फिदिम
फिदिम
Phidim | |
---|---|
![]() फिदिम बजार | |
देश | ![]() |
अञ्चल | मेची अञ्चल |
जिल्ला | पाँचथर जिल्ला |
सरकार | |
• मेयर | ओनाहाङ्ग नेम्बाङ्ग |
• उप मेयर | उर्मिला प्रधान (श्रेष्ठ) |
जनसङ्ख्या (बि.स. २०६८) | |
• जम्मा | २४७६८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | phidimmun.gov.np |
फिदिम नेपालको पूर्वाञ्चल विकास क्षेत्र, मेची अञ्चलको पाँचथर जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो । यो नगरपालिकामा रहेको फिदिम बजार पाँचथर जिल्लाको सदरमुकाम र सबैभन्दा ठ्रलो व्यापारिक केन्द्र पनि हो । यो मेची अञ्चलमा मेची राजमार्गको इलाम-ताप्लेजुङ खण्डको मध्य भागमा अवस्थित छ । फिदिम बजार भएको ठाँउलाईको केन्द्र बनाइएको छ । [१]
यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा फिदिम, चोकमागु र सिवा गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा फिदिम पनि नगरपालिका बनेको हो तर यो हाल कार्यान्वयनमा आएको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
नामको उत्पति[सम्पादन गर्नुहोस्]
फिदिम भन्ने शब्द लिम्बु भाषाको 'फेदेन' शब्दबाट रूपान्तरित भएको मानिन्छ । लिम्बु भाषामा 'फे' भनेको फराकिलो तथा 'देन' भनेको ठाउँ अर्थात "फराकिलो ठाउँ" भएकोले फिदिम भनिएको हुन सक्छ । सदरमुकाम फिदिम समुन्द्रि सतहबाट १,१५० मिटर उचाईमा रहेको छ ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
फिदिम, चोकमागु र सिवा गाविसहरूलाई मिलाएर फिदिम नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २४,७६८ रहेको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति