ओलाङ्चुङ गोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ओलङ्चुङ गोलाबाट अनुप्रेषित)
ओलाङ्चुङ गोला
देश नेपाल
अञ्चलमेची
जिल्लाताप्लेजुङ
जनसङ्ख्या
 (विसं २०६८)
 • जम्मा२३९ [१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
Postal code
57508
क्षेत्रीय सङ्केत024

ओलाङ्चुङ गोला नेपालको पूर्वाञ्चल विकास क्षेत्र, मेची अञ्चलको ताप्लेजुङ जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको स्थल हो। नेपालको तिव्वतसंगको एक नाकाको रूपमा उदाउने स्थलहरूमध्ये ओलाङ्चुङ गोला पनि एक हो। समुन्द्री सतहदेखि ३,२४० मिटरको उचाईमा रहेको ओलाङ्चुङ गोला तमोर नदीको किनारामा अन्दाजी ३ हेक्टर क्षेत्रफलमा रहेको छ। करिब ६०-६५ घरहरू मात्र भएको यस स्थानमा सबै शेर्पा जातिहरू र बौदमार्गीहरू मात्र छन्। यहाँको सबै घरहरू काठका नै छन्। ताप्लेजुङ जिल्ला सदरमुकामबाट २२ कोस दूरीमा रहेको यस ठाउँमा आलु वाहेक अन्य वालीहरू हुँदैन। यहाँका मानिसहरूको मुख्य आर्थिक क्रियाकलापमा चौरी पाल्नु, भेडा पाल्नु, छुर्पी बनाउनु, गलैंचा बन्नु आदि नै हो। यहाँका मानिसहरू छुर्पी, गलैंचा र जडिबुटीको व्यापारबाट नै आफ्नो जीविकोपार्जन गर्छन। यहाँका केही मानिसहरू नेपाल-चीनको व्यापार पनि गर्ने गर्दछन। नेपालबाट खाद्य सामग्री लैजाने, चीनबाट जुत्ता, तयारी पोशाक, थर्मस, चक्लेट तथा दैनिक उपभोगका सामानहरू ल्याउँछन। ओलाङ्चुङ गोलाबाट हिडेको दुई दिनमा सिमापार गरिने र तेस्रो दिनमा तिब्बतको रियु प्रान्तमा पुगिन्छ। रियू भौगोलिक दृष्टिकोणले ओलाङ्चुङ गोला जस्तै भए पनि यहाँ यातायातको सुविधा छ। ओलाङ्चुङ गोलामा एउटा बौद्ध गुम्बा छ। यस जिल्लाका प्रायः बुद्धिष्टहरू दर्शन गर्न जाने गर्छन् भने विदेशी पर्यटकहरूलाई यो क्षेत्रमा प्रवेश निषेध गरिएको छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

विसं २०६८ को जनगणना अनुसार ओलाङ्चुङ गोलाको कुल जनसङ्ख्या २३९ रहेको छ । जसमध्ये १२७ पुरुष र ११२ महिला रहेका छन् । यस गाविसमा कुल ६२ घरधुरी रहेका छन् । [१]



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]