सामग्रीमा जानुहोस्

परासी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परासी
पूर्व गाविस
बुद्ध चोक
बुद्ध चोक
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला
जनसङ्ख्या
 (वि.सं २०५८)
 • जम्मा२५९९०
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
टेलिफोन नम्बर
३३०००
क्षेत्रीय सङ्केत+०७८

परासी आदर्श वा परासी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको रामग्राम नगरपालिकामा अवस्थित एक बजार तथा प्रशासनिक केन्द्र हो। यो वि.सं २०५३ चैत १४ सम्म एक गाविसको रूपमा अस्तित्वमा रहेको थियो। नेपालको दसौँ राष्ट्रिय जनगणना, २०५८ अनुसार यहाँको जनसङ्ख्या २५,९९० रहेको थियो।[]

परासी तराई क्षेत्रमा पर्दछ र दक्षिणमा भारतसँग सीमा जोडिएको छ। परासीका प्रसिद्ध धार्मिक रामग्राम स्तूप र पाल्ही मन्दिर हुन्।

२०५३ चैत १४ मा, परासी आदर्श, उनवछ, मन्झरिया र जमुवाड गाविसहरूलाई गाभेर रामग्राम नगरपालिका घोषणा गरिएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Nepal Census 2001", नेपालका गाउँ विकास समितिहरू, डिजिटल हिमालय, मूलबाट अक्टोबर १२, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २००८ 
  2. "नगरपालिकाको घोषणा गरी क्षेत्र तोकेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच २१ वैशाख २०८२ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]