त्रैलोक्य वीरविक्रम शाह
स्वरूप
| युवराज त्रैलोक्य विक्रम शाह | |
|---|---|
| युवराज | |
युवराज त्रैलोक्य विक्रम शाह | |
| जन्म | नोभेम्बर ३०, १८४७ हनुमानढोका दरबार , बसन्तपुर, काठमाडौँ |
| मृत्यु | वि.सं. १९३४ चैत १२[१]३० मार्च १८७८ (उमेर ३०) हनुमानढोका दरबार, बसन्तपुर, काठमाडौँ |
| जीवनसाथी | तारा राज्य लक्ष्मी देवी ललित राजेश्वरी राज्य लक्ष्मी देवी सोमगर्व दिव्यश्वरी राज्य लक्ष्मी देवी |
| सन्तान | राजा पृथ्वी वीर विक्रम शाह Princess Pran Princess Lalpati (among others) |
| घराना | शाह वंशीय (by birth) |
| बाबु | सुरेन्द्र विक्रम शाह |
| आमा | त्रैलोक्य राज्य लक्ष्मी देवी |
| धर्म | हिन्दु |
युवराज त्रैलोक्य विक्रम शाह नेपालको शाह वंशका युवराज थिए । राजा सुरेन्द्र विक्रम शाहका जेठा छोराको रूपमा वि.सं.१९०४ मंसिर महिनामा जन्मिएका थिए । उनी राणाका हातमा गएको राजकीय अधिकार फर्काउन कृयाशिल रहे । त्यसैले राणाहरु त्रैलोक्यप्रती सशंकित भए । त्रैलोक्य राजा नबन्दै उनको निधन वि.सं.१९३४ मा ३० वर्षको अल्पायु उमेरमा नै भएको हुँदा उनका छोरा पृथ्वी वीर विक्रम शाह नेपालका राजा बने । यिनलाई धीर शमसेरले विष प्रयोग गरेर मारेका हुन् भन्ने पनि अनुमान इतिहासकारहरूको छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४२, आइएसबिएन 99933-2-406-X।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]