सामग्रीमा जानुहोस्

बागलुङ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बागलुङ
बागलुङ नगरपालिकाको दृश्य
बागलुङ नगरपालिकाको दृश्य
बागलुङ को गण्डकी प्रदेश मा अवस्थिति
बागलुङ
बागलुङ
नक्सामा बागलुङ नगरपालिका
बागलुङ को नेपाल मा अवस्थिति
बागलुङ
बागलुङ
बागलुङ (नेपाल)
निर्देशाङ्क: २८°१६′उ ८३°३६′पू / 28.267°N 83.600°E / 28.267; 83.600
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)कालिका, मूलपानी र लहरेपिपल
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)मालिका, पाला (६-९), सिँगाना (१-५, ७-९), तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैयुँपाटानारायणस्थान
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
  नगरप्रमुखवसन्तकुमार श्रेष्ठ (नेपाली काङ्ग्रेस)
  उपप्रमुखराजु खड्का (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा९८.०१ किमी (३७.८४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५६,१०२
  घनत्व५७०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६८
केन्द्रबागलुङ नगरपालिकाको कार्यालय
वेबसाइटbaglungmun.gov.np

बागलुङ नेपालको गण्डकी प्रदेशको बागलुङ जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। वि.सं. २०५३ साल माघ ११ गते यस जिल्लाको पूर्वी क्षेत्र कालीगण्डकी नदीको तटवर्ती इलाकामा रहेका तत्कालिन कालिका, मूलपानी र लहरेपिपल गाविसलाई समायोजन गरि यसलाई नगरपालिका घोषणा गरिएको थियो। वि.सं. २०५४ सालको स्थानीय निर्वाचनबाट यो नगरपालिकाले आफ्नो कार्य थालेको थियो। यो नगरपालिका काठमाडौँदेखि पश्चिम २७२ किलोमिटर दुरीमा रहेको यो नगरपालिकाको स्थापना समयमा १९.२३ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको थियो। वि.सं. २०७३ मा स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकको बागलुङ नगरपालिका र साविकका मालिका, पाला गाविसको वडा नं. ६ देखि ९ सम्म, सिँगाना गाविसका वडा नं. १ देखि ५ र ७ देखि ९ सम्म, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैयुँपाटानारायणस्थान गाउँ विकास समितिहरूलाई समेटेर बागलुङ नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[] यस नगरपालिकाको कुल जनसङ्ख्या ५७,८२३[] रहेको छ भने यसको क्षेत्रफल ९८.०१ वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा काठेखोला गाउँपालिका, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा जैमिनी नगरपालिकासम्म फैलिएको छ।[][]बागलुङ नगरपालिका कालीगण्डकी नदी र किनारमा पाइने शालीग्रामको लागि प्रसिद्ध रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बागलुङ नगरपालिकाको कुल जनसङ्ख्या ५६,१०२ रहेको छ भने यहाँ १५,९२४ घरधुरी रहेका छन्।[]

बागलुङ नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बागलुङ (१)४७४६१.३९३४१४.३९
बागलुङ (२)७३१८०.७२१०१६३.८९
बागलुङ (३–५)९८२९४.४८२१९३.९७
बागलुङ (१०-११)४८९२४.४९१०८९.५३
मालिका२००५८.७९२२८.१०
बागलुङ (८-९)२४८९२.९५८४३.७३
बागलुङ (६-७) र पाला (६–९)३०९२८.७७३५२.५७
सिँगाना (१–५, ७–९)२२९२५.४९४१७.४९
तित्याङ३३२३११.९२२७८.७८
१०भकुण्डे३०७७१०.७८२८५.४४
११रायडाँडा१५८७११.१४१४२.४६
१२अमलाचौर३९३३९.८६३९८.८८
१३पैयुँपाटा४५४७१३.७८३२९.९७
१४नारायणस्थान२९७२४.३५६८३.२२
जम्मा५६,१०२९८.९१५६७.२१

नगरपालिका कार्यालयको स्थापना कालदेखि लगातार भाडाको घरबाट दैनिक सेवा प्रवाह हुँदै आएकोमा वि.सं. २०७० साल वैशाख १२ गते देखि नगरपालिकाले आफ्नै कार्यालय भवनवाट सेवा प्रवाह गरिरहेको छ। नगरपालिकाको पहिलो नेतृत्व दिने व्यक्तित्व ऋषिराम सापकोटा हुन्। उनले वि.सं. २०५४ देखि वि.सं. २०५८ सम्म नगरपालिकालाई नेतृत्व प्रदान गरेका थिए। त्यसपछि नगरप्रमुखका रूपमा विदुर खड्का र उपप्रमुखका रूपमा चित्रबहादुर सुवेदीले नेतृत्व प्रदान गरेका थिए।

धार्मिक स्थल

[सम्पादन गर्नुहोस्]

पर्वतम्याग्दी जिल्लासँग जोडिएको बागलुङ नगरपालिकामा बागलुङ कालिका मन्दिर, जङ्गेश्वर महादेव मन्दिर, निरायघाट, आदि यहाँका प्रमुख धार्मिक स्थल हुन्। बागलुङ बजारको अवलोकन गर्न हालै बागलुङ भ्यु टावर निर्माण गरिएको छ।

भौगोलिक दृष्टिकोणले झण्डै मध्य नेपालमा पर्ने र प्रशासनिक दृष्टिकोणले गण्डकी प्रदेशमा पर्ने पहाडी जिल्ला बागलुङको पूर्वी इलाकामा प्रसिद्ध कालीगण्डकी र काँठेखोलाको सङ्गम इलाकामा यो नगरपालिका अवस्थित छ। यो नगरपालिका समुद्री सतहबाट ८०५ मिटरदेखि करिव २,१५० मिटर सम्मको उचाइमा अवस्थित छ।

बागलुङ नगरमा ऐतिहासिक महत्त्वका ताराजलकोट, कारिकोट, माझकोट, राँयकोट, संसारकोट, आदि कोटहरू रहेका छन्। त्यस्तैगरी धार्मिक तथा पर्यटकीय महत्त्वका कालिका भगवती मन्दिर क्षेत्र, मालिका भगवती मन्दिर क्षेत्र, निराघाट क्षेत्र र कैलाम पोखरी क्षेत्र रहेका छन्। यस क्षेत्रको प्रसिद्ध कालिका भवगती मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पक्ष र चैत्र शुक्लपक्षको नवदुर्गा अवधिमा भक्तजनहरूको ठुलो घुँइचो लाग्दछ भने चैत्र शुक्लपक्षमा कालिका मन्दिर परिसरमा चैते दशैं मेला लाग्दछ।

यस नगरपालिकामा ब्राह्मण, क्षेत्री, नेवार, मगर, सुनार, कामी, सार्की, दमाई, माझी लगायतका जातजातिका मानिसहरूको बसोबास छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  5. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१४-१०-२६ वेब्याक मेसिन
  6. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  7. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]