अखण्ड नेपाल पार्टी
Jump to navigation
Jump to search
अखण्ड नेपाल पार्टी नेपालको एक राजनीतिक दल हो। अखण्ड नेपाल पार्टीका वर्तमान अध्यक्ष कुमार खड्का हुन्। यसको केन्द्रीय कार्यालय काठमाडौंको बागबजारमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह ध्वजा थियो।[१] यो पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १२,५९० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३६,८८३ मत प्राप्त गरेको थियो।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।