पण्डित विजयराज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजगुरु
विजयराज पाण्डेय
पण्डित
नेपालको राजगुरु
कार्यकाल
वि.सं. १९०३ – वि. सं. १९२१ मार्ग वदी ११[१]
उतराधिकारीनगेन्द्रराज पाण्डेय
व्यक्तिगत विवरण
जन्मवि. सं. १८६२ । शाके १७२७ सौरमानेन माघमासे दिन १६ गते माघशुक्ल एकादशी रोहिनीपरमृगशिलाभुक्त ६।५६ बृहस्पतिवार दिनगत २१।४६
मृत्युवि. सं. १९३५ । ३५ साल माघ स्वर्गी कात्तिक

पण्डित विजयराज राजा राजेन्द्र विक्रमको पालामा हनुमानढोका अगाडि पुराण भन्ने पण्डित थिए । नाम चलेकै कारण दरबारबाट बोलाहट भएपछि यिनले  राजा राजेन्द्र विक्रमको पालामा दरबार प्रवेशको अवसर पाएका थिए । कोत पर्व पछि जङ्गबहादुर प्रधानमन्त्री बने । रानी लक्ष्मीदेवीले जङ्गबहादुर र उनका भाइहरूको हत्या गर्ने षड्यन्त्र गर्दा उनलाई पनि सो योजना बताएका थिइन् । तर उनले भण्डारखालको बगैचामा भोजको आयोजना गरिएको दिनमा थापाथलीमा गएर षडयन्त्रको सबै पोल जङ्गबहादुरलाई खोले ।

भण्डारखाल पर्व[सम्पादन गर्नुहोस्]

श्रीकृष्ण श्रेष्ठको उपन्यास "जंगबहादुर"का अनुसार पण्डित विजयराजलाई षड्यन्त्रमा सामेल गरिएको थिएन । दरबारको सुसारे पुतली नानीले जंगबहादुर विरुद्धको सो षड्यन्त्रको योजना सुनेकी थिइन् । विजयराज हनुमानढोकामा पुराण भन्न आएको बेलामा पुतली नानीले यो षड्यन्त्र जंगबहादुरलाई सुचित गर्न अनुरोध गरेकी थिइन् । विजयराजले यो कुरा थापाथली गएर जंगबहादुरलाई बताए । जंगबहादुरले यो कुरा सहि ठहर भए विजयराजलाई बडा गुरुज्यु बनाउने तर गलत साबित भए चारपाटा मुडेर चार भञ्ज्याङ कटाउने बताएका थिए ।

यसरी जंगबहादुरको विश्वास जित्न सफल विजयराजलाई प्रधानमन्त्री जंगबहादुरले बडागुरुज्यू बनाए ।

विजयराज पाण्डेलाई राजगुरु बनाई पुस्तौंदेखि राजगुरु रहेका अर्ज्याल ब्राह्मणको हक जंगबहादुरले खोसे। [२]पण्डित विजयराज पाण्डे आफना राजगुरु र धर्माधिकार मान पदवी जागीर षानगी इ सबई त्यागी बिक्रम सम्बत १९२१ मार्ग वदी ११ का दिन श्री काशी बास चल्या ।

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. कलिला राजकुमार, गहन षोज
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २३८, आइएसबिएन 99933-2-406-X