राष्ट्रिय जनमोर्चा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा
सभापतिचित्रबहादुर केसी[१]
उपाध्यक्षजनक भट्ट
दुर्गा पौडेल
महासचिवमनोज भट्ट
सचिवहिमलाल पुरी
कोषाध्यक्षमधु क्षेत्री
स्थापनावि.सं २०५६ (वास्तविक)
वि.सं २०६२ (पुन:स्थापित)
टुक्रिएकोजनमोर्चा नेपाल
प्रमुख कार्यालयबुढानिलकण्ठ, कपन, काठमाडौँ
विद्यार्थी सङ्गठनअखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन
युवा सङ्गठनअखिल नेपाल प्रजातान्त्रिक युवा सङ्गठन
महिला सङ्गठनअखिल नेपाल महिला सङ्गठन
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
सङ्घीयता विरोधी[२][३]
राजनीतिक स्थानवामपन्थी
राष्ट्रिय सम्बद्धतानेपाल कम्युनिष्ट पार्टी (मसाल)
आवद्धताप्रजातान्त्रिक वाम गठबन्धन[४][५]
राष्ट्रिय सभामा सिट
१ / ५९
प्रतिनिधि सभामा सिट
१ / २७५
प्रदेश सभामा सिट
२ / ६०
(गण्डकी प्रदेश)
१ / ८७
(लुम्बिनी प्रदेश)
अध्यक्ष/प्रमुख
४ / ७५३
अध्यक्ष/प्रमुख
१५९ / ३५,०११
चुनाव चिन्ह
RaJaMo.png

राष्ट्रिय जनमोर्चा नेपालको एक राजनीतिक दल हो। यसको स्थापना वि.सं २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (मसाल)को वैधानिक मोर्चाको रूपमा भएको थियो। पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी पार्टीको अध्यक्ष हुन्।[६][७]

वि.सं २०६२ मा, जनमोर्चा नेपालबाट अलग्गिएर एर पुनः स्थापना भएको यो पार्टी मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)को कानुनी मोर्चाको रूपमा रहेको थियो।[८] यो पार्टी मुख्यतया बाग्लुङप्युठान जिल्लामा एक सशक्त राजनीतिक शक्तिको रूपमा रहेको छ।

पार्टीले पूर्वएकात्मक प्रणालीभित्र विकेन्द्रीकरणको वकालत गर्दछ।[९] यो सङ्घीयता विरोधी पार्टी समेत हो।

इतिहास[सम्पादन गर्नुहोस्]

स्थापना अगाडि (वि.सं २०४७–२०५०)[सम्पादन गर्नुहोस्]

वि.सं २०४७ को स्थानीय निर्वाचनमा यस पार्टीले अखिल नेपाल किसान सङ्गठनको रूपमा र आम निर्वाचन २०४८मा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको रूपमा चुनाव लडेको थियो।[१०]

विलय र विघटन (वि.सं २०५८–२०६४)[सम्पादन गर्नुहोस्]

वि.सं २०५८ मा नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)को वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालसँग एकीकरण भई जनमोर्चा नेपाल गठन भएको थियो। जनमोर्चा नेपालले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र–मसाल)को वैधानिक मोर्चाको रूपमा काम गरेको थियो। नेपालको जनआन्दोलन २०६३मा जनमोर्चा नेपाल सात दलीय गठबन्धनमा सामेल भएपछि चित्रबहादुर केसीले पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चाको नाम फिर्ता लिएका थिए। यस पार्टीले नेपालको अन्तरिम व्यवस्थापिका संसद्मा तीन सिट प्राप्त गरेको थियो। [८]

संविधान सभा (वि.सं २०६४–२०७२)[सम्पादन गर्नुहोस्]

२०६४ सालको संविधान सभाको निर्वाचनअघि यो पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो।[११] यस पार्टीले चुनावमा चार सिट जितेको थियो।[८]

वि.सं २०६६ पार्टीको अनुशासन तोडेको भन्दै महासचिव डिलाराम आचार्यलाई पार्टीबाट निष्कासित गरिएको थियो। निष्कासनपछि उनले अर्को पार्टी राष्ट्रिय जनमोर्चा (नेपाल) गठन गरेका थिए। संविधान सभा निर्वाचन, २०७०मा पार्टीले तीन सिट जितेको थियो।[८]

सङ्घीय नेपाल (वि.सं २०७२–हाल)[सम्पादन गर्नुहोस्]

नेपालको संविधान जारी भएपछि राष्ट्रिय जनमोर्चा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को साथ संयुक्त सरकारमा सामेल भएको थियो। प्रतिपक्षमा नरहेको यो पहिलो पटक थियो।[१२] यसपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसी उपप्रधान तथा सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएका थिए।[१३][६]

