]