सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च | |
---|---|
अध्यक्ष | कुमार लिङ्देन[१] |
महासचिव | शर्मिला बागचन्द |
स्थापना | २०६० |
विद्यार्थी सङ्गठन | सङ्घीय विद्यार्थी सङ्घ[२] |
महिला सङ्गठन | सङ्घीय महिला मञ्च[३] |
विचारधारा | जातीय सङ्घीयता समाजवाद |
प्रदेश सभामा सिट | १ / ९३ (प्रदेश नं. १) |
निर्वाचन चिह्न | |
वेबसाइट | |
फेडरलनेपाल.कम |
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको एक राजनीतिक दल हो। यस दल निर्वाचन आयोगमा संविधान सभा निर्वाचन, २०६४ भन्दा केही अगाडि दर्ता भएको थियो।[४] यस दल १२ विभिन्न जनजाति दलहरूको एकीकरणद्वारा बनेको थियो।[५]
उत्तर-पूर्वी नेपालमा एक लिम्बुवान स्वायत्त क्षेत्र गठनका लागि पार्टीले आन्दोलन गरेको छ।[६] सङ्घीय लिम्बुवान राज्य परिषद् यस दलमा जोडिएको छ। [७] सङ्घीय लिम्बुवान राज्य परिषद्, खुम्बुवान राज्य, ताम्सालिङ स्वायत्त राज्य परिषद् र संयुक्त थारु राष्ट्रिय मोर्चाको छाता सङ्गठन हो। यसमा अन्य १३ वटा जातीय मोर्चाहरू पनि समावेश छन्।[८]
पार्टी सङ्घीय गणतन्त्र राष्ट्रिय मोर्चाको निर्वाचन दल हो।[९]
इतिहास
[सम्पादन गर्नुहोस्]स्थानीय तह निर्वाचन, २०७४मा दलले स्थानीय सरकारमा ७ सिटमा विजयी हासिल गरेको थियो। दलले प्रतिनिधि सभा निर्वाचन, २०७४ र प्रदेश सभा निर्वाचन, २०७४मा पनि भाग लिएको थियो। दल प्रतिनिधि सभामा सिट बिहिन बनेको थियो भने यसले प्रदेश नं. प्रदेश सभामा १ समानुपातिक प्रतिनिधित्व मार्फत १ सिट जितेको थियो।[१०]
चुनावी प्रदर्शन
[सम्पादन गर्नुहोस्]निर्वाचन | नेता | मत | सिट | स्थान | गठित सरकार | ||
---|---|---|---|---|---|---|---|
# | % | # | +/- | ||||
२०६४ | कमल छारहाङ | ७१,९५८ | ०.६७ | २ / ५७५
|
१५औँ | नेकपा (माओवादी)–नेकपा (एमाले)–मधेसी जनअधिकार फोरम, नेपाल | |
२०७४ | कुमार लिङ्देन | २१,६१० | ०.३ | ० / २७५
|
२ | १७औँ | नेकपा (एमाले)-नेकपा (माओवादी केन्द्र) |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ भट्टराई, नविन, "लिङ्देन नेतृत्वमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठन", अनलाइन खबर, अन्तिम पहुँच २२ अप्रिल २०१८।
- ↑ "दमक क्याम्पस इकाई समिति गठन", Federal Nepal, अन्तिम पहुँच २३ अप्रिल २०१८।[स्थायी मृत कडी]
- ↑ "प्रदेश सांसदमा उपाध्यक्ष बिष्णु तुम्बाहाङफे", Federal Nepal, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, अन्तिम पहुँच २३ अप्रिल २०१८।[स्थायी मृत कडी]
- ↑ पार्टीको सूची — Election Commission of Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०२ मिति
- ↑ The janajatis are trying to replicate the tarai uprising, but can they? - Nepali Times
- ↑ eKantipur.com - Nepal's No.1 News Portal[स्थायी मृत कडी]
- ↑ The Himlayan Times: Breaking News, Views, Reviews, Sports, Business, Entertainment from Nepal[स्थायी मृत कडी]
- ↑ http://www.crwflags.com/fotw/flags/np%7Dfdnf.html retrieved on 20 March 2013
- ↑ Nepalnews.com, news from Nepal as it happens
- ↑ "Provincial PR seat allocation to parties complete", द हिमालय टाइम्स (अङ्ग्रेजीमा), २०१७-१२-२२, अन्तिम पहुँच २०१८-०४-२३।