सामग्रीमा जानुहोस्

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)
संस्थापकमनमोहन अधिकारी
सहाना प्रधान
स्थापना२०४३
विघटन२०४६
समायोजन
अग्रकालीननेपाल कम्युनिस्ट पार्टी (एमाले)
विचारधारासाम्यवाद
मार्क्सवाद लेनिनवाद
राजनीतिक स्थानचरम वाम

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) नेपालको एक राजनीतिक दल थियो। यो वि.सं २०४३ मा मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (मनमोहन)सहाना प्रधानको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल)को विलयबाट गठन भएको थियो।[] नेपाल ट्रेड युनियन सेन्टर नेकपा (मार्क्सवादी)को ट्रेड युनियन थियो र नेपाल प्रगतिशील विद्यार्थी सङ्घ उनीहरूको विद्यार्थी सङ्गठन थियो।

नेकपा (मार्क्सवादी) भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)सँग नजिकबाट जोडिएको थियो। नेकपा (मार्क्सवादी) संयुक्त वाम मोर्चाको सदस्य थियो र २०४६ मा पञ्चायत सरकारको अन्त्य गर्न २०४६ सालको जनआन्दोलनमा भाग लिएको थियो। यो पार्टी संयुक्त वाम मोर्चाको अर्को घटक, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)सँग विलय भएर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) गठन भएको थियो। यद्यपि, पुरानो नेकपा (मार्क्सवादी) नेतृत्वको एक ठुलो हिस्साले नेकपा (एमाले)बाट अलग्गिएर आफ्नै नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) पुनर्गठन गरेका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Parajulee, Ramjee P.. The Democratic Transition in Nepal. Rowman & Littlefield, 2000. p. 72