सङ्घीय समाजवादी पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सङ्घीय समाजवादी पार्टी
नेताअशोक राई
स्थापनावि.सं २०६८
टुक्रिएकोनेकपा (एमाले)[१]
अग्रकालीनसङ्घीय समाजवादी फोरम, नेपाल
प्रमुख कार्यालयकाठमाडौँ, नेपाल
युवा सङ्गठनसङ्घीय युवा सङ्घ
विचारधारापहिचानमा आधारित सङ्घीयता

सङ्घीय समाजवादी पार्टी अशोक राईको नेतृत्वमा वि.सं २०६८ मा स्थापना भएको नेपालको एक राजनीतिक दल थियो।[२] दोस्रो संविधान सभामा यो पार्टीको ५ जना सदस्य थिए। यस पार्टीले २०७२ मा मधेशी जनअधिकार फोरम, नेपाल र खस समावेशी पार्टीसँग एकीकरण गरी सङ्घीय समाजवादी फोरम, नेपाल गठन गरेको थियो जुन संविधान सभाको पाँचौँ ठूलो दल थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "एमाले छोडेर गल्ती गर्या छैन : अशोक राई", कान्तिपुर टिभी (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ 
  2. सइन्द्र राई, "अशोक राई : दलबलसहित निस्किए, छिन्नभिन्न भए", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९ 
  3. "फोरम नेपाल, संघीय समाजवादी र खस समावेसीबीच एकीकरण", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९