सामग्रीमा जानुहोस्

गुलरिया नगरपालिका

गुलरिया
गुलरियामा अवस्थित बगलामुखी मन्दिर
गुलरियामा अवस्थित बगलामुखी मन्दिर
गुलरिया बर्दिया जिल्ला-को अवस्थिति
गुलरिया
गुलरिया
गुलरिया लुम्बिनी प्रदेश-को अवस्थिति
गुलरिया
गुलरिया
गुलरिया नेपाल-को अवस्थिति
गुलरिया
गुलरिया
निर्देशाङ्क: २८°१३′५९″ उत्तर ८१°१९′५९″ पूर्व / २८.२३३०६° उत्तर ८१.३३३०६° पूर्व / 28.23306; 81.33306
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबर्दिया जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११[१]
समावेश (गाविस)खैरापुर, गुलरिया र मथुरा हरद्वार
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)महम्मदपुर
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • नगरप्रमुखमुक्तिनाथ यादव (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखसावित्रा गौतम (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा११८.२१ किमी२ (४५.६४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७४,५०५
 • घनत्व६३०/किमी२ (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
२१८००
क्षेत्रीय सङ्केत+९७७-०८४
वेबसाइटआधिकारिक वेबसाइट

गुलरिया नेपालको लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। वि.सं. २०५३ साल माघ ११ गते यस जिल्लाको तत्कालिन खैरापुर, मथुराहरिद्वार र आदर्श गुलरिया गाविसलाई समायोजन गरि यसलाई नगरपालिका घोषणा गरिएको थियो। यो नगरपालिका नेपालगञ्ज उपमहानगरपालिकाको ३५ किलोमिटर दक्षिणमा अवस्थित छ। वि.सं. २०७३ मा स्थानीय तह लागू हुँदा बर्दिया जिल्लामा साविकको गुलरिया नगरपालिका र महम्मदपुर गाउँ विकास समितिलाई समेटेर गुलरिया नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[४] यस नगरपालिकाको कुल जनसङ्ख्या ६६,६७९[५] रहेको छ भने यसको क्षेत्रफल ११८.२१ वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा बढैयाताल गाउँपालिका, पश्चिममा भारत, उत्तरमा बारबर्दिया नगरपालिका तथा दक्षिणमा भारत रहेको छ।[६][७]

स्थापना

[सम्पादन]

वि.सं. २०५३ माघ ११ गते तत्कालिन खैरापुर, मथुराहरिद्वार र आदर्श गुलरिया गाविस मिलेर गुलरिया नगरपालिका बनेको हो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गुलरिया नगरपालिकाको कुल जनसङ्ख्या ७४,५०५ रहेको छ भने यहाँ १६,००२ घरधुरी रहेका छन्।[३]

वडागत विवरण

[सम्पादन]

गुलरिया नगरपालिकाको वडा विभाजन, साविकका वडाहरू/गाविस, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

गुलरिया नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका वडा/गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१गुलरिया (१,३)६५८५८.४८७७६.५३
२गुलरिया (२)५७७८१७.२३३५.९३
३गुलरिया (४)५४६८७.९२६९०.४०
४गुलरिया (५, ७)८६१६१७.९७४७९.४७
५गुलरिया (६)४७७८३.९७१२०३.५३
६गुलरिया (८)४९०००.९४५२१२.७७
७गुलरिया (९)५२६७४.०९१२८७.७८
८गुलरिया (१०, ११)६७२२१३.१३५११.९६
९गुलरिया (१२)६८९६९.३३७३९.१२
१०गुलरिया (१३, १४)७२०४१२.२७५८७.१२
११महम्मदपुर (१–५, ७)६६५६९७३९.५६
१२महम्मदपुर (६, ८, ९)५६३५१३.९१४०५.१०
जम्मा७४,५०५११८.२१६३०.२८

जातजाती

[सम्पादन]

यहाँ यादव, गोडिया, लोद, शेख, थारुको ७० प्रतिशत बाहुल्य छ भने ३० प्रतिशत बाहुन, क्षेत्री, मगर, दलित र जनजाति बस्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।
  2. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  4. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
  5. ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, मूलबाट २०१४-१०-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०१२।
  6. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  7. ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।

यो पनि हेर्नुहोस्

[सम्पादन]