सामग्रीमा जानुहोस्

ओलाङ्चुङ गोला

निर्देशाङ्कहरू: २७°१८′N ८७°५४′E / 27.30°N 87.90°E / 27.30; 87.90
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओलाङ्चुङ गोला
पूर्व गाविस
ओलाङ्चुङ गोला मा पर्दछ कोशी प्रदेश
ओलाङ्चुङ गोला
नेपालको नक्सामा ओलाङ्चुङ गोलाको अवस्थिति
ओलाङ्चुङ गोला मा पर्दछ नेपाल
ओलाङ्चुङ गोला
ओलाङ्चुङ गोला (नेपाल)
निर्देशाङ्क: २७°१८′N ८७°५४′E / 27.30°N 87.90°E / 27.30; 87.90
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ जिल्ला
क्षेत्रफल
 • जम्मा७०१.५० किमी (२७०.८५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३९
 • घनत्व०.३४/किमी (०.८८/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

ओलाङ्चुङ गोला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, ताप्लेजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३९ रहेको थियो जसमध्ये १२७ पुरुष र ११२ महिला रहेका थिए भने यहाँ ६२ घरधुरी रहेको थियो।[][] यो हाल फक्ताङलुङ गाउँपालिकामा पर्दछ।

यो फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ हो।

यो धार्मिक तथा पर्यटकीय महत्त्वको स्थल हो। नेपालको तिव्वतसंगको एक नाकाको रूपमा उदाउने स्थलहरूमध्ये ओलाङ्चुङ गोला पनि एक हो। समुन्द्री सतहदेखि ३,२४० मिटरको उचाईमा रहेको ओलाङ्चुङ गोला तमोर नदीको किनारामा अन्दाजी ३ हेक्टर क्षेत्रफलमा रहेको छ। करिब ६०-६५ घरहरू मात्र भएको यस स्थानमा सबै शेर्पा जातिहरू र बौदमार्गीहरू मात्र छन्। यहाँको सबै घरहरू काठका नै छन्। ताप्लेजुङ जिल्ला सदरमुकामबाट २२ कोस दूरीमा रहेको यस ठाउँमा आलु वाहेक अन्य वालीहरू हुँदैन। यहाँका मानिसहरूको मुख्य आर्थिक क्रियाकलापमा चौरी पाल्नु, भेडा पाल्नु, छुर्पी बनाउनु, गलैंचा बन्नु आदि नै हो। यहाँका मानिसहरू छुर्पी, गलैंचा र जडिबुटीको व्यापारबाट नै आफ्नो जीविकोपार्जन गर्छन। यहाँका केही मानिसहरू नेपाल-चीनको व्यापार पनि गर्ने गर्दछन। नेपालबाट खाद्य सामग्री लैजाने, चीनबाट जुत्ता, तयारी पोशाक, थर्मस, चक्लेट तथा दैनिक उपभोगका सामानहरू ल्याउँछन। ओलाङ्चुङ गोलाबाट हिडेको दुई दिनमा सिमापार गरिने र तेस्रो दिनमा तिब्बतको रियु प्रान्तमा पुगिन्छ। रियू भौगोलिक दृष्टिकोणले ओलाङ्चुङ गोला जस्तै भए पनि यहाँ यातायातको सुविधा छ। ओलाङ्चुङ गोलामा एउटा बौद्ध गुम्बा छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति