भेरीगंगा नगरपालिकानेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा अवस्थित एक नगरपालिका हो ।[४]छिन्चु बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । भेरीगंगा नगरपालिका घोषणा गर्दा रामघाट, छिन्चु र मैनतडा गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा भेरीगंगा पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १९१ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]
रामघाट, छिन्चु र मैनतडा गाविसहरूलाई मिलाएर भेरीगंगा नगरपालिका बनाइएको हो ।[१] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर भेरीगंगा नगरपालिकाको जनसङ्ख्या ३२,५११ रहेको छ । भेरीगंगा नगरपालिकामा ७,१८६ घरधुरि छन ।[३]