रायडाँडा
स्वरूप
रायडाँडा | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°२५′४८″उ॰ ८३°७′१२″पू॰ / २८.४३०००°N ८३.१२०००°Eनिर्देशाङ्कहरू: २८°२५′४८″उ॰ ८३°७′१२″पू॰ / २८.४३०००°N ८३.१२०००°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | बागलुङ जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २,३२९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
रायडाँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३२९ रहेको थियो जसमध्ये १००८ पुरुष र १३२१ महिला रहेका थिए भने यहाँ ५४९ घरधुरी रहेको थियो।[१]
हाल यो गण्डकी प्रदेश अन्तर्गतको बाग्लुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. ११ अन्तर्गत पर्दछ । बागलुङ जिल्लाको सदरमुकाम देखि नजिक भए तपानी भौगोलिक विकटताका कारण यसलाई बागलुङको कर्णाली पनि भन्ने गरिन्छ । यस रायडाँडा वडाको पुर्वमा प्रसिद्ध भैरवस्थान मन्दिर तथा पश्चिममा गाजाको धुरी क्षेत्र पर्ने गर्दछ । यहाँ एक मात्र माध्यमिक तह सम्म अध्यापन हुने महा विधाजन माध्यामिक विद्यालय रहेको छ । ब्रह्मामण क्षेत्री मगर विश्वकर्मा लगायतका जातजातीको बसोबास रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।