नेपाली जनता दल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

'नेपाली जनता दल' नेपालको एक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४ मा भाग लिएको थियो। जसमा २ जना सभासद यस दलको तर्फबाट निर्वाचित भएका थिए | संविधान सभा निर्वाचन २०७० मा यस दलको तर्फबाट १ जना सभासद निर्वाचित हुनुभएको थियो । नेपाली जनता दलको तर्फबाट पहिलोमा माननीय गायत्री शाह र माननीय विश्वनाथ प्रसाद अग्रवाल तथा दोस्रोमा माननीय हरिचरण शाह संविधान सभा सदस्य हुनुहुन्थ्यो । २०६५ । २ । १५ गते संबैधानिक समितिमा ७ प्रदेशको नामाकरण सहितको खाका दलको तर्फबाट पेश गरिएको थियो जुन खाका बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको प्रादेशिक संरचना निर्माण भएको हो । २०७८/१२/२६ गते नेपाली जनता दल र नवनेपाल डेमोक्रेटिक पार्टीबीच एकिकरण सम्पन्न भई " नेपाली जनता दल " कायम भएको छ । जसअनुसार दलको राष्ट्रिय अध्यक्ष हरिचरण शाह, संघीय परिषद् अध्यक्ष अनुप पहाडी, बरिष्ठ उपाध्यक्ष रघु परियार, उपाध्यक्षहरु सदानन्द शाह, रामप्यारे पासवान, सुमन पौडेल, यामबहादुर जीसी रहनुभएको छ । त्यस्तै कार्यवाहक महासचिव रामबाबु रजक सहित २०१ सदस्यीय संघीय परिषद् रहेको छ ।

नेपाली जनता दलको सैद्धान्तिक दृष्टिकोण सामाजिक न्याय सहितको जनतावाद र मानवतावाद तथा समानता आधारित सामाजिक लोकतान्त्रिक ब्यवस्था र समाजवादी अर्थव्यवस्था हो । दलले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई मुख्य एजेण्डाको रूपमा अघि सार्दै आएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]