सामग्रीमा जानुहोस्

त्रैलोक्य वीरविक्रम शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युवराज त्रैलोक्य विक्रम शाह
युवराज
युवराज त्रैलोक्य विक्रम शाह
जन्म(१८४७-११-३०)नोभेम्बर ३०, १८४७
हनुमानढोका दरबार , बसन्तपुर, काठमाडौँ
मृत्युवि.सं. १९३४ चैत १२[]३० मार्च १८७८(1878-03-30) (उमेर ३०)
हनुमानढोका दरबार, बसन्तपुर, काठमाडौँ
जीवनसाथीतारा राज्य लक्ष्मी देवी
ललित राजेश्वरी राज्य लक्ष्मी देवी
सोमगर्व दिव्यश्वरी राज्य लक्ष्मी देवी
सन्तानराजा पृथ्वी वीर विक्रम शाह
Princess Pran
Princess Lalpati
(among others)
घरानाशाह वंशीय (by birth)
बाबुसुरेन्द्र विक्रम शाह
आमात्रैलोक्य राज्य लक्ष्मी देवी
धर्महिन्दु

युवराज त्रैलोक्य विक्रम शाह नेपालको शाह वंशका युवराज थिए। राजा सुरेन्द्र विक्रम शाहका जेठा छोराको रूपमा वि.सं.१९०४ मंसिर महिनामा जन्मिएका थिए। उनी र उनका भाइ नरेन्द्र बिक्रम शाह राणाका हातमा गएको राजकीय अधिकार फर्काउन कृयाशिल रहे । त्यसैले राणाहरु त्रैलोक्यप्रति सशंकित भए। त्रैलोक्य राजा नबन्दै उनको निधन वि.सं.१९३४ मा ३० वर्षको अल्पायु उमेरमा नै भएको हुँदा उनका छोरा पृथ्वी वीर विक्रम शाह नेपालका राजा बने । यिनलाई धीर शमसेरले विष प्रयोग गरेर मारेका हुन् भन्ने पनि अनुमान इतिहासकारहरूको छ ।

उनको विवाह जंगबहादुरका छोरीहरू तारा र ललितसँग भएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४२, आइएसबिएन 99933-2-406-X

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]