यस पार्टीले स्थानीय तह निर्वाचन, २०७४मा भाग लिएको थियो र स्थानीय सरकारमा १८६ सिट जितेको थियो। बाग्लुङको बरेङ गाउँपालिका, प्युठानको झिमरुक र मालारानी गाउँपालिकाको अध्यक्षमा यसले विजय हासिल गरेको थियो।[१४][१५][१६] प्रतिनिधि सभाप्रदेश सभा निर्वाचन, २०७४ अघि, यो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनमा सामेल भएको थियो।[१७] यस पार्टीले नेपालको सङ्घीय संसदमा एक सिट जितेको थियो तर राष्ट्रिय पार्टी बन्नका लागि तीन प्रतिशत थ्रेसहोल्ड पार गर्न सकेन। पार्टीले गण्डकी प्रदेशको प्रदेश सभामा तीन र लुम्बिनी प्रदेशको प्रदेश सभामा एक सिट जितेको थियो।[१८]

वि.सं २०७७ को राजनीतिक सङ्कटपछि राष्ट्रिय जनमोर्चा नेपाली काङ्ग्रेसनेतृत्वको गठबन्धनको समर्थनमा उभिएको थियो। यसले गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा ठूलो भूमिका खेलेको थियो।[१९] यसले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय सरकारलाई बाह्य समर्थन र विश्वासको मत दिएको थियो। पार्टीलाई राष्ट्रिय सभामा एक सिट दिइएको थियो जसको माध्यमबाट यसले तुलप्रसाद विकलाई पार्टीबाट पहिलो राष्ट्रिय सभाको सदस्यको रूपमा निर्वाचित बनाउन सफल भएको थियो।[२०]

चुनावी प्रदर्शन[सम्पादन गर्नुहोस्]

संसदीय निर्वाचन[सम्पादन गर्नुहोस्]

निर्वाचन नेता प्रत्यक्ष मत समानुपातिक मत सिट स्थान गठित सरकार
क्र.सं % % परिवर्तन क्र.सं % % परिवर्तन क्र.सं +/-
आम निर्वाचन २०५६ चित्रबहादुर केसी १,२१,३९४ १.४१
५ / २०५
पाँचौँ प्रतिपक्ष
संविधान सभा निर्वाचन, २०६४ चित्रबहादुर केसी ९३,५७८ ०.९१ ह्रास ०.५० १,०६,२२४ ०.९९
४ / ५७५
ह्रास ह्रास बाह्रौँ प्रतिपक्ष
संविधान सभा निर्वाचन, २०७० चित्रबहादुर केसी ६६,६६६ ०.७४ ह्रास ०.१७ ९२,३८७ ०.९८ ह्रास ०.०१
३ / ५७५
ह्रास Steady बाह्रौँ प्रतिपक्ष
प्रतिनिधि सभा निर्वाचन, २०७४ चित्रबहादुर केसी ७०,०१४ ०.७० ह्रास ०.०४ ६२,१३३ ०.६५[क] ह्रास ०.३३
१ / २७५
ह्रास वृद्धि दसौँ प्रतिपक्ष
प्रतिनिधि सभा निर्वाचन, २०७९ चित्रबहादुर केसी ४६,५०४ ०.४४[क] ह्रास ०.२१
१ / २७५
Steady ह्रास बाह्रौँ प्रतिपक्ष
  1. १.० १.१ ३% मापदण्ड नकटेकाले स्वतन्त्रको रूपमा प्रतिनिधित्व गरेको

प्रदेश सभा निर्वाचन[सम्पादन गर्नुहोस्]

गण्डकी[सम्पादन गर्नुहोस्]

वर्ष मत सिट स्थान गठित सरकार
# % % परिवर्तन # +/-
प्रदेश सभा निर्वाचन, २०७४ १९,३७६ २.०३
३ / ६०
चौथो प्रतिपक्ष
प्रदेश सभा निर्वाचन, २०७९ १४,९४० १.५२ ह्रास ०.५१
० / ६०
ह्रास ह्रास सातौँ अतिरिक्त-संसदीय

लुम्बिनी[सम्पादन गर्नुहोस्]

निर्वाचन वर्ष मत सिट स्थान गठित सरकार
# % % परिवर्तन # +/-
प्रदेश सभा निर्वाचन, २०७४ ३२,५४६ २.०२
१ / ८७
छैटौँ प्रतिपक्ष
प्रदेश सभा निर्वाचन, २०७९ ३२,६४७ १.७३ ह्रास ०.२९
१ / ८७
Steady ह्रास दसौँ

नेतृत्व[सम्पादन गर्नुहोस्]

अध्यक्ष[सम्पादन गर्नुहोस्]

