सामग्रीमा जानुहोस्

फिदिम नगरपालिका

फिदिम नगरपालिका
फिदिम नगरपालिका पाँचथर जिल्ला-को अवस्थिति
फिदिम नगरपालिका
फिदिम नगरपालिका कोशी प्रदेश-को अवस्थिति
फिदिम नगरपालिका
फिदिम नगरपालिका नेपाल-को अवस्थिति
फिदिम नगरपालिका
निर्देशाङ्क: २७°०८′४६″ उत्तर ८७°४५′५८″ पूर्व / २७.१४६° उत्तर ८७.७६६° पूर्व / 27.146; 87.766
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२०७१ ‍वैशाख २५
सरकार
  नगरप्रमुखमित्रप्रसाद काफ्ले (नेपाली काङ्ग्रेस)
  उपप्रमुखराधाकृष्ण न्यौपाने (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१९२.०५ किमी (७४.१५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४८,४९५
  घनत्व२५०/किमी (६५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविक फिदिम गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

फिदिम नेपालको कोशी प्रदेशको, पाँचथर जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो। यो नगरपालिकामा रहेको फिदिम बजार पाँचथर जिल्लाको सदरमुकाम र सबैभन्दा ठ्रलो व्यापारिक केन्द्र पनि हो। यो कोशी प्रदेशमा मेची राजमार्गको इलाम-ताप्लेजुङ खण्डको मध्य भागमा अवस्थित छ। फिदिम बजार भएको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ। []

यसलाई नगरपालिका घोषणा गर्दा फिदिम, चोकमागुसिवा गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका नाङ्गिन, लुङरुपा, लुम्फाबुङ, याङनाम (१-५) र रानीटार गाविसहरू यसमा गाभिएका थिए।

नामको उत्पति

[सम्पादन]

फिदिम भन्ने शब्द लिम्बु भाषाको 'फेदेन' शब्दबाट रूपान्तरित भएको मानिन्छ । लिम्बु भाषामा 'फे' भनेको फराकिलो तथा 'देन' भनेको ठाउँ अर्थात "फराकिलो ठाउँ" भएकोले फिदिम भनिएको हुन सक्छ । सदरमुकाम फिदिम समुन्द्रि सतहबाट १,१५० मिटर उचाईमा रहेको छ ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फिदिम नगरपालिकाको कुल जनसङ्ख्या ४८,४९५ रहेको छ भने यहाँ १२,३३६ घरधुरी रहेका छन्।[]

फिदिम नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
फिदिम (१,३)८,९४४७.४२१२०५.३९
फिदिम (२,६-७)४,११३६.४३६३९.६५
फिदिम (८-९)२,२४२९.३३२४०.३०
फिदिम (४-५)४,३८११४.१३१०.७०
चोकमागु३,०६७१४.४२२१२.६९
सिवा३,३३२१४.३९२३१.५५
रानीटार (१–४)२,६५८११.४२३३.१५
रानीटार (५–८)३,००२१६.८९१७७.७३
लुम्फाबुङ१,९९२१५.५११२८.४३
१०याङनाम (१–५)२,६३८१०.८६२४२.९०
११नाङ्गिन (१–५)२,९४३१३.२९२२१.४४
१२नाङ्गिन (६–९)३,१९९१२.७२२५१.४९
१३लुङरुपा (१–३, ७–९)३,१२४२५.८६१२०.८०
१४रानीटार (९) र लुङरुपा (४-६)२,८६०१९.८८१४३.८६
जम्मा४८,४९५१९२.५२५१.९२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४[स्थायी मृत कडी]