महासचिव[सम्पादन गर्नुहोस्]

  • नवराज सुवेदी, वि.सं २०५६–२०५८
  • डिलाराम आचार्य, वि.सं २०६२–२०६६
  • सान्तबहादुर नेपाली, वि.सं २०६७–२०७२
  • जनकराज शर्मा, वि.सं २०७२–२०७७
  • मनोज भट्ट, वि.सं २०७७-हाल

संसद सदस्यहरू[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सभा सदस्य
क्र.सं नाम प्रदेश कोटा नियुक्त मिति अवकाश मिति
तुलप्रसाद विक लुम्बिनी दलित वि.सं २०७७ वि.सं २०८२

प्रतिनिधि सभा सदस्य

क्र.सं नाम निर्वाचन क्षेत्र नियुक्त मिति
चित्रबहादुर केसी बाग्लुङ १ २०७९

भातृ सङ्गठन[सम्पादन गर्नुहोस्]

  • अखिल नेपाल ट्रेड युनियन काङ्ग्रेस
  • अखिल नेपाल महिला सङ्गठन
  • अनेरास्ववियु (छैटौँ)
  • अखिल नेपाल जनजाति परिषद्
  • जातीय समता समाज
  • अखिल नेपाल प्रजातान्त्रिक युवा सङ्गठन
  • रक्तिम सांस्कृतिक परिवार
  • अखिल नेपाल बुद्धिजीवी सङ्घ[२१]
  • अखिल नेपाल शिक्षक सङ्घ

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. United Nations Mission in Nepal (UNMIN) : Activities » Activities Update » Activity Details वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-०६ मिति
  2. "Chitra Bahadur blames federalism for corruption", The Himalayan Times (अङ्ग्रेजीमा), २०१९-०९-२८, अन्तिम पहुँच २०२०-११-२६ 
  3. "Federalism major hindrance to constitution writing: Chitra Bahadur KC", The Kathmandu Post, २०१५-०२-२४, अन्तिम पहुँच २०२०-११-२६ 
  4. "Local elections: 5-party ruling alliance to fight together across Nepal - OnlineKhabar English News", ११ अप्रिल २०२२। 
  5. "Five-party alliance organize mass gathering" 
  6. ६.० ६.१ "झलनाथका गुरु ७५ वर्षमा उपप्रधानमन्त्री बने", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२६ 
  7. "चित्रबहादुर केसी पुनः अध्यक्ष", हिमाल खबर, २०१६-०२-२२, अन्तिम पहुँच २०२२-०१-२६ 
  8. ८.० ८.१ ८.२ ८.३ Political handbook of the world 2015, Lansford, Tom, Los Angeles, California, २०१५-०४-२४, आइएसबिएन 9781483371573, ओसिएलसी 912321323 
  9. eKantipur.com - Nepal's No.1 News Portal वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-१० मिति
  10. "राष्ट्रिय जनमोर्चा, राजमो", rajamo.org, अन्तिम पहुँच २०१८-०४-१७ 
  11. पार्टीको सूची — निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०२ मिति
  12. "Janamorcha to join govt for first time in history - The Himalayan Times", The Himalayan Times (अङ्ग्रेजीमा), २०१५-१०-२८, अन्तिम पहुँच २०१८-०४-१७ 
  13. "3 more DPMs, 4 ministers sworn-in; total Cabinet strength is 26 - The Himalayan Times", The Himalayan Times (अङ्ग्रेजीमा), २०१५-११-०५, अन्तिम पहुँच २०१८-०४-१७ 
  14. "4,888 representatives elected in 115 local units; with the list of winning chairpersons/mayors | NepaleKhabar.com", nepaleKhabar (en-USमा), अन्तिम पहुँच २०१८-०४-१७ 
  15. Nepal, Review, "Rastriya Janamorcha wins elections in Malla Rani Rural Municipality of Pyuthan district - Review Nepal News", Review Nepal News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-१७ 
  16. "Fringe parties limited to handful wins" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-१७ 
  17. "Rastriya Janamorcha to support left alliance", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-१७ 
  18. "Provincial PR seat allocation to parties complete", The Himalayan Times (अङ्ग्रेजीमा), २०१७-१२-२२, अन्तिम पहुँच २०१८-०४-१७ 
  19. "'अब काँध थाप्न सक्दैनौं, अविश्वासको प्रस्तावमै हस्ताक्षर गर्छौं'", Online Khabar (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२६ 
  20. "राष्ट्रिय सभा निर्वाचन: १८ सिटमा गठबन्धन, एकमा एमाले निर्वाचित", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२६ 
  21. Weekly Nepal - Weekly News from Nepal - हाँकका मुख्य समाचारहरु